वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका– ९ श्रीलंका टापुस्थित कोशी नदीमा अज्ञात पुरुषको शब फेला परेको छ ।
नदीमा तैरिरहेको अवस्थामा निलो रंगको पुरा बाउलाको रातो रंगको सर्ट र जिन्स पेन्ट लगाएको आर्य मुलको जस्तो देखिने मानिसको वेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी इन्स्पेक्टर शरणकुमार दाहालले जानकारी दिए ।
छोटो कपाल,निधार ठूलो, बाटुलो अनुहार र हल्का दाह्ी भएको मृतक, अन्दाजी ३५ देखि ४० वर्ष उमेर भएको इन्स्पेक्टर दाहालले जानकारी दिए । उनलाईहत्या गरेर फालिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
४,५ दिन अगाडीको जस्तो देखिने शुत्रबार विहान ११ वजे भेटिएको लाश पोस्टमार्टमको लागि धरानस् िवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । हालसम्म पनि उक्त शवकोपहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पहिचानका लागि तस्विरसहित सबै प्रहरी कार्यालयहरुमा खवर गरिएको इन्स्पेक्टर दाहालले बताए ।