धरान । नेपाली काँग्रेस धरान १५ को वडा समितिले अग्रजहरूलाई सम्मान गरेको छ ।
बुधबार वडा सम्मेलनमा २९ जना अग्रजहरू सम्मान गरेको हो । सम्मेलनमा राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित भएको थियो । धरान १५ श्यामचोकमा सम्पन्न कार्यक्रममा जनताको जनजीविकाको सवालमा केन्द्रित भएर काम गर्ने निर्णय गरेको छ ।
डम्बर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश महामन्त्री उमेश थापा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला प्रतिनिधि चन्द्र शेखर लामालगायतको उपस्थिति रहेको प्रदेश सभा १ (१) का क्षेत्रीय सचिव युवराज शंकरले जानकारी दिए ।