मनोविज्ञानका अघिल्ला परिभाषाहरुमा देखिएका दोषहरुले गर्दा अन्ततः मनोवैज्ञानिकहरुले यसलाई व्यवहारको विज्ञान भन्न थाले । यस क्रममा सन् १९११ मा पिल्सबरी नामक मनोवैज्ञानिकले मनोविज्ञानलाई परिभाषित गर्दै भनेका थिए –‘मनोविज्ञानलाई मानव व्यवहारको विज्ञानको रुपमा अत्यधिक सन्तोषप्रद ढङ्गले परिभाषित गर्न सकिन्छ ।’ पिल्सबरीको उपर्युक्त विचारधारालाई दृढ समर्थन तथा प्रतिपादन गर्दै सन् १९१२ मा वाट्सन नामक मनोवैज्ञानिकले मनोविज्ञानलाई ‘व्यवहारको अध्ययन’को नाम दिइयो । व्यवहारवादी मनोवैज्ञानिकहरुका अनुसार मनोविज्ञानका विषयहरु आत्मनिष्ठ नभई वस्तुनिष्ठ हुनुपर्छ । कालान्तरमा बुडवर्थले मनोविज्ञानको यस व्यवहारवादी धारणालाई सुस्पष्ट तथा सुनिश्चित रुप प्रदान गरे र मनोविज्ञानको विकासलाई स्पष्ट पार्दै तिनले भने, ‘मनोविज्ञानले पहिला आप्mनो आत्मा गुमायो, पछि आप्mनो मनलाई गुमायो र त्यसपछि आप्mनो चेतना गुमायो तर व्यवहारसँग यो हालसम्म जोडिएको छ ।’
मनोविज्ञानको यो व्यवहारवादी परिभाषा पहिलाका अन्य परिभाषाहरुको तुलनामा बढी वैज्ञानिक तथा सन्तोषजनक मानिए तापनि मनोवैज्ञानिकहरुका अन्य समूहरुबाट यो व्यवहारवादी परिभाषा पनि आलोचनामुक्त हुन सकेन । मनोवैज्ञानिकहरुले व्यवहारवादी परिभाषालाई आलोचना गर्दै भनेका थिए–
१. कहिलेकाहीँ व्यवहारका रुपमा अनेक चेतन अनुभूतिहरु अभिव्यक्त हुने गर्छन् । तसर्थ कुनै व्यवहारलाई हेरेर मात्र यो भन्न गाह्रो हुन्छ कि त्यसको सम्बन्ध कुन मानसिक अनुभूतिसँग रहेको छ । उदाहरणको लागि–कुनै दगुर्दै गरेका व्यक्तिलाई हेरेर यो भन्न गाह्रो हुन्छ कि त्यसले दगुर्नुका पछाडि के कारण छ ।
२.व्यवहारको सार्थकता अनुभूतिमा निर्भर गर्दछ र व्यक्ति आप्mना अनुभूतिको आधारमा नै अरुका व्यवहारको व्याख्या गर्ने गर्छ । उदाहरणका लागि, कुनै व्यक्तिलाई हाँसेको देखेर यो बुभ्mनु कि त्यो खुशीमा छ, आप्mनो अनुभूतिको परिणाम हो किनभने हामी खुशीमा हाँँस्छौं । तसर्थ अरुको हँसाइलाई पनि खुशीको अनुभूतिसँग सम्बन्धित ठान्छौं ।
३. व्यवहारको निरीक्षणका पूर्वधारणा इत्यादि वैयक्तिक कारणको प्रभाव रहेको हुन्छ ।
यस प्रकार निष्कर्षका रुपमा भन्ने हो भने अनुभूतिसम्बन्धी तथा व्यवहारसम्बन्धी मनोविज्ञानको दुवै परिभाषा आंशिक रुपमा मात्र सही छन् । अर्थात् अनुभवको अध्ययनले मात्र अथवा व्यवहारको अध्ययनले मात्र मनोविज्ञानको रुपमा प्रतिष्ठापित हुन सक्दैन किनभने अनुभूति तथा व्यवहारमा अन्योन्याश्रित सम्बन्ध रहेको छ । वास्तवमा कुनै व्यक्तिका मानसिक स्थितिका सही जानकारीका लागि दुवै पक्ष अर्थात् अनुभूति र व्यवहारलाई सँगसँगै अध्ययन गर्नु आवश्यक हुन्छ । तसर्थ यी उपर्युक्त तथ्यहरुलाई ध्यानमा राखेर आधुनिक मनोवैज्ञानिकहरुले मनोविज्ञानलाई व्यक्तिका अनुभूति तथा व्यवहार दुवैमा अध्ययन गर्ने वस्तुपरक विज्ञानको रुपमा परिभाषित गर्न थालेका छन् । यस परिप्रेक्ष्यमा विभिन्न मनोवैज्ञानिकहरुले आ–आप्mना शब्दमा मनोविज्ञानलाई परिभाषित गर्ने प्रयास गरेका छन्, जसमध्ये केही निम्नलिखित विचार मुख्य रुपले उल्लेख गर्न सकिन्छः–
एन.एल.मन्नका अनुसार–‘आजभोलि मनोविज्ञानको सम्बन्ध व्यवहारको वैज्ञानिक छानविनसँग रहेको छ ।’
क्रो तथा क्रो का शब्दमा–‘सङ्क्षिप्त रुपमा मनोविज्ञान मानवीय व्यवहार तथा मानवीय सम्बन्धहरुको अध्ययन हो ।’
म्याक्डुगलका अनुसार–‘मनोविज्ञान मानव व्यहार, त्यसका कारण तथा त्यसको स्थितिको अध्ययन हो ।’
उडवर्थ तथा माक्र्विसका शब्दमा–‘व्यक्तिा क्रियाकलापहरुको, त्यसका वातावरणको सम्बन्धमा वैज्ञानिक अध्ययनलाई मनोविज्ञान भनिन्छ ।’
उपर्युक्त परिभाषाहरुका अध्ययनका आधारमा हामी निष्कर्षको रुपमा भन्न सक्छौं कि ‘मनोविज्ञान प्राणीका पर्यावरणसँग सम्बद्ध अनुभव तथा व्यवहारको अध्ययन गर्ने एक वस्तुपरक विज्ञान हो ।’