ब्लाष्टखबर ।  आठ बच्चाहरुकी आमाले आफ्ना भाेका बच्चाहरूला केहि पाक्दै गरेकाे  विश्वास दिलाउन  भाँडामा  ढुङ्गा हालेर उमालेकाे समाचारले संसारका मिडियाकाे ध्यान तानेकाे छ । 

केन्याकाे माेम्बासामा बस्ने  पेनिनाह भाटी कितासाे नाम गरेकी महिलाले आफ्ना भाेका सन्तानला ढुङ्गा पकाएर खानाकाे पर्खाइमा बच्चाहरू निदाउने विश्वासले यस्ताे गरेकाे त्यहाँकाे एक टेलिभिजले समाचार प्रसारण गरेकाे छ ।

एनटिभि केन्याका अनुसार केतासाे अशिक्षित महिला हुन् । उनी छिमेकीकाे कपडा धुएर गुजारा गर्ने गर्थिन् । पछिल्लाे समय काेराना भाइसरका कारण मानिसहरूमा सामाजिक दुरी कायम गर्ने भन्दै उनला त्यहाँका मानिसहरूले काम दिन छाडेपछि उनमा खाद्यान्न अभाव भएकाे थियाे । 

मैले कान्छाे सन्तानकाे लागि याे तरीका अपनाएकाे हुँ । जब उ भाेकले कराउन थाल्लाे मैले ढुङ्गाेलाई पकाएर खाना पाक्दै गरेकाे छ भन्दै सुताउने काेशिस गरे ।

केतासाेकाे घर नजिकै रहकाे प्रिस्का माेमनवीले केतासाेकाे घरमा बच्चाहरू रूदै गरेकाे आवाज सुनेपछि त्यहाँ पुगेर हेर्दा यस्ताे दृष्य देखेकाे उक्त टेलिभिजनले जनाएकाे छ । एनटिभि केन्याका अनुसार  कितासाे एक विधुवा महिला हुन । उनकाे  श्रीमानला एक आतंकवादी गिराेहले हत्या गरेकाे थियाे । उनकाे घरमा पानी र विजुलीकाे पनि सुविधा छैन । 

माेमनवीले उक्त दृष्यकाे भिडियाे बनाएर सामाजिक संञ्जालमा पाेष्ट गरेपछि उक्त घटना बाहिर आएकाे हाे । याे घट्ना भने २८ अप्रिलकाे हाे । संञ्चार माध्यममा उनकाे बारेमा समाचारहरू आउन थालेपछि यतिबेला केतासाेकाे लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयाेगहरू पनि आउन थालेकाे त्यहाकाे संञ्चार माध्यमले जनाएकाे छ । 

कितासाेले आफूले प्राप्त गरेको सहयोगलाई "चमत्कार" को रूपमा लिएकी छिन् । त्यहाँ स्थित टुकाे समाचार वेबसाइटले कितासाेलाई उद्रित गर्दै “मलाई विश्वास भएन कि केन्यानीहरू यति मायालु हुन सक्छन् । मलाई कसरी सहयोग  गर्न सक्छाै भनेर सोध्ने देशभरबाट फोन कलहरू आएको छ ।" भन्दै समाचार संप्रेषण गरेकाे छ ।

उक्त अनलाइले घटनाकाे बारेमा  कितासाे भनाइलाई यसरी राखेकाे छ "मैले कान्छाे सन्तानकाे लागि याे तरीका अपनाएकाे हुँ । जब उ भाेकले कराउन थाल्लाे मैले ढुङ्गाेलाई पकाएर खाना पाक्दै गरेकाे छ भन्दै सुताउने काेशिस गरे । मेरा बाँकी बच्चाहरू अलि ठूला छन्, मैले उनीहरूलाई केही खानेकुरा छैन भने उनीहरूले बुझे  "

केन्याको सरकारले कोरोनाभाइरसबाट प्रभावित मानिसहरूलाई राहतको रूपमा फिडिंग कार्यक्रम शुरू गरिसकेको छ । तर यो केन्याको सम्पूर्ण गरिव बस्तीमा पुग्न नसको बताइएकाे छ ।