धरान । नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज धरानको प्रथम सम्मेलनले कृतमान दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
सोमबार धरानमा सम्पन्न सम्मेलनमा सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा राजु हिङ्माङ, लक्ष्मी लकान्द्री, सचिवमा रोशनकुमार विश्वकर्मा, उपसचिवमा सुष्मा मग्राती, उत्तम सुनार र कोषाध्यक्षमा यशोदा घिमिरे चयन भए ।
यसैगरी सदस्यहरूमा भालुमान विश्वकर्मा, मीनकुमार सुनाम, रीना दास, चन्द्रकला विक, पुष्पा विक, धनसरा दर्नाल, मञ्जु त्रिखत्री, डम्बर विश्वकर्मा, धनकुमारी शङ्कर, रूपा विकलगायत छन् । नेकपा (एमाले) लेखा समितिका सदस्य डिबी साहशङ्करको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमालेका जिल्ला तथा नगरका पदाधिकारीसहित मुक्ति समाजका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला नेताहरू सहभागी रहेका थिए ।
समाजले दलित मुक्ति आन्दोलनमा अनवरतरूपमा योगदान दिने लालबहादुर सुन्चौरी, विनुमान मोते र गोपाल मग्रातीलाई सम्मानित गरेको छ । कार्यक्रममा नेकपा (एमाले) जिल्ला सदस्य तथा सुनसरी क्षेत्र नम्बर १ का संयोजक मीनकुमार सुब्बा, जिल्ला सदस्य तथा मुक्ति समाज इन्चार्ज केदार बराइलीलगायतले सम्मान–पत्र हस्तान्तरण गरे ।