उर्लाबारी/ क्रिसमसको अवसरमा संयुक्त ख्र्रिष्टियन समाज उर्लाबारीको आयोजनामा बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष बिनोद धिमालको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालीका मेयर खड्ग फागो, बि.आई.सी.चर्च बिराटनगरका डा. पाष्टर श्यामलाल हेम्रोन, एन.सि.एफ. का सल्लाहकार पाष्टर राजक’मार राईलगायतले शुभकामना बाडेका थिए ।