इटहरी/ खसक्षेत्रीय एकता समाजका केन्द्रिय अध्यक्ष मानबहादुर थापाले पछिल्लो समयमा बढ्दै गएको धर्म परिवर्तनलाई रोक्न माग गरेका छन । घर घरमा गएर धर्म परिवर्तन गर्ने कामलाई तत्काल रोक्न समाजले माग गरेको हो ।  

सुनसरीको इटहरीमा खस क्षेत्रीको राष्ट्रिय महाधिबेशनको पूर्वसन्धामा पत्रकार सम्मेलन गरी बहुसंख्याक जनसंख्या हिन्दुधर्म मान्ने भएको कारण देशलाई हिन्दुराष्ट कायम गर्नु पर्ने उनको माग थियो । देशका अधिकांस जनता हिन्दुधर्मको पक्षमा रहेको कारण हिन्दुराष्ट बनाउँन माग गरेका हुन ।

देशमा बाहिय हस्तक्षेप बढ्दै गएको कारण देशलाई डलरबादीहरु तिर नलौजान उनको माग थियो । दौरा सुुरुवाल र गुन्यौ चोलीलाई राष्ट्रिय पोसाक घोषणा गर्ने माग समेत गरेका थिए । खसक्षेत्रीलाई आदीवासी जनजातीमा सुचिकृत गर्ने उनीहरुको माग थियो ।

आर्थिक भारले देश संकटमा पदै गएको भन्दै आयतित संघिय प्रदेश खारेज गर्नुको विकल्प समेत नभएको अध्यक्ष थापाले बताए । जनजातीहरुको विखण्डनबाधी सोचका कारण खसक्षेत्रीहरु एकक भएको उनीहरुको भनाई थियो । हामी कुनै जातीलाई होचियाएर बोल्दैनौ उनले भने ।

राष्ट्रिय अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । त्यो सँगै इटहरी घोषणा पत्र समेत जारी गर्ने छ । देशभरीबाट प्रतिनिधि मुलक सहभागी भएको खसक्षेत्री एकता समाजका पूर्वाअञ्चल संयोजक पवन बोगटीले बताए ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा वालकृष्ण कार्की लगायतका खसक्षेत्रीको नेताहरुको उपस्थित रहेको थियो ।