विराटनगर । कोशी प्रदेश नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बाहिर पहिचानवादीको आन्दोलन चलिरहँदा प्रदेश सभा सचिवालय भित्र

आज बिहान ८ बजे बोलाइएको बैठक ९ः३० बजेबाट बैठक सुरु भएको हो । पाचकर्ण राई भने काठमाडौँमा रहेको र अन्य केही सांसद बाटोमा रहेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । पहिचानवादी नेताहरूले संसद् सचिवालयमा प्रवेश गर्न रोक लगाउने भएपछि एमालेले बिहानै बैठक बोलाएको थियो । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका ३० जना कार्यकर्तालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।