धरान । टिसिएल ब्रान्ड विश्वकै पहिलो ठूलो टिभी ब्रान्ड बन्न सफल भएको छ ।
ओम्दिया ग्लोबल टिभी डिजाइन एन्ड फिचर्स ट्रयाकर रिपोर्टले टिसीएललाई पहिलो नम्बरमा एन्ड्रोइड ब्रान्ड प्रमाणित गरेको छ । रिपोर्टका अनुसार सन् २०२१ मा १८ करोड ९० लाखवटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो ।
टिसीएल मार्केट शेयरको आधारमा ग्लोबल नम्बर १ एन्ड्रोइड स्मार्ट टिभी ब्रान्ड बनेको हो । टिसिएलका ३२ देखि ७५ इन्चसम्मको स्मार्ट र नन्–स्मार्ट मोडलहरू बजारमा उपलब्ध छन् । नेपालमा क्युलेड फोरके, फोरके यूएचडी, कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ । टिसिएलका टिभीमा ३ वर्षको वारेन्टी छ ।
टिभीका अलावा टिसीएलले वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरण बिक्री गर्दै आएको छ । नेपालमा टिसिएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स रहेको छ ।