धरान । कोरोना महामारी सुरु भएपछिको विश्वकै सबैभन्दा ठूलो निर्वाचन दक्षिण कोरियामा सम्पन्न भएको छ ।

अप्रिल १५ मा सम्पन्न २१ औं आमनिर्वाचनमा सत्तारुढ डेमोक्र्याटिक पार्टी विजयी बनेको छ । यसअघि पनि डेमोक्रयाटिक पार्टीले लगातार ३ पटक जित हासिल गरिसकेको थियो । विश्वब्यापी रूपमा फैलिरहेको कोरोनाको त्रासका बीच ६६ दशमलव २ प्रतिशत मत खसेको थियो । महामारीका बीच सम्पन्न भएको निर्वाचनमा यो सबैभन्दा बाक्लो उपस्थिति जनाएको मतदान हो । जुन पछिल्लो २८ वर्षकै उत्कृष्ट सहभागिता प्रतिशत रहेको बताइन्छ । निर्वाचनमा सत्ताधारी दल डेमोक्रयाटिक पार्टी अफ कोरिया (डिपीके) र मुख्य विपक्षी पार्टी युनाइटेड फ्युचर पार्टी (युएफपी) प्रतिष्पर्धामा रहेका थिए ।

सत्तारुढ डिपीकेले कुल ३०० सिटका लागि भएको निर्वाचनमा १६३ सिटमा जित हासिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । यता मुख्य विपक्षी पार्टी युएफपीले भने जम्मा ८४ सिट मात्रै जित्न सफल भयो । आफ्नो पार्टी पराजित भएसँगै असन्तुष्ट रहेका युएफपीका अध्यक्ष ह्वाङ्ग क्यो अहनले पार्टीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सन् २०१७ मे मा सम्पन्न २० औँ राष्ट्रपतीय निर्वाचनबाट आएका मुन जे इन हाल कोरियाका राष्ट्रपति छन् । बिहीबार सम्पन्न आमनिर्वाचनलाई राष्ट्रपति इनले विशेष चासोका साथ हेरेका थिए । कार्यकाल सकिन करिब २ वर्ष बाँकी रहेको अवधिमा पार्टीले

93186134_263564381474542_1527226813531553792_n

 हासिल गरेको परिणामले कोरियाको अर्थव्यवस्था, कुटनीति, न्यायिक सुधार र अन्य क्षेत्रमा मुख्य नीतिहरू अघि बढ्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

निर्वाचनमा कुल ३५ वटा दलले प्रतिष्पर्धा गरेका थिए भने निर्वाचन स्थलमा सुरक्षा तथा सामाजिक दूरी कायम गरेरै मत हाल्ने व्यवस्था गरिएको थियो । कोरियामा अहिले कोरोनाको केन्द्र बिन्दु मानिएको थेगु शहरमा संक्रमितको संख्या शून्य भइसकेको छ भने दैनिक जसो देखा परेका नयाँ संक्रमित पनि ३० भन्दा कम रहेका छन् । कोरोनाको वावाजुत पनि मतदाताहरू मतदानता निर्वाचन गएर सफल पार्नु कोरियाका लागि अर्को सफलता विश्वसामु प्रस्तुत गरेको छ ।

बिना लकडाउन कोरोनाभाइरसलाई लगभग जितिसकेको कोरियाले माहामारीबीच यति ठूलो निर्वाचन सफलतापूर्वक सञ्चालन गर्दै विश्वलाई अर्को पाठ सिकाएको बुझ्न सकिन्छ ।

 

92648322_224514432100443_6825395480856363008_n