श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २३ गते शनिबार, ७ जनवरी २०२३, नलनाम संवत्सर । माघ कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०७ः२५ बजेसम्म, उप्रान्त द्वितिया, नक्षत्र पुनर्वशु भोलि ०३ः२२ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा मिहिनेतको फल प्राप्त हुनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । वादविवादले रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । नयाँ काममा लगानी गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।