धरान  / प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लित रही उच्च मनोवलका साथ प्रहरी तालिम केन्द्रमा संचालित प्रहरी जवान आधारभुत तथा उन्नत तालिमा अब्वल रहेकी मगर बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गरेकी थिइन ।

प्रहरीले काममा हौसला प्रदान गर्न प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।