मन कति चञ्चल हुँदो रहेछ केही जाने भनेपछि । अज्ञात प्रेरणाले सन्तप्त मन प्रशन्न भएर नाचिरहेको थियो । मुक्कुमलुङमा पाथिभरा माताको चरणकमल स्पर्स गर्न मन ललचाई रहेको थियो । पाथिभरा माता (मुक्कुमलुङमा) जो साक्षात देवीको रुपमा पुजित छन्, उनको दर्शन गर्ने महत्वकांक्षा क्षण–क्षणमा बढिरहेको थियो । मेरो अन्तर प्रज्ञाले माताको दिव्य स्वरुप झलझली मलाई देखाइरहेको थियो मेरो अन्तर प्रज्ञाले । माताको दिव्य स्वरुप झलझली मलाई देखाइरहेको थियो र आतुर थिएँ म माताको दर्शन गर्न । ‘उफ † कतिबेला उज्यालो हुन्छ ?’ मध्यरातको गहिरो सन्नाटामा एकाएक म भित्रको अतृप्त भावना कुलबुलायो । अन्तहीन शुन्यताभित्र मलाई पल–प्रतिपल अप्रकट उदासिनताले गिज्याइरहेको प्रतित हुन्थ्यो ।
चैत्र २१ गते
आँखामा पटक्कै निद्रा थिएन, भालेको वाङले ४ बजे बिहान तन्द्राबाट ढकेल्यो । म उत्साहित हुँदै उठें । मेरा काका टेकराज लिम्बू र काकीहरु खेमावति, आशा लिम्बू अनि एकजना बहिनी अघि नै तयार भइसक्नुभएको रहेछ । बिहान ४ः३० बजे हाम्रो ६ जनाको समूह पाथिभरा माताको दर्शनार्थ हुइँकियो धरानबाट । मैले बाटोमा एउटा प्रार्थना गीतको पंक्ति लेखें ।
जगत जननी देवी हे–
माता पाथिभरा †
रक्षा गर हाम्रो माता–
तिमी नै छौ हाम्रो सहारा ††
चारआली हुँदै बुधबारे कटिसकेपछि बर्नेको चिया कमान कति रमिता लाग्दो, दायाँवायाँ, सघन हरियाली, रमणीयता र सौन्दर्यको कति बखान गरौं ? गाडीमा हिँड्दा मात लागेर भोमिट गर्दागर्दा हुरुक्क हुने म यिनै प्राकृतिक सौन्दर्यको रसपानले मलाई दबाईको काम ग¥यो अर्थात् गाडीको मातले मेरो भुँडी हुँडेलेन ।
कन्याम र फिक्कलको त झन कुरै नगरौं, स्वर्गबाट सानो टुक्रा भगवानले धर्तीमा झानिदिएको हो कि भन्ने भान पथ्र्यो । जो कोहीलाई पनि तर यही स्वर्गजस्तो प्रतित हुने ठाउँमा महिलाहरुको अवस्था अवलोकन गर्ने मौका मिल्यो मलाई । यहाँका महिला (खासगरी पडाडी कष्टकर जनजीवन व्यथित गरिहेका महिलाहरु) प्रत्येक दिन चोमालुङमा चढ्छन्–उनीहरुको दैनिकी दशौं हजार मिल मापन हुन्छ । उनीहरु अगाडि (छातीमा) बच्चा च्यापेर ५ण् औं किलो वजन भएको भारी पिठ्युँमा बोकेर बिहान झिसमिसेदेखि घाम पश्चिमा लुक्दाको अवस्थासम्म । जीवनको, परिवारको, समाजको र संघर्ष अनि सामाजिक दायित्वको चोमोलुङमा आरोहण गरिरहेका हुन्छन् ।
कन्याममा हाम्रो गाडी केहीबेर विश्राम गरेर पुनः अगाडि बढ्यो । हामी तिर्थाटनमा निस्किएका छौं । माता पाथिभरा देवीको वासस्थान नै हाम्रो गन्तव्य हो । पूर्वीय दर्शन, प्राचीन धार्मिक परम्परा अनुसार तिर्थाटनको अर्थ, संसाररुपी महासागर तरेर पवित्रता प्राप्त गर्न सक्नुलाई नै तिर्थाटन भनिएको छ । तिर्थाटनलाई एउटा विशेष प्रकारको अलौकिक यात्रा पनि भनिन्छ, मान्छेले जान–अञ्जानमा, ज्ञात–अज्ञातमा गरेका गल्तीहरु (पाप) प्रतिको प्रायश्चित पनि हो भन्छन् धर्मशास्त्रहरु । पाप, कष्ट र रोग–व्याधबाट मुक्ति दिन माता पाथिभरा देवीको पवित्र वासस्थानको स्पर्शले मात्र पनि सम्भव छ भनेर स्थानीयहरु बताउँछन् ।
बच्चादेखि वृद्धवृद्धाहरु समेत तिर्थाटनका लागि आएको देख्दा मन फुरुङ्ग नभई रहन सकेन । पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारको गर्मी र कुइनेटाहरु छिचोल्दै हाम्रो समूह बेलुका ४ः३० बजे ताप्लेजुङ बजारमा ओर्लियो । बजारदेखि केही दुरीमा सुकेटार विमानस्थल । हाम्रो रिजर्व गाडी सुकुटारसम्म मात्रै पुग्न सक्ने भयो । त्यहाँबाट अर्कै गाडीमा खाँदाखाद गरेर गन्तव्यतर्फ लाग्यौं । पानी परेकोले बाटोको अवस्था अत्यन्तै जीर्ण । ३२ जना यात्रु बोकेर जसोतसो हामी चढेको बोलेरो भिर र पहराको बाटो छिचोल्दै कष्ट साध्य रुपमा अगाडि हुइँकैदै थियो । बाटोभरि दायाँवायाँ राताम्मे र सेताम्मे गुराँस फुलेको । गुराँसको त्यो राजधानीले यात्रामा मोहकता थप्ने काम गरेको थियो । गाडीबाट फुत्त निस्किएर मनको चिर डाली डालीमा रमायो–प्रकृतिको यो सुन्दर नचारा देखेर अमिभूत भयो मनको चञ्चलचरि पनि ।
निलो आकाशमा बादलका थुङ्गाहरुले पनि गुराँसको यो राजधानीलाई शोभायमान तुल्याइरहेको थियो । चराचुरुङ्गीहरुको लयबद्ध चिरवीरले वातावरणमा मोहकता थपिरहेको थियो । खाल्टाखुल्टीमा गाडीको बेजोड उफ्राइले भोको आन्द्राभुँडीलाई खल्बल्याइ दियो । एकातिर प्रकृतिको मनोरम दृश्य, अर्कातिर यात्राको सकस । तर केही पाउनलाई त केही गुमाउनैपर्छ अर्थात यो स्वर्गको रसपान गर्न केही दुःख त झेल्नैपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हामी चढेको बोलेरोमा टाउको ठोक्काउँदै निर्दिष्ट स्थानतर्फ बढिरह्यौं ।
नागी, भीर र पाखाको अत्यन्तै कष्टकर बाटो छिचोल्दै हामी चढेको गाडी अगाडि बढिरह्यो । वन पाखाभरि नै मृदु मुस्कानका साथ गुराँस, बेली र चम्पा, चमेलीह्ररु मुस्काइरहेका । कति विध्न निर्विग्न मुस्कान ओफ । मान्छे हरपल हरघडी किन यसरी आप्mनो वृन्दा (सुगन्ध) छर्दै मुस्काउन सक्दैन ? यी फूल फुल्ने बोटहरु पनि त असिना पानी, हुस्सु र आँधीको चपेटामा परेका छन नि ? तर पनि त मुस्काइरहेका छन् । मान्छे मात्र किन दुःखी ? अक्करमा फुलेका सुनगाभा, सुनाखरी, चाँप, गुराँस, बेली र चमेलीहरुले फेलेका कष्ट र व्यथालाई सुन्दरता नाप्ने मान्छेको मनले आत्मसात गर्न सक्छ र ? धर्तीको प्रवृत्ति र मानवीय प्रकृतिको विषयमा आफैभित्र विचारको मन्थन गर्दागर्दै गाडी थाहै नपाइ काप्mले पार्टी पुगिसकेछ । सुकेटारबाट काप्mलेटार आइपुग्न दुईघण्टा लाग्दो रहेछ । यो दुईघण्टाको यात्रा जति कष्टकर थियो, त्यति नै रोमाञ्चक पनि ।
झमक्क साँझ परिसकेको थियो । घर–घरमा रुन्चे बत्तिहरु मात्र पिलपिलाउँदै थिए । शुक्रबार र शनिबार भिडभाड नै हुँदो रहेछ । हामीले पनि यात्रासम्म शुक्रबार नै गरेका थियौं । उकालो चढ्नुपर्ने भएकोले सबैले लाठी बोक्यौं र लाग्यौं नाक ठोक्किने उकालो । माता पाथिभराको दर्शन गर्ने मेरो सपना साकार हुने भयो, अब माताको दरबारमा पुगेर म यो माग्छु–त्यो माग्छु भन्ने तर्कनाहरु गर्दागर्दै ठूलो फेदी पुगिएछ ।
बाटोभरि स्वागतद्वार राखिएका । प्रत्येक १५ मिनेटको दुरीमा सुविधासम्पन्न होटलहरु खुलेका । तिर्थाटनका लागि आउने तिर्थालुहरुको सहजताका लागि आवश्यक वस्तुहरुको संयोजन गरिएको यो भेगमा जति रातले कालो लर्बदा ओढ्दै जान्छ त्यति नै जाडोले कठ्याग्रयाउन थाल्दो रहेछ । हाम्रो समूहका सदस्यहरु सबै थाकेर चुर भएका थिए । नाकै ठोक्किने उकालो त्यसमाथि हिमशैलीको चिसो प्रवाह । लाग्थ्यो यतिबेला माता पाथिभराले हाम्रो परीक्षा लिइरहेकी छिन् । तर हामीले अठोट ग¥यौं, जब तिर्थाटनको लागि निस्किसक्यौं भने १२ हात पुगेर वित्तामा संकट ? यो रोमाञ्चकारी यात्रामा जस्तोसुकै विध्न बाधाहरु आओस् सबैलाई झेल्ने संकल्प गरेर नै हाम्रो टोली यहाँसम्म आइपुगेको हो । यो विष्मयकारी र तिलस्मी दुनियाँको यात्रा गनै पाउने सौभाग्य धेरै कम मानिसहरुले मात्र पाउँछन् ।
शुक्रबार साँझ
बास बस्ने ठाउँमा आइपुग्दा झण्डै ८ बजेको थियो । हिँडाइ, भोक र चिसोले सबैलाई लखतरान पारेको थियो । बाटोमा काकीले बोक्नु भएको रेडबुल र स्याउले केही राहत दिएको थियो । जाडो यति बढिसकेको थियो कि आप्mनो हात आप्mनो जस्तो लाग्न छाडिसकेको थियो । हाम्रो बसेरा (होटल) मा हाम्रो लागि खान पाक्न थाल्यो । खाना के भनौं? बिहेको भोज जस्तै गरी बढेमाको चुल्होमा बडेमाका भाडाह्ररुमा तिर्थालुहरुका लागि खाना पकाउने क्रम चलिरहेको थियो । म पनि लुसुक्क चुल्हो छेउमा गएर सेकिन थालें । अगेल्नाको तातोले केही राहत महसुस भयो ।
खाना तयार भएपछि सबै भक्तहरुले आ–आप्mनो समूहमा बाँडिएर खाना खायौं । खान के भनौं ? अमृत नै पान गरेको भान हुन्थ्यो । जाडो, भोक र थाकाले पनि सायद ‘अमृतपान’ गरेको महसुस भएको हुँदो हो । अझै पनि भक्तजनहरु आउने क्रम जारी नै थियो । कुनै पनि अप्रिय घटना नहोस् भनी प्रहरीहरु सजगतापूर्वक नियालिरहेका थिए प्रत्येक तिर्थालुहरुलाई । प्रहरीले माताको दर्शनार्थ आउने तिर्थालुहरुको अभिलेख समेत राख्दा रहेछन् ।
तन भरि थाका, मनभरि उत्साह रु आँखाभरि भर इन्द्र धनुषी सपनाहर बोकेर मैले निद्रादेवीको आँचलमा आफूलाई सुस्ताएँ । र, निद्राको गर्भमा पुग्नुअघि नै मैले अर्को प्रार्थनाको पंक्ति कोरें–
मेरो मनको तरेलीमा माता
तिमी आइ दिन्छौ
सप्तरङ्गी इन्द्रेणी बनी तिमी
आँखाभरि छाइदिन्छौ
गर्छु म तिम्रो बन्दना
दुःखकष्ट हरण गरिदेऊ माता
गर्छु म तिम्रो आरधना ।
‘दुई–दुईवटा सिरक ओढ्दा पनि कस्तो जाडो भएको हँ ?’ शरीर न्यानो हुने त नामै लिँदैन, कम्पित अधर अनायासै बुँदबुँदायो । राताको प्रथम प्रहर कोल्टे फेर्दै बित्यो । दोस्रो प्रहरतिर सायद निन्द्रादेवीले झयाप्पै अंगालो मारिन र आप्mनो आलिङ्गनमा लुकाइन् ।
शनिबार
हामी सुतेको कोठा छेउको कोठामा अल्लारे ठिटाहरु बसेका रहेछन्, राताको प्रथम प्रहर निदाउन नसक्नुमा उनीहरुको हल्लाले प्रमुख भूमिका निर्वाह गरेको थियो भने अहिले पनि उनीहरुकै हल्लाले जगायो । रातको अन्तिम प्रहर अर्थात बिहानको ३ बजेको रहेछ । सबैजना नित्यकर्ममा लाग्यौं र अर्ध स्नान गरेर ४ बजेको मिर्मिरेमा हाम्रो टोली गन्तव्यतर्फ लक्ष्यित भयो । केही तिर्थालुह्र १–२ बजेतिरै उकालो लागिसकेका रहेछन् ।
कसैले बोका घिसार्दै गरेका, कसैले पेरुङ्गोमा कुखुरा च्यापेका त कसैले परेवा झुण्ड्याएका–हामी अगाडिको लस्करको दृश्य हो यो । ढुङ्गा छापिएको कुइरे भिरको अत्यास लाग्दो ठाडो बाटो निखन्दै हाम्रो टोली पनि मोबाइलको बत्तीको उज्यालोमा अघि बढ्दै गयो । उकालो चढ्दै चढाइ चढ्ने क्रममा साना नानीहरुको कोकोहोला–फुल्याउनेलाई सास्ती । तरुनी–तन्नेी र वृद्धवृद्धाहरु लेकबाट बच्न कोही सातु खाँदै थिए, केही मकै त कोही रेडबुल । जुनको टह–टह उज्यालो पनि कुइरोको गर्भमै हरायो । कतै ठोक्किदै, कतै झेक्किँदै उकालो चढ्दै गयौं । बल्ल–तल्ल बिहानीले आँखा खोल्यो । रक्तिम किरणहरु पोखिए धर्तीभरि छताछुल्ल भएर हिमालको गौरव बोकेको मेरो देशको यो भिर पखेरामा हिमालको ताजबाट पोखिएको घामको झुल्काको स्पर्शले कस्को मात्र मन मोहित नहोला र ? मनमोहक यो दृश्य मैले आँखा झिम्काएर मनको क्यामेरामा कैद गरें क्लिक क्लिक ।
राति नै उकालो चढ्नेहरु फर्कदै थिए–उनीहरुलाई देखेर मनमा इष्र्याले टाउको उठायो र सोधें–अझै कति छ बाटो ? अब आधा घण्टा जति लाग्छ
हैन अझै धेरै उकालो छ ?
पूजा गरेर फर्कनेह्ररुको भिन्दाभिन्दै तर्कहरु हुन्थे । जे होस् बाटो जति नै लामो, उकालो र कहालीलाग्दो नै भएपनि लक्ष्य भेदन गर्न कम्मर कसेर उकालो लागेको हाम्रो टोलीलाई कुनै व्यवधानले पनि छेक्न सकेन ।
उ उ हिमाल रहेर त कस्तो मज्जाले हाँसेको काकीले हातको इशाराले देखाउँदै भन्नुभयो । अहा † कस्तो विशाल र मनमोहक हिमाल सायद कञ्चनजंघा, मकालु हिमाल होला । मैले काकीलाई जवाफ फर्काएँ । हेर्दाहेर्दै बादलको घुम्टोले छोप्यो हिमाललाई । तिर्थालुहरुको सुविधालाई ध्यानमा राखेर पाथिभरा पर्यटन समाज लगायतका संस्थाहरुले बाटोमा चर्पी र थकाइ मार्नका लािग टहराहरु बनाइदिएका रहेछन् ।
ठाउँठाउँमा हिउँ जमेको र ओस परेका ढुङ्गे बाटो हुँदै यतिबेला हामी ३७९४ मिटर उचाइको पेरिफेरिमा छौं । धरानबाट लगभग ३१५ किलोमिटरको यात्रा तय गर्दै यतिबेला हामी ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारदेखि पूर्वोत्तर लगभग १९.५ किमीको दुरीमा छौं । हामीले हाम्रो गन्तव्य भेदन गरेरै छाड्यौं । माताको अनुकम्पाले नै हुनुपर्छ प्रवल आस्था र अन्ध भावुकता भन्दा मािथ उठेर असहजताका बावजुद पनि हामीले सफलतापूर्वक यात्रा तय ग¥यौं । ८,९ घण्टाको पैदल यात्रा पछि हामी मन्दिर परिसरमा प्रवेश ग¥यौं । यतिबेला स्वर्गकै ऐश्वर्य आराम प्राप्त भएको अनुभूति भइरहेको छ । मन्दिर पुग्नु केही दुरीदेखि आफूले चिताएको मनकामना सिद्ध हुने विश्वासले काँचो धागो बाँध्ने काम ग¥यौं । मन्दिर परिसरमा थुप्रै आश्रमहरु रहेछन् । खुल्लाडाँडा, चिसो हावा र चहकिलो घामले मलाई एक तमासले सम्मोहन गरेजस्तै भइरहेको थियो ।
‘श्री पाथिभरा देवीको महिमा र दर्शन’ नामक पुस्तिकाका लेखक राजेश्वर थापा लेख्छन्–अन्नले भरिएको पाथि झै चलिएको सुन्दर पहाडको शिखरमा पाथिभरा देवीको मन्दिर अवस्थित छ । यहाँ प्राचीनकालदेखि नै पूजा आरधना गर्दै आएको देवीको शिला छ भने भक्तजनहरुले चढाएको धातुको प्रतिमा स्वरुप भगवती माता पाथिभरा देवी विराजमान छिन् ।
माता भगवतीलाई लिम्बू समुदायका व्यक्तिहरु मुककुमलुङमा भनेर पूजाअर्चना गर्दछन् भने अन्य समुदायहरु पञ्चकन्याकालिका, रक्तवाली, सिद्धकाली, दुर्गा भगवतीको स्वरुपमा पूजा अर्चना गर्दछन् । हजारौं घण्ट, त्रिसुल र ध्वजा पतकाले श्रृङ्गार गरिएको माता पाथिभराको मन्दिरमा पाटी पौवा, धर्मशाला र होमकुण्डहरु समेत छन् ।
मन्दिर परिसरमा हिँउको थुप्रोहरु देख्दा मन रोमाञ्चित नभई रहन सकेन, हिउँसँग खेल्ने क्रममा झण्डै बल्ड्याङ खाइयो । काकी त उत्तातो चित परिनै हाल्नुभयो । गणेश, शिव, कुल देवता, खोलादेवी, शिकारी देवता, भैरव, निशानदेवी लगायतका देवदेवीका मूर्तिहरु पाथिभरा मन्दिरका अन्य आकर्षणहरु हुन् । अन्धुशुक्र, क्षमावश्या (औंसी) एकादर्शी, सोह्र श्राद्ध र श्रावण मनिामा माता भगवती गुप्तवासमा जाने विश्वासका कारण यतिबेलाको समय मन्दिर बन्द हुन्छ , त्यो भन्दा अन्य समय मन्दिर खुल्ला रहन्छ । असोज, कार्तिक र मंसिर महिना पूजाका लागि उत्तम समय मानिन्छ भने नौरथादेवी दर्शनका लागि महत्वपूर्ण मानिएको छ ।
यसैगरी जैविक विविधताले भरिपूर्ण मानिएको छ । रोसा कि त्रिवेणी, मनोकामना परिपूर्तिकी अजय स्रोत परम पवित्र माता पाथिभरा ताप्लेजुङ जिल्लाको फुरुम्वु, लिंखिम, तापेथोक, सिकैचा र फावाखोलाको संगममा अवस्थित छ । यहाँ विभिन्न २८ प्रजातिका गुराँस, चाँप, धोवी, फूल, रातो सुनपाते, मोही कोपिला, गिद्धे फूललगायत विभिन्न प्रजातिका सुनाखरी, निलो, पहेंलो चिमाल, चिराइतो, ठूलो ओखती, हडचुर, पाखनवेद, बोझो लगायतका जडिबुटीहरु पाइन्छन् भन्ने कुरा राजेश्वर थापाले आप्mनो पुस्तिकामा उल्लेख गरेका छन् ।
मन अघाउँजी माताको दर्शन गरियो, नरिवल फोडियो, चुनरी चढाइयो, मनोकामना सिद्ध होस् भनेर दिल खोलेर पूजा–अर्चना गरियो । बलि दिने ठाउँ भिन्दै,m फलफूल र नैवेद्य चढाउने ठाउँ भिन्दै । पोजपोज बनाएर फोटो खिचियो र फेरि फर्कियो टोली आरालो । माताको दर्शन पछि वान्ता आउन खोजेको, जिउ दुखेको सबै कुरा छायाँमा परे । मन यति आनन्द विभोर भयो कि यात्राका सबै कष्टहरु धुमिल भएर गए ।
फर्कँदा ठूलो फेदीमा खाना खाएर काप्mले पाटीबाट गाडी चढियो । सुकेटार आइपुगेपछि आप्mनो गाडी चढेर ताप्लेजुङ बजार आइयो । बजारमा एकछिन घुमेर फेरि गाडी चढ्यौं । कावेली फूलमा बसेर फोटो खिच्यौं । फिदिम बजारमा मःम, चाउमिन खाएर हिँडियो। समयले नेटो काट्दै थियो, घाम पश्चिम दिशामा डुब्नै लागेको थियो । गोधुली साँझ, चराहरु चिरबिर गर्दै आप्mनो बसेरा (घोसला) मा फर्कर्दै गरेको क्षण म कवि हुन सकेको भए हिँड्दा–हिँड्दै म कति कविता लेख्थें होला ? गहिरो हुस्सुले बाटो ढपक्कै ढाकेको थियो । निष्पट्ट अन्धकार, बाटो समेत नदेखिने अवस्थालाई चिर्दै हाम्रो गाडी अगाडि बढ्यो । १२ बजे राति घरमा विश्राम लिन आइपुगियो । जय पाथिभरा माता ।
अँध्यारोले छेकेन
चिसोले नि रोकेन
जति चढाइ चढेपनि
शरीर फत्रक्कै गलेन
तिम्रो असिम कृपाले
माता †
ओस पनि लागेर
ठेस पनि लागेन
तिम्रो भक्ति भावले
क्लेश पनि लागेन
तिम्रो अनुकम्पाले
माता †
भोक पनि लागेन
रोग पनि लागेन
शोक पनि लागेन
तिम्रो आरधनाले मनमा
कुत्सित भाव पनि जागेन
जय होस † जगतजननी माता †
जय हो † आराध्यदेवी ††
नम्रता र धैर्यता सिकायौ
हाँसी–हाँसी बाँच्न सिकायौ ।