धरान । बर्षातका कारण चतरामा आजबाट सुरु हुने भनिएको दोश्रो पिण्डेश्वर अर्धकुम्भ मेला प्रभावित भएको छ ।

बर्षाका कारण आज १२ बजे हुने उद्घाटन केही घन्टा पछि सरेको हो। बर्षाका कारण कुम्भ स्तम्भ नजिकै रहेको स्वागत द्वार लडेको छ , भने कुम्भ्मेला को उद्घाटन प्रमुख अतिथी प्रधानमन्त्री केपि शर्मा ओलि ले गर्ने भनिए पनि बिहानैदेखि मौषम खराबी भएपछि प्रधानमन्त्री ओली चतरा नआउने भएका छन् । 

 उपप्रधानमन्त्री मन्त्री  उपेन्द्र यादब वा इश्वर पोख्रेल मध्य एकजना आउने कुरा भैरहेको कुम्भ मेला तथा राधाकृष्ण भक्ती साधनाआध्यत्मिक प्रतिस्थान का महासचिव प्रहलाद भट्टराई ले बताएका छन ।