ब्लाष्टखबर । रौतहटका १९ वर्षीय एक युवालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहटमा क्वारेन्टाइनमा बसिरहेका ति युवालाइ काेराेना संक्रमण भएकाे पुष्टी गरेका छ । सोमबार मन्त्रालयको नियमित पत्रकार बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धा र ति युवामा काेराेनाकाे संक्रमण देखिएको बताएका हुन् ।
उनले कोभिड १९ पोजेटिभ देखिएका ती युवकलाई अस्पताल लैजाने तयारी भैरहेको बताए । यससँगैं काेराेना संक्रमण हुनेको संख्या नेपालमा १४ जना पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।