धरान सुनसरी । नेपालमा मातृभाषाको स्थिती र स्थानिय तहमा कार्यन्वयन नीतिको ब्यवस्था बिषयमा एक दिने अन्तरक्रियात्यक कार्यक्रम आज धरानमा सम्पन्न भएको छ ।
अन्तराष्टिय आदिबासी भाष वर्ष २०१९को अवसरमा आयोजित नेपाल आदिबासी जनजाति उत्थान प्रतिष्ठानको आयोजना तथा नेपाल आदिबासी जनाजाति महासघ जिल्ला समन्वय समितिको ब्यवथापनमा सम्पन्न कार्यक्रमको उक्तm कार्यक्रमको उदघाटन प्रदेश नम्बर १ का सामाजिक बिकाश मन्त्री जीवन घिमिरेले गरेका थिए ।
जब सम्म भाषालाई बोलीचाली र कार्य क्षेत्रमा प्रयोगमा ल्याउदैन तब सम्म भातृभाषाको विकाशमा परिवर्तन हुदैन त्यसैले सबै जातजातिहरुले आफनो मातृभाषालाई बोलीचालीको भाषामा ल्याउन आवश्यक रहेको वरिष्ट भाषा विद अमृत योञ्जन तामाङ्गले बताए ।
बालबालिकाहरुलाई समेत आफनो भातृभाषा सिम्न अवसर बाट वञ्चित गराईरहेको अवस्था छ उनीहरुले पनि आफनो मातृभाषा सिक्ने अधिकार स्थानिय तहमा नितिगत कार्यन्वयन गर्नु बताएका छन ।
सो कार्यक्रममा प्रदेश नम्बर १ का सबै जिल्लाका गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्ष, नगपालिका मेयर तथा उपमेयर जातिय सँघसस्थाका प्रतिनिधि, मार्तभाषा अभियानकर्ता भाषाबिद ,महिला षुरुष गरी ५५ जनासहभागीता रहेको थियो ।
प्रत्येक जिल्ला बाट आएका सहभागीहरुले आफनो जिल्लामा मातृभाषा स्थिती र नितिगत ब्यवस्थापन कसरुी गर्नु सकिन्छ भन्न बिषयमा आ आफनो धारणहरु राखेका थिए । भने वरिष्ठ भाष बिद अमृत योञ्जन र डा.तारामणि राईको उपस्थित रहेको थियो । नेपालमा मातृभाषाका स्थितीको बिषयमा भाषा बिद अमृत योञ्जनले कार्यपत्र समेत प्रस्तुत गरे ।
बहुभाविक शिक्षा कार्यान्वयन,दिगो विकाश लक्ष्य ४ शिक्षा राष्टिय सन्दर्भ नेपालको सविभान २०७२ मा भाषिक ब्यवस्था,बशुभाषिक शिक्षामा नेपालको कार्य अनसभप, मातृभाषाको छनोट, बहुभाषिक शिक्षाका लागि विद्यालय छनोट,मातृभाषा शिक्षा कार्यानवयन कसरी,नेपालमा प्रान्तीय समरचना,मातृभाषा शिक्षाको महत्वय मातृभाषा कार्यन्वयन मोडल,मातृभाषामा शिक्षा स्थानीय सरकारको चुनौती लगायतको बिषयमा कार्यपत्र बिशेष केन्द्रित रहेको थियो ।
आदिबासी जननाति उत्थान प्रतिष्ठानको सदस्य सचिव गोविन्दलाल माझीले उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षयता गर्नु भएको थियो भने कार्यक्रमको सञ्चाल प्रतिष्ठानका अधिकृत दिवस राईले गरेका थिए ।