sosanबलात्कार एक जघन्य अपराध साथै मानव अधिकार उल्लङ्गनको चरम उत्कर्षको अवस्था हो । एउटि छोरि आफ्नै बाबुबाट बलात्कृत हुन्छिन् । एउटि विद्यार्थि आफ्नै शिक्षकबाट बलात्कृत हुन्छिन् । दाजु,आफन्त, छिमेकि बाट बलात्कृत हुन्छिन् ,त्यो पनि आफ्नै घरमा । एक पटक सोचौ तँ हामि महिला कहाँ गएर सुरक्षित हुने ? सुरक्षित छाहारि दिने संरक्षक बाटै पटक पटक एउटि छोरि लुटिन्छिन् । कखरा सिकाउने तिनै हातहरुले कत्ति सजिलै अस्मिता निमोठेर टुक्रा टुक्रा पारिदिन्छन् आफ्नै विद्यार्थिको । यस बखत बलात्कारी बाबुहरु, गुरुहरु र सबै बलात्कारी पुरुषहरुप्रति चरम घृणा उत्पन्न हुन्छ । बलात्कारी पुरुष र पशुमा केहि भिन्नता हुदैन । भिन्नता हुन्छ त केवल शारिरिक संरचनामा । बनावटमा । जव बलत्कारका घटना घट्छन् तव समाचार बन्छन् । पत्रपत्रिका,टिभि,रेडियो सन्सनि हुन्छ । नागरिक समाज, मानव अधिकारकर्मी र संघ संस्थामा चर्चाको विषय बन्छ । गाउँघर, छरछिमेक र आफन्त सबैको मुखमा विचरा र कठैबरि सुनिन्छ । कानुनि मान्यताहरु पुरा भएमा दोषी उपर कानुनि कारवाहि पनि हुन्छ । तर बलात्कार प्रभावितलाई के हुन्छ ? परिवार र समाजमा पहिलाको अवस्थामा फर्कन पनि सक्दिनन् । जीवनलाइ सहज ढंगले बाच्ने व्यायाम पनि गर्न सक्दिनन् । यो अवस्थामा उनको पीडामा मल्हम कसैले पनि लाउन सक्दैन । पिडितलाई न्यायको प्रत्याभुति दिलाउने दायित्व राज्यको हो तर बलात्कारको हकमा त्यसो हुन सकेको छैन । पिडितमुखि न्यायप्रणलिको अभावका कारण बलात्कार प्रभावित धेरै महिला तथा बालिकाहरु निकै नै कष्टकर र अपमानित जीवनयापन गर्न बाध्य छन् । मिरा राई(नाम परिवर्तित) ११ वर्षकि एक बालिका हुन् । आफ्नि आमा छैनन् । बाबु विदेशमा छन् । घरमा उनी सौतने आमा र एक दिदिको साथमा बस्दै आएकी छन । ५ कक्षामा पढ्दै गर्दा राजनैतिक पहिचान बनाएका एक पुरुष बाट बलात्कृत भईन । विभिन्न किसिमका डर, धम्कि त्रास का कारण ८ महिना सम्म बालात्कृत भईरहिन । उक्त पुरुषको आवश्यत्ता बमोजिम उनी निरन्तर प्रयोग भईन । एक दिन असह्य भएपछि साथिलाई भनिन । साथिको मार्फतबाट महिला मानव अधिकार रक्षक समक्ष घटना आईपुग्यो । त्यसपछि कानुनि प्रक्रिया सुरु भयो । अन्त्यतःमुद्धा फैसला भयो । पिडकले कानुन बमोजिम १२ वर्ष कैद ंप्रभावित बालिकाले २ लाख क्षतिपुर्ति पाइन । बालिकालाई उनको घरमा बस्नसक्ने वातावरण नभएपछि उनी वाहिर छिन । संघ संस्थाको संरक्षणमा । अव सोचौ त ! उनको ठाउँमा बसेर । परिवार गुम्यो,शिक्षामा बाधा उत्पन्न भयो,सामाजिक स्थायित्व गुम्यो । अरु पनि धेरै चिज उनले गुमाउनु पर्यो । कलिलो उमेरमै जीवन कत्ति धेरै कष्टकर बन्यो । यसको हामि अनुमान मात्र गर्न सक्छौ । मिराको घटना त एउटा प्रतिनिधि मुलक मात्र हो । उनी जस्ता धेरै बालिकाहरु परिवार र समाजबाट विस्थापित भएका छन् । न्याय कतिबेला मिल्छ ? के लाई न्याय भन्ने ? उनको त्यो अवस्थाले बारम्बार यहि प्रश्न गर्छ मलाई । पारिवारिक विस्थापन न्याय हो ? उनलाइ कुनै पुरुषले बलात्कार गर्यो यसको बदलामा पढ्न नपाउनु,खेल्न नपाउनु,आफ्नै समाजजमा बस्न नपाउनु उनको लागि न्याय हो ? निरन्तरको शारिरिक शोषण पश्चात पुगेको मानसिक असरका कारण रात विरात निस्कने क्रन्दन र चित्कारको उपचार के त ? पिडकलाइ कारवाहि त भयो तर त्यसले उनलाइ के न्याय मिल्यो ? यो विषयको कहिल्यै पनि लेखाजोखा हुदैन । उक्त बालिकाले वास्तविक न्याय कहिले पाउछिन ? यसतर्फ सम्वन्धित निकायले गम्भिर भएर सोच्न जरुरि छ र पिडितमुखि न्यायप्रणालिको संयन्त्र निर्माण गर्नु अहिलेको टड्कालो आवश्यत्ता पनि हो । आर्थिक वर्ष २०७१÷७२ मा ओरेक नेपालमा संकलन भएका महिला हिंसाका घटना जम्मा १९३० रहेका छन् । जसमा ९६ बलात्कार रहेका छन् । बलात्कारका घटनाको जम्मा तथ्याङ्गको ५२.५ प्रतिशत घटनामा १५ वर्ष मुनिका बालिका रहेका छन् । उक्त घटनाका पिडकहरुमा छिमेकि,नजिकका आफन्त,साथि, शिक्षक,श्रिमान आदि रहेका छन् । यस तथ्याङ्गकले किशोरावस्थामा बालिकाहरु यौनजन्य हिंसा र बलात्कारको जोखिमको खतरामा पर्ने यथार्थ प्रस्ट हुन्छ । यसका कारण समयमा नै खोज्न जरुरि छ । एकातिर शारिरिक रुपले दु्रत विकास हुने समय र जिज्ञासु उमेर किशोरावस्था हो, भने त्यसै अनुरुपको मनोविमर्श सेवा,यौन शिक्षा र प्रजनन स्वास्थ्य शिक्षा सहितको पाठ्क्रमको अभाव छ हामिसंग । यसले पनि धेरै किशोर किशोरीहरुमा यौनप्रति अनभिज्ञता र कौतुहलता पैदा गरेको छ भन्दा अत्योक्त्ति नहोला । बलात्कारका घटनाको तथ्याङ्गलाइ सुक्ष्म रुपमा विश्लेषण गर्दा बढि मात्रामा आर्थिक, सामाजिक, शैक्षिक रुपले विपन्न परिवार त्यसमापनि आमा नभएको र भएपनि संगै नभएको अवस्थाका बालिकाहरु बलात्कारको  शिकार बनिरहेका छन् । हुनत सम्भ्रान्त र सम्पन्न वर्गमा मानव अधिकार उल्लङ्गन र अपराधिक प्रवृत्तिका घटनाहरु नघट्ने भन्ने हैन । अझ विकराल स्वरुपमा घटिरहेको पाउछौ । इज्जत, मान प्रतिष्ठा, पद को नाउँमा परिवार भित्रै धेरै घटनाहरु दबिने, पैसा र राजनितिको बलमा मिल्ने गरेको प्रसस्त उदाहरणहरु भेट्न सकिन्छ । यसले हाम्रो समाजमा मानविय मुल्य कता जादैछ भन्ने ठुलो प्रश्न खडा गरेको छ । मिरा र मिरा जस्तै नानिहरुको पिडासंग नजिक रहदा जीवन फरक ढंगले विश्लेशण गनुपर्ने रहेछ भन्ने आभाष हुन्छ । जव उनिहरुका चित्कार र ताता आँशुहरुको वहावले कुनै निकासा पाउदैन । यस बखत म सम्झन्छु.....पढेलेखेका,सम्पन्न र सामाजिक,राजनैनिक हैसियत प्राप्त व्यत्ति र यि सबैमा पँहुच नभएका व्यत्तिको पिडा र आँशुको मुल्यमा किन यति धेरै भिन्नता ? हामि इमान्दार भएर सोचौ तँ हाम्रा दृष्टि किन फरक छन् ? यि दुइ बिचको खाडल किन दिन प्रतिदिन गहिरिदै छ ? हामि पनि सामाजिक न्यायमा आधारित समाजको निर्माण,विभेद र हिंसा रहित समाजको निर्माणमा धेरथोर पक्कै जिम्मेवार छौ । हाम्रा व्यवहार र दृष्टिकोणबाट परिवर्तन प्रतिविम्वित हुन्छ । तसर्थ हामिले हाम्रो जिम्मेवारिको वोध गर्न जव सक्छौ तव मात्र राज्यलाइ झक्झक्याउन सक्छौ । यसरि बलात्कार प्रभावित बालिकाको हकमा सामाजिक पुनःस्थापना, पारिवारिक पुर्नमिलन र शिक्षामा निरन्तरता प्रदान गर्न उनी बलात्कृत भएकै कारणले कठिन भएको छ । अझ कठिन मात्र नभएर प्राय असम्भव जस्तै भएको छ । ति बालिकाले सम्मानपुर्वक बाच्न पाउने अधिकार, शिक्षाको अधिकार लगायत उनका गुमेका सम्पुर्ण अधिकार सुनिश्चित गरि सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्ने दायित्व राज्यको हो । थालनि कहिले बाट......?