सिरहा । चिसो बढेसँगै सिरहाका पालिकाहरुले सामुदायीक विद्यालयहरु बन्द भएको छ । सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका , गोलबजार नगरपालीका, मिर्चैया नगरपालिका, सदुवानन्कारकट्टी गाउँपालीका, नरहा गाउँ पालिकाले पुस १४ गतेबाट ५ दिन सम्मको लागि विदा दिएको हो ।

स्थानीय तहहरुले पुस १७ गते सम्म हिउँदे विदाबाट कटौती हुनेगरी विदा दिएको सिरहा नगरपालीकाका शिक्षा अधिकृत शुवोध कुमार लामाले जनाएको छ । धनगढीमाई नगरपालिका, गोलबजार नगरपालीका, मिर्चैया नगरपालिकाले १६ गतेसम्म र सखुवानन्कारकट्टी गाउँपालीकाले १८ गते सम्मको लागि जाडो विदा दिएका छ ।

पछिल्लो करिव दुई साताबाट हुस्सु सँगै विहानैदिखि चल्ने सितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । जाडोका कारण सवैभन्दा बढी बाल बालिका र वृद्ध वृद्धा प्रभावित भएका छन् । त्यसैले जाडोबाट बच्न बालबालिकाहरुलाई विद्यालय विदा दिएको गोलबजार नगरपालीकाका शिक्षा अधिकृत जयराम अधिकारीले बताए ।

स्थानीयतहले आफ्नो क्षेत्रभित्रको सवै विद्यालयहरु बन्द गर्न सार्वजनिक सूचना प्रकाशन गरेकोभएपनि नीजि विद्यालयहरुले भने विदा दिएका छैनन् ।
यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् ।

बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।