प्रसङ्ग १ः सन् २०१४ को नोबेल शान्ति पुरस्कार समारोहमा आप्नो मन्तव्य दिँदा पाकिस्तानकी मलाला युसुफजाइले भनिन्, ‘यो पुरस्कार पाउने म पहिलो पास्तुन, पहिलो पाकिस्तानी र संसारकै सबैभन्दा कान्छो व्यक्ति हुँ ।’
प्रसङ्ग २ः जापान भ्रमणमा गएका सुनसरी क्षेत्र नम्बर दुईका सांसद् रेवतीरमण भण्डारी जिल्ल परे, जब सार्वजनिक कार्यक्रममा अङ्ग्रेजी भाषा जानेकै आप्ना जापानी समकक्षीले जापानी भाषामै बोले ।
माथि उल्लेखित दुई प्रसङ्गहरुमा एउटा कुराको समानता छ, त्यो हो– आप्नो भाषाप्रेम र आप्नो भाषाको विकासमा देशले गरेको बाध्यकारी व्यवस्था । आपूलाई पाकिस्तानी भन्नुअघि पास्तुन भन्ने मलाला र सार्वजनिक कार्यक्रममा जापानी सांसद्ले बोल्ने जापानी भाषा सबै मातृभाषा प्रेमका आधार र उदाहरणहरु हुन् । शायद यस्तै संवेदनशील कारणहरु मातृभाषासँग जोडिएकाले हुनुपर्छ, एकजना विद्वान्ले भनका थिए, ‘मान्छेको दिमागसम्म पुग्नलाई उसको सम्पर्क भाषामा कुरा गर्दा पुगिन्छ तर मान्छेको मनसम्म पुग्नलाई भने उसको मातृभाषामै कुरा गर्नुपर्छ ।’
यसरी मातृभाषा एउटा भाषिक समूह मात्र होइन, यो त अन्योन्याश्रित संवेदना बोकेर उभिएको हाम्रो दैनिकी हो । आज हामी एउटा हाइटीको अफ्रिकन बालकले नेपाली बोलेको टिभीमा देख्दा मक्ख पर्छौँ । हाम्रो देशमा आएर फाट्टफुट्ट नेपाली फुटाउने खैरो छालासँग समेत हाम्रो आकर्षण र आत्मीयता तत्काल बढेर जान्छ । कारण उही हो–मातृभाषा हाम्रो दिल हो । कसैले हाम्रो भाषामा बोलिरहँदा उसले शब्दमात्रै ओकलिरहेको हुँदैन, हाम्रो मुटुसम्म पुग्ने शाब्दिक राजमार्गसमेत बनाइरहेको हुन्छ । र त उसले चाँडै हाम्रो माया पाउँछ । छिटो नजिक हुने आधार निर्माण गर्छ ।
बहुभाषा बोल्नेहरुले सपना आप्mनै भाषामा देख्छन् । कुनै हर्ष वा पीडामा ओकल्ने पहिलो वाक्य आप्mनै भाषाको हुन्छ । यसरी अन्य भाषाभन्दा मातृभाषाको अलग्गै महत्व रहन्छ तर जब–जब शिक्षामा मातृभाषाको कुरा आँउछ, हाम्रो राज्यव्यवस्थाका सिद्धान्त र व्यवहार सर्लक्कै छुट्टिन्छन् । भनिएको हुन्छ एकथोक, भएको देखिन्छ अर्कोथोक । नेपालको संविधान २०४७ समेतले नेपालका भाषालाई नेपाली राष्ट्रिय भाषाको मान्यता दिएको छ तर व्यवहारमा यसको प्रत्यक्ष प्रगति देखिन्न । हिजोजस्तै आज पनि एउटा लिम्बूको छोरोले लिम्बू भाषामा पढ्न असम्भव जस्तै छ । नेपालीपछिको बहुसङ्ख्यकले बोल्ने मैथिली भाषामा समेत नेपालमा स्तरीय र व्यवस्थित पठनपाठन हुन्न । मातृभाषा शिक्षाको नाममा देशभरका केही विद्यालयमा पठनपाठन त हुन्छ तर त्यसले मातृभाषा शिक्षकको दरबन्दी दिनेबाहेकको अर्को राम्रो काम गरेको देखिन्न । बरु उल्दै हरेक वर्ष मातृभाषीहरुको सङ्ख्या घट्दै गइरहेको देखिन्छ ।
नेपाली भाषाबाहेकका ठूलो सङ्ख्यामा बोलिने अन्य भाषाका वक्ताहरुको समेत सङ्ख्या घट्दो क्रममा छ । हजारौँले बोल्ने भाषामा समेत धेरै बाधा–व्यवधानहरु छन् । विद्यालय र विश्वविद्यालयमा व्यवस्थित पढाइ र सुरक्षित भविष्य नहुनाले पनि मातृभाषाको अवस्थामा समस्या खडा भएको छ । कतिपय आप्नै लिपी भएका भाषाहरुसमेत देवनागिरीमै लेखिनुले नेपालका मातृभाषाको दयनीय अवस्था देखाउँछ ।
नेपालमा नेपाली भाषा ४५ प्रतिशतको मातृभाषा हो । यसका अतिरिक्त १२ प्रतिशत मैथिली, ६÷६ प्रतिशत भोजपुरी र थारु मातृभाषीहरु छन् । अन्य बहुसङ्ख्यकले बोल्ने मातृभाषाहरुमा तामाङ, नेवार, मगर, डोटेलीलगायतका भाषाहरु पर्दछन् जसमा मगरको प्रतिशत ५ छ भने बाँकी सबैको आँकडा ३ प्रतिशत हाराहारीको रहेको छ । बाँकी सबै मातृभाषीहरुको साङ्ख्यिक स्थिति ३ प्रतिशतमुनिको छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिको बसोबास छ भने १२३ जातिको आप्नै भाषा रहेको छ । यस्तो भाषिक विविधतामा धनी नेपालको भाषिक विकास र व्यवस्थापन भने निक्कै गरिब छ ।
केही ठूलो सङ्ख्याका भाषिक समुदायका लागि झारो टार्ने किसिमका मातृभाषा शिक्षा प्राथमिक तहसम्मका लागि बन्दोबस्त भए पनि स–साना भाषाहरु दोहोरो मारमा परेका छन् । एकातर्प आप्नो घट्दो भाषिक जनसङ्ख्या टिकाउने चुनौती त अर्कोतर्पसरकारी उदासीनता । अझ अङ्ग्रेजी आकर्षणले गर्दा नेपाली विद्यालयमा पढाउने नेपालीभाषी शिक्षकले समेत आप्ना सन्तानलाई अङ्ग्रेजी विद्यालयमा भर्ना गराउन थालेका छन् । सबैभन्दा ठूलो सङ्ख्याले बोल्ने र विद्यालयदेखि विश्वविद्यालय तथा अखबारहरुसम्म प्रयोग हुने भाषाको त अवस्था पछिल्लो शहरिया पुस्तामा दयनीय छ भने अल्पसङ्ख्यक भाषाभाषिकाहरुको अवस्था आपैंm अनुमान लाउन सकिन्छ ।
सम्भव छ मातृभाषा शिक्षा
नेपालमा समेत मातृभाषा शिक्षा नीति लागू भइसकेको छ । सबैका लागि शिक्षा नीतिअन्तर्गत सन् २०१५ सम्ममा नेपालका साढे ७ हजार विद्यालयमा मातृभाषामा शिक्षा दिने सरकारी नीति थियो । यो परियोजनाको लक्ष्य के–कति सफल भयो, त्यो त सरकारलाई थाहा होला तर त्यसको तल्लो तहसम्मको प्रभाव भने प्रत्यक्ष देखिने अवस्था छैन । यसको कागजी र कामकाजी आँकलन पछि हुँदै जाला ।
संसारका विभिन्न देशका उदाहरणहरु हेर्ने हो भने मातृभाषा शिक्षा सम्भव र सफल देखिन्छ । धनाढ्य युरोपेलीदेखि गरिब अफ्रिकी मुलुकहरुसम्म यसको सफल प्रयोगका दृष्टान्तहरु पाइन्छन् । छिमेकी भारतले पनि केही मात्रामा यसमा फड्को मारेको छ । एउटै भाषाभाषीको बाहुल्य भएको ठाउँमा मातृभाषा शिक्षा तथा भिन्नभिन्न भाषाहरु बोलिने क्षेत्रमा बहुभाषी शिक्षा भनेर यसका सफल प्रयोगहरु गरिएका छन् । केही उदाहरण हेरौँ ः
१. आरुवाः क्यारेबियन मुलुक आरुवा मातृभाषा शिक्षा लागू गरेर सफल भएको देशमा पर्छ । भेनेजुएलाको छेवैमा पर्ने यस मुलुकमा डच भाषा राष्ट्रिय भाषा हो र यो सबै विद्यालयहरुमा पढाइन्छ । यसका अतिरिक्त अङ्ग्रेजी र स्पेनिस भाषासमेत यस देशका विद्यालयहरुमा पढाइन्छ । डच, अङ्ग्रेजी र स्पेनिसजस्ता बहुसङ्ख्यक नागरिकले बोल्ने भाषाहरुमा व्यावहारिक र विद्यालय दुवैको ज्ञान बोकेका आरुवाका नागरिक धेरै क्षेत्रमा भाषिक शिल्पकै कारण पनि अग्रणी मानिन्छन् ।
२. लग्जमवर्गः युरोपको धनी राष्ट्र लग्जमवर्गमा हरेक नागरिकले कम्तीमा चार भाषामा आपूmलाई पोख्त पाछ्र्र । स्थानीय रुपमा लग्जमबगिस भाषा बोल्ने यस देशका नागरिकले जर्मन, पे्रmेन्च र अङ्ग्रेजी भाषाहरुसमेत अनिवार्य रुपमा विद्यालयमा पढ्नैपर्छ ।
३. सिङ्गापुरः सिङ्गापुर एशियाको सबैभन्दा धेरै राष्ट्रिय भाषाहरु भएको मुलुक हो । यहाँ अङ्ग्रेजी, मलाय, तामिल र चिनीयाँ भाषाहरुमा शिक्षाको व्यवस्था छ ।
४. दक्षिण अफ्रिकाः यो देशका आधिकारिक भााषाहरुमा ११ वटा भाषा पर्छन् । संसारको सबैभन्दा धेरै आधिकारिक भाषाहरु भएको देश दक्षिण अफ्रिकामा एउटा नगरिकले कम्तीमा तीनवटा भाषामा दख्खल राख्छ । औपचारिक शिक्षा र विद्यालय तथा विश्वविद्यालयमा यी भाषाहरुको प्रयोगले यो सम्भव भएको हो ।
यी उदाहरणले हरेक देशले लागू गरेको खण्डमा मातृभाषा शिक्षा सम्भव देखिन्छ । नेपालमा समेत यस प्रकारको शिक्षाले राम्रो काम गर्छ । प्रश्न उठ्न सक्छ– के नेपालका १२३ वटै भाषाका शिक्षकहरु हरेक विद्यालयमा राख्दा सम्भव होला त ? उत्तर सहज छ किनभने नेपालका १२३ वटै भाषिक समुदाय एउटै स्थलमा छैनन् । जुन ठाउँमा जुन–जुन भाषाभाषीको घनत्व छ, त्यही भाषाको पठनपाठन गर्न सकिन्छ । नेपालको संविधानले नेपाली भाषालाई सम्पर्क भाषा र राष्ट्रिय भाषाको मान्यता दिएको छ । नेपालमा बोलिने बाँकी भाषाहरुलाई पनि राष्ट्रिय भाषाको मान्यता दिएको छ । त्यसैले अब घटीमा एउटा स्थानीय भाषा, एउटा सम्पर्क भाषा र एउटा अन्तर्राष्ट्रिय भाषाको शिक्षा अङ्गीकार गर्नुपर्छ । स्थानीय भाषाहरु धेरै हुनु देशका लागि घाँडो हैन । बरु यो विशाल सांस्कृतिक पूँजी हो । कुनै भाषाको लिपी, साहित्य र संस्कृति जोगिनु देशको भाषा–संस्कृतिको श्रीवृद्धि हुनु हो । नेपालका डा.योगी विकासानन्द त भन्छन्, ‘जसको बढी भाषामा दख्खल छ, उसको मस्तिष्क त्यति नै वृहत रुपमा विकास हुन्छ ।’
हाम्रो सामाजिक वस्तुस्थितिले यस्तो प्रणाली कार्यान्वयनमा सहजता ल्याउँछ । आज प्रधानमन्त्री केपी शर्मा ओली राजवंशी भाषामा मज्जाले कुरा गर्न सक्छन् । प्रधानमन्त्री ओलीले आप्mनो जीवनको प्रारम्भिक खण्ड झापामा बिताएकाले त्यहाँका राजवंशीहरुको संगतले उनी त्यस भाषामा पोख्त भएका हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत मैथिली भाषामा दक्ष छन् । कतिपय सभामा उनी मैथिली भाषामै सम्बोधन गर्छन् । रौतहटमा रहँदा मैथिल समुदायसँगको उठबसले त्यो सम्भव भएको हो । यो कुरा झापा घर भएका प्रधानमन्त्री ओली र रौतहट घर भएका नेपालको मात्रै विषय होइन । जुन भाषिक समुदायको सम्पर्कमा बसुन्छ, त्यो भाषा जान्नु स्वाभाविक पनि हो । त्यही भएर त आज तेह्रथुमको खनालले लिम्बू भाषा बुभ्mन र बोल्न सक्छ, धादिङको बस्नेतले तामाङ बुभ्mन सक्छ । सोलुको राईले शेर्पा भाषा बुभ्mन सक्छ । यही सामाजिक अन्तरघुलन नै नेपालमा मातृभाषी वा बहुभाषी शिक्षा लागू गराउने उपलब्ध सामाजिक आधारहरु हुन् । विद्यालयमा नपढी समाज पढेर त यस्तो भाषिक दख्खल देखिन्छ भने अझ शिक्षामा अनिवार्य लागू गराइएको खण्डमा कस्तो सुन्दर विकास होला, हामी अनुमान लगाउन सक्छौँ । यो समानताको समय मगराँतमा बस्ने नेपालीभाषीले त्यहाँ गएर नेपालीसँगै मगर भाषामा पढ्ने समय पनि हो, जसरी आप्नो मातृभाषामा नभई एउटा मगरले नेपालीमा पढिरहेको हुन्छ ।