यासोक( पाँचथर) । जङगल बीचमा शुन्दर बस्ती । बस्तीको वरीपरि जङगलले घेरिएको छ । बिहानको खानखाएर मेलापातमा स्थानीय व्यस्त थिए । कोही पशुचौपायलाई कुडो दिदै थिए भने कोही दैनिक कामकाजमा व्यस्त थिए । बिहानको ११ बजेर ५५ मिनेट गएको थियो ।

बस्ती मुनीको जङ्गलबाट बाक्लो धुवा सहितको हावा बेगियो । गाउँको सान्त बाताबरण अचानक ! कोलाहाल स्थीतिमा पुग्यो । बस्ती मुनीको जङगलबाट आगोको मुस्लो बस्तीमा प्रबेश गर्न थाल्यो । वस्तीका घर धुवाले नदेखिने भएको थियो । आगो निभाउन कोही फोन गर्दै थिए भने कोही मान्छे जम्मा गर्दै थए ।

पाँचथरको कुम्मायक गाउँपालिका ५ को नरकटेमा सोमबार देखिएको दृश्य हो यो । बस्ती मुनीको जंगलबाट आगो बस्तीमा आउँन थालेपछि स्थानीयवासी त्रसित बनेका थिए । मद्यान्यको समयमा बस्तीमा आगो प्रबेश गर्न थालेपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई सहयोगको लागि हारगुहार गरेका थिए । चारैतिरबाट बस्तीलाई घेरा हालेर आगो लाग्न थालेपछि नियन्त्रण गर्न स्थानीय लागि परेका थिए ।

agalagi1

इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरी टोलि, जनप्रतिनिधि, शसस्त्र प्रहरी र स्थानीयले वस्ती जोगाउँन अठार घण्टासम्म संर्घष गरेका थिए । वस्तीका तीन दर्जन भन्दा बढि घर जोगाउँन यति लामो संर्घष गरेको पहिलो घट्ना भएको इलाका प्रहरी कार्यालय यासोकका असई दिनेशकुमार माझीले बताए । ‘गाउँमा सबै जना अत्तालिएका थिए । हामी पनि ६ जना मात्रै थियौ । माझीले भने तर हामीले हिम्मत्त जुटायौ र स्थानीयलाई आगो नियन्त्रण गर्न परिचालन गर्यौ ।

लामो समयपछि आगो नियन्त्रणमा आयो उनले भने । भोक भोकै गाउँ जोगाउँन स्थानीयले लामो सघर्ष गरेपछी वस्ती जोगाउँन सफल भएका छन । स्थानीय मानभक्त दाहाल भन्छन् गाउँमा अचानक धुवाको मस्लोले गाउँ घर छोपीएको थियो । गाउँ नै सखाप हुने डरले प्रहरीलाई सहयोग माग्यौ । शबस्व गुमाउँनु भन्दा ज्यान पातामा राखेर लामो समयसम्म सघर्ष गर्दा बस्ती जोगाउँन सफल भयौं । खुसि मुद्रामा दाहालले सुनाए ।

कुम्मायक गाउँपालिका १ खाल्डेबाट सुरु भएको आगो कुम्मायक ५ को नरकटेमा नियन्त्रणमा आएको थियो । आगलागीका कारण दुबै वडाको २ सय ५५ रोपनी जङ्गल जलेर नष्ठ भएको छ । आगलागीबाट भौतिक र मानविय क्षति नभएपनि सामुदायिक वन जलेर नष्ठ भएको प्रहरीले जनाएको छ ।

कुम्मायक ५ को गुह्रेश्वरी सामुदायिक बनक्षेत्रमा पनि आगलागीको कारणले क्षति पुर्याएको सामुदायिक बनका अध्यक्ष मानभक्त दाहालले बताए । आगो कस्ले किन लगाएको भन्ने कारण सुल्न नसकेपनि प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको जनाएको छ । तर स्थानीयवासीले आगो लगाउँने दोषिलाई तत्काल छानविन गरी कडा कारभाही गर्न माग गरेका छन । वस्ती नै सखाप पार्ने उदेश्यले आगो अपराधिलाई तत्काल कारभाही गर्न उनिहरुले माग गरेका छन ।

agalagi3