विजयपुर/ आज मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले आजदेखि उधाैली पर्व मनाउन शुरु गरेका छन् । उधाैली पर्व अन्तर्गत लिम्बुहरुल चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुल चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् ।

यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा मनाउने गरेका छन् । प्रत्येक वर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस वर्ष पनि तीनदिनसम्म भव्य रुपमा मनाउदै छन् ।

चासोकको पहिलो दिन धरान-१४ स्थित विजयपुरमा रहेको हाङ्युक्ना दरबार परिक्रमा र पूजा गर्दै चासोक तङनामको विधिवत सुरुवात गरेका छन् । लिम्बुहरुको मुख्य पूजा सकिएसँगै आजै उनीहरुले धरान ८ स्थित रहेकाे त्योअङ्सी सिरिजङ्गाको धरान ८ तिनकुनेमा रहेको शालिकमा माल्यापर्ण कार्यक्रम समेत सम्पन्न गरे ।

प्रकृति पुजक मानिएको लिम्बु जातिहरुको परम्पारगत पूजासँगै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति गरिने किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार दुर्गा वनेम लिम्बुले बताइन् । उनले पहाडमा खेतका बालीमा गाउले सबै मिलेर मनाउने पर्व पछिल्लो समय हराउदै गएपछि यसलाई युवा पुस्तासम्म पुर्याउन धरानमा संस्थागत रुपमा मनाउन थालिएको बताइन् ।

सामुहिक रुपमा मनाउन थालिएको चासोक तङनाममा पछिल्लो समय युवा पुस्ता पनि उत्साहित देखिन्छन् । उनीहरु आफ्नो भाषा, लिपी, संस्कृति हराउदै गएकोप्रति चिन्ता व्यक्त गर्न थालेका छन् ।

धरान १५ का मिलन थुलुङ लिम्बुले लिम्बुहरुको सांस्कृतिक पर्व युवा पुस्ताले बिर्सदै गएको बताए । उनले आफ्नो भाषा, संस्कृति, लिपीलाई जगर्ना गर्न पनि आफूहरुको सहभागिता प्रत्येक वर्ष हुदै आएको बताए ।

पछिल्लो समय लिम्बूहरु धन आर्जनका लागि विदेश पलायन हुने, गाउ घरबाट बसाई सराई गरेर सहर बजार आउने क्रमल तिब्रता पाएसँगै उनीहरुका संस्कृति हराउदै गएको लिम्बुहरुका अग्रज, युवा पुस्ता सबैलाई चिन्ताकको विषय बनेका छ ।

यसैले गर्दा लिम्बुहरुको संस्कृतिलाई जीवन्तता राख्न ५ वर्ष अगाडि धरान १५ मा आफ्ना भवन निर्माण गरेका छन् । भवनसँगै उनीहरुले लिम्बुहरुको पहाडी परिवेशमा सुहाउने सानो फुसको घर, उनीहरुले प्रयोग गर्ने ढिकी, जातो समेत निर्माण गरेका छन् ।

यसले पुस्तौपुस्ता लिम्बुको संस्कृति जीवन्त रहने अपेक्षा लिम्बु जातिका अग्रज, युवा, युवती सबैले राखेका छन् ।  यस्तै मंसिर पूर्णिमा अर्थात उद्यौली पर्व आज धरानका राईहरुले समेत धमाधम मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूर्णिमा दिन उनीहरुले धरानमा उद्योगी पर्व सामुहिक रुपमा मनाउने प्रचलन छ ।

विहान धरान १४ बुद्धिकर्ण हाङको दरबारमा पूजाआजा गरी उनीहरुले साकेला नाच नाचेका थिए । किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईका उपस्थितिमा जिल्ला अध्यक्ष बलरम राई तथा धरानका २० वटै प्रारम्भिक कमिटीका अध्यक्ष तथा सदस्यहरुको उपस्थितमा उधाैली पर्व धुमधाम मनाएका हुन् ।

सो अवसरमा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले आदिवासी जनजाति अन्तर्गतको किरात राईहरुको उधाैली पर्वको आफ्नै महत्व भएको बताए । उनले राईहरुको पहिचानलाई यस्ता संस्कृतिल कायम राख्न सघाउ पुग्ने बताए ।

मंसिरमा धान थन्काउने बेला मंसिरे पूर्णिमामा उधाैली तथा धानबाली लाउने समय अर्थात बैशाख पूर्णिमामा उभौली पर्व मनाउने प्रचलन छ ।