rajani bahgain copyरजनी थपलिया(बजगार्इं): अध्यक्ष वीरता लेडी जेसीज जेसीज अभियनमा छोटो समयमै अध्यक्ष बन्न सफल सशक्त नेतृ हुन्– रजनी थपलिया(बजगाईं)। सन् २०१०मा वीरता लेडी जेसीजको सदस्य बनेकी उनलाई बेला भएको छैन भनेर सन् २०१६मा अध्यक्ष हुनबाट रोक्ने पनि कम थिएनन् । निरन्तरको लगाव, जोश–जाागर र हिम्मतकै कारण नेतृत्वमा पुगिन् उनी । सानालाई माया, ठूलालाई अत्यन्त आदर गर्ने, आध्यात्मिक चिन्तनबाट प्रभावित उनका यिनै कारण सफलता हुन सक्छन् । पद्मकन्या क्याम्पसबाट स्नातक, मेचीनगर धुलावारीका मेनुका–बालकृष्णकी छोरी रजनीको विवाह ०५२ सालमा बिर्तामोड निवासी गोपाल बजगार्इंसाग भयो । उनका बरदान र आयुष दुई छोरा छन् । सामाजिक कर्यामा पनि सक्रिय उनी व्यवसायमा पनि सघाउाछिन् । इष्टर्न इञ्जिनियरिङ वर्कशप (गाडीको पार्टपूर्जा विक्री) व्यवसाय छ– बजगार्इं परिवारको । सहकारीकर्मी पनि हुन् रजनी । उनी नयाा उज्यालो सहकारीको सचिव थिइन् । हाल सो सहकारी र माा भवानी सहकारीको सदस्य पनि छिन् । घरपरिवार, व्यवसाय, सहकारी, समाजसेवा सबैतिर सक्रिय हुादै गरेकी रजनीसाग जेसीजको सेरोफेरोमा रहेर गरिएको कुराकानी प्रस्तुत छ:– अन्य जेसीज शाखा अध्यक्षहरुका वीचमा रजनी [अन्य जेसीज शाखा अध्यक्षहरुका वीचमा रजनी] जेसीजमा कहिलेबाट प्रवेश गर्नुभयो ? – म सन् २०१०मा जेसीजमा प्रवेश गरेकी हु। तपाई अध्यक्ष भएपछि के–के गर्नुभयो ? – अध्यक्षको पदभार सम्हाले लगत्तै नयाा कार्यसमिति र सदस्यहरुबीच आपसी सदभाव अनि परिचय होस् भन्ने उद्देश्यले वनभोजको आयोजना गरेर मेरो कार्यकाल उत्साहजनक तरिकाले अघि बढ्यो । १०६औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर बिर्तामोड नगरपालिकाका १०० बर्षीय बृद्धा असहाय मातालाई विभिन्न संघ–संस्थाहरुलाई पनि सामेल गराइ सम्मान तथा आर्थिक सहयोग प्रदान गरी एउटा उत्कृष्ट सामाजिक कार्य सम्पन्न गरियो । हामी हिन्दूहरुको रंगीन पर्व होलीमिलन कार्यक्रम वीरता जेसीजसाग सहकार्य गरी उत्साहपूर्वक सम्पन्न गरियो । त्यस्तै हामी जेसीजहरुको मूल उद्देश्य व्यक्तित्व र नेतृत्व विकास रहेको हुनाले वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको प्रमुख प्रशिक्षणमा संसदीय व्यवस्था प्रणाली सम्बन्धी एक दिवसीय तालिम पनि सम्पन्न गरियो । त्यसैगरी अन्य विभिन्न संघ–संस्थाहरुद्वारा आयोजित सामाजिक कार्यहरुमा पनि म लगायत वीरता लेडी जेसीज परिवारको उत्साहजनक सहभागिता भइरहेको छ । यो बर्षको भावी योजना के छ ? – हामी जेसीजहरुको मूल उद्देश्य नै नेतृत्व क्षमता अभिबृद्धि र व्यक्तित्व विकास नै रहेको हुनाले धेरैभन्दा धेरै तालिमका कार्यक्रमहरु ल्याउने साथै बृद्धबृद्धा र अपाङ्गका क्षेत्रमा पनि सकारात्मक कार्यहरु गर्ने सोच रहेको छ । जेसीज आस्था अनुसार जेसीज संस्था चलेको छ ? – अवश्य पनि जेसीज आस्था अनुसार नै जेसीज संस्था चलेको छ भन्ने कुरा हामीले गरेका सामाजिक कार्य जसमा मानवताको सेवालाई प्रमुख स्थान दिइएको छ । त्यस्तै मनोरञ्जनात्मक कार्यक्रम जसले हामीलाई सकारात्मक सोच राखी कार्य क्षेत्रमा उत्साहजनक तरिकाले अघि बढ्न प्रेरणा दिन्छ र तालिमहरुले हाम्रो व्यक्तित्व विकास गराइरहेको छ । समग्रमा पक्कै पनि हामी जेसीजहरु जेसीज आस्था अनुरुप नै चलिआएका छौं । जेसीजमा लागेर तपाईले के पाउनु भयो ? – यस विषयमा म आफूलाई शौभाग्यशाली ठान्दछु । किनभने जेसीज एक मात्र यस्तो संस्था हो, जहाा हामीले चाहेको खण्डमा यहाा आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गरी सही समयमा पाएको अवसरलाई आफ्नो क्षमताको सही सदुपयोग गर्न सकेमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सफल हुन्छौं । म यस संस्थाप्रति सदा आभारी रहनेछु किनभने यस संस्थामा प्रवेश गरेर मैले आफ्नो सानो घरपरिवार पाएको छु । जसले मलाई म पनि यस समाजको एक महत्वपूर्ण हिस्सा हुा र समाजमा मेरो पनि केही योगदान रहनुपर्दछ भन्ने सकारात्मक सोच र आत्मविश्वास प्रदान गरेको छ । जेसीजलाई अरु समक्ष कसरी चिनाउनुहुन्छ ? – सकारात्मक सोच राख्ने उत्साही युवाहरुको एउटा यस्तो जमात जहाा जाति, धर्म, सम्प्रदाय र राजनीतिभन्दा माथि उठेर मावनताको सेवा र बन्धुत्वको भावनालाई मूलमन्त्र बनाई साधै सकारात्मक कार्यमा अग्रसर रहने संस्थाको रुपमा म जेसीजलाई चिनाउन चाहन्छु । मानवीय सेवाकालागि रक्तदान गर्दै रजनी [मानवीय सेवाकालागि रक्तदान गर्दै रजनी] तपाई कसको प्रेरणाले जेसीजमा प्रवेश गर्नुभयो ? – म यस संस्थामा मेरै जठानी दिदी अर्थात वीरता लेडी जेसीजको पूर्व अध्यक्ष जेसी मीरा बजगाईंको प्रेरणाबाट नै प्रवेश गरेकी हुा । म वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष आदरणीय दिदी जेसी शारदा रिजालप्रति आभार प्रकट गर्न चाहन्छु । उहााले धेरै संघर्ष गरेर यस संस्थालाई स्थापित गर्नुभयो र नै आज म पनि वीरता लेडी जेसीज जस्तो एक उत्कृष्ट संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहने अवसर पाएको छु । यसैगरी म वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरु र सम्पूर्ण साथीहरुलाई सम्झन चाहन्छु । घर परिवारबाट कत्तिको सहयोग छ ? – घर परिवारको सहयोग बिना त हामी महिलाहरुलाई घरदेखि बाहिर निस्किएर सामाजिक क्षेत्रमा कार्य गर्न कठिन नै हुन्छ । मलाई कदम–कदममा साथ र सहयोग दिनुहुने मेरा श्रीमान गोपाल बजगार्इं, मेरा आमा–बुबा अनि सम्पूर्ण बजगार्इं परिवार जो मलाई आफ्नो कार्य क्षेत्रमा सफलताका साथ अघि बढ्न प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साधै साथ सहयोग प्रदान गरिरहनुहुन्छ । उहााहरु सबैप्रति म आभारी छु । घर, संस्था र सामाजिक कामको समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? – पक्कै पनि यो महत्वपूर्ण कुरा हो, हामी महिलाहरुले घरपरिवार आफन्तजनलाई पनि समय दिनुपर्ने हुन्छ र आफू प्रमुख रहेको संस्था र समाजप्रति पनि उत्तिकै उत्तरदायी रहनुपर्ने हुनाले कहिलेकाहीं केही कठिनाईहरु पनि अवश्य आउाछन् । तर परिवारको साथ अनि मित्रहरुको सहयोगले आजको दिनसम्म घर, संस्था अनि सामाजिक कार्यको समयलाई म सहजढंगले व्यवस्थापन गरेर अघि बढिरहेकी छु । जीवनको लक्ष्य के छ ? – एउटा कुरामा म सचेत हुने कोशिस गर्छु । साधैभरी सबैलाई खुशी दिन नसकेता पनि मेरो कारण कोही दु:खी हुनु नपरोस् । जानेर कसैलाई दु:खी बनाउने छैन, अनि मानवताको सेवा र बन्धुत्वको भावना नै मेरो जीवनको लक्ष्य हो । प्रस्तुति:एकराज गिरी