पूर्वक्षितिज प्रकाशन प्रा.लि द्वारा प्रकाशित ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक को स्थापना २०५५ असोज २ गते विधिवत रूपमा भएको हाम्रा आम पाठक र शुमेच्छुक महानुभावहरूमा अवगत नै छ । कम्पनी दर्ता हुनु अधिका केही कुराहरू यहा“ स्मरणीय छन् । २०४८ सालमा धरान बचाउ अभियानको रूपमा ब्लाष्ट बुलेटिन प्रकाशन गरिएको थियो ।
त्यस वखतका आन्दोलनका सारथीहरू क्रमश : दुर्गाराज शाक्य, पूर्णश्रेष्ठ, आनन्द श्रेष्ठ, गोपाल देवान, सरिता राई, राजेन्द्र रिमाल,महेश श्रेष्ठ रविशाल भण्डारी हुनुभएको कुरा सहर्ष जानकारी गराउँदै इण्डिपेण्डेन्ट युथ अर्गनाइजेसनको अमियान सम्भवत ०४९ मा समूहको अभियान सफल भएपछि संस्था र बुलेटिनलाई विधिवत रूपमा विघटन गरिएको थियो । त्यसपछि ३ वर्षको समयान्तर पश्चात् पूर्वक्षितिज प्रकाशन प्रा.लि को मातहतमा रहेर तत्कालीन ब्लाष्ट नयाँ कलेवरमा ब्लाष्ट प्रकाशन भएको कुरा सबैमा अवगत गराउँदै बुलेटीनमा आबद्ध साथीहरू सबै प्रति नमन गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।
साथै असोज २ गते सम्पन्न २५ औं रजत महोत्सव भव्यताका साथ सफल तुल्याउन आफ्नो महत्वपूर्ण समय दिनुभएका प्रदेश नं.१ का मुख्यमन्त्री माननीय शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्की, आर्थिक मामिला मन्त्री माननीय इन्द्रबहादुर आङ्वो, सामाजिक विकाश मन्त्री माननीय जीवन घिमिरे तथा मन्त्रालयका सचिवहरू, विभिन्न विधामा सम्मनित हुनुहुने व्यक्तित्वहरू, ब्लाष्ट विज्ञापन दाता, पाठक एवम् शुभेच्छुकहरू लगायत ब्लाष्टका शाखा प्रमुखहरू, कर्मचारीहरूप्रति हार्दिक कृतज्ञतासहित आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।
प्रधान सम्पादक





