धरान । एलजीले टिभीको बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यअनुरूप अगाडि बढेको छ ।

त्यसक्रममा नेपालका स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउनका लागि थोक तथा खुद्रा बिक्रेताको सञ्जाल बढाउने योजनामा रहेको एलजी इलेक्ट्रोनिक्स भारतका निर्देशक होम इन्टरटेनमेन्ट हाक ह्युम किमले जानकारी दिए ।

किमका अनुसार भारतीय टिभी बजारमा ४ दशमलव ६ बिलियन डलरको कारोबार गर्दै आएको छ । भारतमा मात्रै २७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ ।

किमका अनुसार कोभिडपश्चात् मानिसहरू ठूला स्क्रिनहरूमा हेर्न चाहना राख्ने गरेकाले पनि एलजीले ७० इन्चभन्दा माथिका ‘सेग्मेन्ट’ मा अल्ट्रा स्क्रिन ल्याएको जनाएको छ ।