सुनसरी उद्योग वाणीज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजीत श्रेष्ठले यस पटक भने लोकतान्त्रीक प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटासँग श्रेष्ठ पराजीत भएका थिए । उवासंघ सदस्य हुँदै उद्योग सचीव, महासचीव र दुई कार्यकाल उपाध्यक्षय समेत बनेका श्रेष्ठ धरानका स्थापित निर्माण व्यवसायीको रुपमा चिनीन्छन् ।
आफु विजयी भएमा विगतमा नेतृत्वबाट भएका गल्तीलाई सच्याउने र नयाँ योजनाको साथ कामगर्ने भन्दै श्रेष्ठले धरानको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुनर्जीवन दिने उनले बताए ।
२० गते हुने निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् । जसमा वाणिज्य तर्फ सबैभन्दा बढी १८५८, उद्योग तर्फ १००३, बस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् ।