विराटनगर/ विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५ विराटनगरमा शुरु भएको छ । विराटनगरस्थित आरोहण गुरुकुल बुधबारदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव शुरु भएको हो ।
महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । उनले नाटक महोत्सवका माध्यमबाट सामाजिक जागरण जगाउनु पर्ने बताए । उनले नाटक महोत्सव सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक महोत्सवले सांस्कृतिक अन्तरघुलनको सन्देश दिने बताए । राष्ट्रियसभा सदस्य खेम नेपाली, नेकपाका केन्द्रीय सदस्य तथा नाटक महोत्सवका सल्लाहकार विनोद ढकाल, प्राज्ञ दधीराज सुवेदीले नाटक महोत्सवको शुभकामना दिए ।