धरान / धरानस्थित कृषी बजारमा हरियो साँग सब्जीको आयत बढेको छ । अन्य बेला भन्दा लकडाउनको समयमा हरियो तरकारीको आयत बढेको हो ।
कृषी उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार लकडाउन शुरु भए यता नविग्रिने सामाग्रीहरुको आयत ठप्प भए पछि हरियो तरकारी भने अत्याधिक आयत भएको बताए । लकडाउन अगाडीस हरियो तरकारी दैनिक ५० टन आयत हुने गरेको थियो । त्यसबाट बजारलाई दैनिक १० लाख आम्दानी थियो तर लकडाउनको समयमा दैनिक ७५ टन तरकारी आयत हुदैं आएको छ । दैनिक १५ लाख आम्दानी हुने गरेको व्यवस्थापक भट्टराईले बताए । लकडाउनमा तरकारी व्यापारमा भने आम्दानी बढेको उनको भनाई छ ।
तर अदुवा, दाल, अम्लिसो, तेजपत्ताजस्ता सामाग्रीको आयत भने ठप्प छ ।
भट्टराईका अनुसार नेपालमा ११ वटा स्तरिय कृषी बजार छन् । झापादेखि चितवनसम्मको तरकारी धरान आउने गरेको छ । ‘अहिले धरान बजारमा पाइने काक्रा चितवनबाट आएका हुन ।’–व्यवस्थापक भट्टराईले भने–‘त्यहाँको कृषी बजार लकडाउनमा व्यवस्थापन गर्न नसक्दा त्यहाँका उत्पादन सिधै धरान आइरहेका छन् ।’ लकडाउनले अन्यत्र विक्रि वितरण ठप्प रहेकाले सिधै व्यपारीहरुले धरान ल्याएर आउने गरेका छन् । सबै क्षेत्रका तरकारी धरानमा आएकाले आयतमा वृद्धि भएको हो ।
धरानमा इनरुवा, मोरङको कटहरी, झापालगायत क्षेत्रबाट तरकारी आउने गरेको छ । कृषी बजारले लकडाउनको समयमा भारतको आयत भने बन्द गरेको छ । कोरोना संक्रमण फैलिने भयले भारतबाट आउने आलु प्याज आयत बन्द गरेको कृषी बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटवालले जानकारी दिए ।
धरानका सबै वडाहरुमा १५० वटा गाडीहरुलाई इजाजत दिएर धरान उपमहानगरपालिकाको संयोजनमा स्थानीय उपभोक्ताहरुलाई तरकारी वितरण गदैं आएको अध्यक्ष कटवालले जनाए ।