देउराली । प्रजातन्त्र दिवसको अवसरमा धरानमा प्रभातफेरीको भएको छ ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उपमहानगरपालिकाको आयोजना भएको प्रभातफेरीमा पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको प्रमुख आतिथि रहेका थिए ।

उपमहानगरपालिका परिसरबाट शुरु भएको र्यालीमा विभिन्न विद्यालयका विद्यार्थी, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु तथा राजनीतिक दलको सहभागिता रहेको थियो ।

र्याली पब्लिक स्कुलको मैदानबाट दक्षिण पुतलीलाइन हुदै भानुचोक पुगेको थियो । भानुचोकमा कांग्रेस सभापति देउवाले झण्डोत्तलन गरेसंगै पुनः उपमहानगर परिसरमा पुगेर र्याली टुंगिएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्र, जिल्ला, नगर तथा भातृसंगठनका पूर्व तथा वर्तमान पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई कांग्रेसमय बनाएको भन्दै नेकपाका जनप्रतिनिधिहरु र्यालीमा सहभागी भए पनि मन्तव्य तथा आसन ग्रहणमा सहभागी बनेनन् ।

3-19

तस्विर : हाम्राे काेशी अावाज