भद्रपुर /  क्रिश्चियन धर्मालम्बी येशू क्रिष्टको जन्मदिनको अवसर पारेर भद्रपुरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । विलिर्भस इस्टर्न चर्च भद्रपुरले मङ्गलबार आयोजना गरेको मेरी क्रिसमसमा विभिन्न साँस्कृतिक कार्यक्रम गरि सम्पन्न गरेको होे ।
चर्चका फादर जगत वाग्लेको सभापतित्व तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्यान्सर रोगी उर्मिला सापकोटालाई उपचार सहयोगको लागि नगद सात हजार प्रदान गरिएको थियो । इलाम गोर्खे घर भई हाल वीरेन्द्र क्याम्पस चन्द्रगढीमा कक्षा १२ मा अध्ययनरत छात्रा रुविना कार्कीलाई एक वर्षको अध्ययन शुल्क चर्चले व्यहोर्ने गरि छात्रवृत्ती प्रदान गर्ने घोषणा गरिएको थियो ।
कार्यक्रममा विभिन्न जनचेतनामुलक साँस्कृतिक नृत्य गरिएको थियो । चर्चका बरिष्ठ सदस्य इन्द्रबहादुर विष्टले स्वागत गरेको कार्यक्रममा उपमेयर चन्द्रमाया श्रेष्ठ, राजनीतिक दलको तर्फबाट नरेश सञ्जेल, समाजसेवी शिवकुमार राजभण्डारीले बोलेका थिए ।