धरान / सनातन हिन्दु धर्ममा माता पितालाई भगवानका दर्जामा राखिने गरिएको छ । यो धर्ममा श्राद्धका नाममा वर्षेनी आफ्ना दिवंगंत पितृहरुका सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । जसले मृतृ भएका पितृहरुको श्राद्ध गर्दा आत्माले शान्ति पाउनुका साथै पितृहरुले आर्शीवाद दिन्छन् भन्ने विश्वास रही आएको छ ।
विशेष गरी सनातन धर्ममा पितृहरुको मृत्यु भएको तिथि हेरेर वर्षमा एक पटक श्राद्ध गर्ने चलन भएपनि दशैका १६ श्राद्धमा पर्ने तिथिमा पनि पितृहरुको सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । यसमा पनि पौषे औषीको महत्व अझ धेरै छ ।
पौषे औँशीमा विष्णुपादुका मन्दिरमा पुगेर श्राद्ध गर्दा पुण्य मिल्ने विश्वास श्रद्धालुहरुको छ । यसै क्रममा पौष औँशीका दिन शनिबार विष्णु पादुका गएर पितृआत्माको शान्तिका लागि श्राद्ध गर्ने श्रद्धालुहरुकोे भीड थामिनसक्नु रहको थियो ।
विहानैदेखि अत्याधिक सवारी चापका कारण सवारी आगमनमा समेत समस्या भएको थियो । धरान १७ मंगलबारेबाट २० किमी उत्तरमा पर्ने विष्णृु पादुका पुग्न कच्ची त्यसमाथि पनि धुलाम्मे सडकका कारण श्रद्धालुहरु मन्दिरसम्म पुग्न कठिन हुने गरेको बताउछन् ।
धरान १५ का खड्गबहादुर बस्नेत पितृहरुको श्राद्धका लागि तीन पटक पुगेको बताए । उनले जतिपटक पुगे पनि सडकको स्तरोन्नति नभएकोप्रति दुखेसो पाखे । उनलेभने-‘ पवित्र धार्मिक स्थल विष्णुपादुकासम्म पुग्ने बाटो जस्ताका तस्तै छ,।
यहासम्म पुग्ने बाटो जस्ताको तस्तै छ यसमा स्थानीय सरकारले किन ध्यान दिएको छैन ।’ बस्नेतमात्र हैन त्यहा पुग्ने जोहीका समस्या उही छ । कच्ची सागुरो बाटो त्यसमाथि धुलाम्मे भएर त्यहा पुग्दा विरामी हुने गरेको बताउछन् ।
तत्कालीन विष्णु पादुका गाविस हुदा मन्दिरसम्म पुग्न जस्तो अवस्था थियो अहिले धरान उपमहानगरपालिकासँग गाभिएर वडा नं. २० हुदा पनि सडकको स्तरोन्नति हुन सकेको छैन । यहा नेपालका मात्र हैन भारतदेखि समेत श्राद्ध गर्न श्रद्धालुहरु आउने गर्छन् ।
यस्ता ऐतिहासिक महत्वका मठ मन्दिरको संरक्षण र प्रवद्र्धन गर्न अब स्थानीय सरकारले चासो दिनुपर्ने उनीहरुको भनाई छ ।