धरान / पत्रपत्रिकाहरु बन्द भएर रोजीरोटी नै गुमेको अवस्थामा धरान क्षेत्रमा पत्रिका वितरण गर्ने वितरकहरुलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीको समन्वयमा खाद्यान्नलगायतका सामाग्री उपलब्द गराइएको छ ।
धरानबाट प्रकासित हुने ब्लाष्ट दैनिक, औजार दैनक, मर्निङ टाइम्स, कोशी पत्र, फाष्ट टाइम्सलगायत पत्रिका वितरण गर्ने तथा पत्रिका पसलबाट नेपालका सबै दैनिक पत्रिकाहरु वितरण गर्ने ४५ जना वितरकहरुलाई खाद्यान्नलगायतको सामाग्री अाज वितरण गरिएको हो ।
लामो लकडाउनले काम नपाएर घरमै थन्किएका उनीहरुलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन र आधा लिटर तेल वितरण गरिएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङ राइले जानकारी दिए ।
उनीहरुलाई अध्यक्षराई र प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्की, रेडियो धरानका मेनेजर तथा फोटो पत्रकारमहासंघ सुनसरीका सचिव शिशिर राईले उनीहरुको घर घरमा प¥याइ दिएका थिए ।
लकडाउनले पत्रपत्रिकाहरु बन्द भएको र त्यही पत्रिकामा आश्रितहरुलाई बेतलवी विदा दिएका कारण उनीहरुको केही दिनकोअप्ड्यारो टरोस भनेर सहयोग गरिएको प्रेस संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए ।
धरान उपमहानगरपालिका वडा नं. १८ अध्यक्ष प्रविणकुमार राई, व्यवसायी सुनिता केसी, उधमशिल बचत तथा ऋण सहकारी संस्था लि., सिल्भर इन्टरटेनमेन्टका निर्देशक शौरव श्रेष्ठ, रेडियो धरानकासंचालक, युवा व्यवसायी दिपक बनेपाली, नेकपा नगर सदस्य दिवस राई, व्यवसायी सुनिता लिम्बु र अमित श्रेष्ठलगायतले फोटो पत्रकार महासंघको यो कदम प्रशंसनीय भएको भएको बताएका छन् ।
राहत वितरण कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस संगठनका प्रदेश सदस्य उपेन्द्र चाम्लिङ, प्रेस संगठन केन्द्रीय सदस्य तथा महासंघका सल्लाहकार देवेन्द्र कार्की, सल्लाहकार एंव धरान उपमहानगरपालिकाका पर्यटन समिति संयोजक किशोर थुलुङ्ग, मजदुर नेता रविन अधिकारी, प्रेस संगठन प्रदेश सदस्य भरतराज शर्मालगायत प्रेस संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।