धरान किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचारात्मक अभियानलाई सुनसरीमा तीव्रता दिइरहेको छ ।

धरान–२० चिण्डेडाँडाबाट प्याराग्लाइडिङ उडाउँदै शुरु गरिएको अभियानको क्रममा सोमबार साइक्लिङ ¥याली निकालिएको छ । धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्राहालयबाट शुरु भएको ¥याली पुतलीलाइन, भानुचौक, छाताचौक, चतरालाइन हुँदै कल्याण चोक, मङ्गलबारे चोक, रत्नचोक हुँदै बीपी क्यामगेट, धनकुटे रोड हुँदै भोटपुल, आचार्यलाइन हुँदै पुनः सङ्ग्राहालयमा पुगेर टुङ्गिएको थियो ।

किराया सुनसरीले प्रचारको व्यवस्थापन गरिरहेको छ । सुनसरी साइक्लिङ सङ्घको सहकार्यमा भएको ¥यालीमा किरायाका प्रतिनिधिलगायत अन्य सहभागी भएको प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए । यसक्रममा भित्ते लेखन, हाइकिङ, धरान रन, मैत्रीपूर्ण फुटसलका कार्यक्रमहरू सम्पन्न गरिएका छन् । फागुन १८ देखि २० गतेसम्म महाधिवेशन हुँदै छ । महाधिवेशनका क्रममा नयाँ कार्य समिति चयन गर्ने छ ।

cycle

cycle1
तस्बिरः उपेन्द्र चाम्लिङ