कुनैबेला अमेरिकी सेनाका लेफ्टििनेन्ट जनरल जोन फ्रिमोन्टले सौखको रुपमा गरेको र्याफ्टिङको विश्व बजार आज व्यापक बनेको छ । सन् १८४२ मा फ्रिमेन्टले सौखको रुपमा खेलेको याफ्टिङलाइ सन् १९७० सम्ममा खेलकुदको रुपमा विकासमात्रै गरिएन, आज संसारका हजारौँ पर्यटकहरु र्याफ्टिङको लागी बार्षिक लाखौँ डलर खर्च गर्छन् । नेपाल पनि यसको प्रत्यक्ष लाभ पाँउने देशमा पर्छ । bitat चालिसको दशकबाट नेपालमा सुरु र्याफ्टिङ मार्केट समेत बढ्दो क्रममा छ । एउटा तथ्यांक अनुसार त नेपालमा आँउने पश्चिमा पर्यटकहरुको ठुलो हिस्सा र्याफ्टिङको लागी इच्छुक हुन्छन् । यहि व्यापक याफ्टिङ विकासको कारणनै नेपालका करिव एक दर्जन नदिहरुमा ¥याफ्टिङ व्यवशाय गर्न ६ दर्जन जत्ति व्यवशायिक कम्पनीहरु सन्चालनमा रहेको नेपालका पर्यटकिय पोर्टलहरुले देखाँउछन् । ञिशुली, सुनकोशी, तमोर, अरुण, कालीगण्डकी, मस्यांदि, कर्णाली, भोटेकोशी र सेती जस्ता नदिहरुमा ¥याफ्टिङ गरिन्छ । अझैपनि थप नदिहरुमा याफ्टिङको विकास संभावना रहेको साहसिक पर्यटनमा लागेका उद्यमीहरुको कथन छ । २०७३ लाइ सरकारले घुमफिरको बर्ष बनाएसँगै नेपालका थप नदिहरुमा र्याफ्टिङ संचालनका चर्चा र बहस पर्यटन वृत्तमा बढेको छ । यसरी सरसर्ती हेर्दा नेपालमा र्याफ्टिङको विकास र विस्तार बढ्दो क्रममा छ । साहसिक पर्यटनको केन्द्र बनेको नेपालमा काठमाण्डौँ बाहिरबाट समेत र्याफ्टिङको व्यवशायिक सन्चालन गर्ने परिपाटी सुरु भएको छ । विगत २ दशकयता धरानमा पनि तमोर रिभर एडभेन्चर प्रालीको नाममा यो सेवा संचालनमा आएको छ । यो कम्पनीले पुर्वका नदिहरु तमोर, अरुण, सुनकोशी कन्काइ लगायतका नदिहरुमा आफ्नो सेवा सुविधा दिँदै आएको छ । बर्षेनि बढ्ने र दोहोरिने ग्राहकको कारणले र्याफ्टिङ पर्यटन नाफामा रहेको सन्चालक मदन ढकाल बताँउछन् सिटी र्याफ्टिङको अवधारणा र्याफ्टिङको कुरा आँउदा हामी शहरबाट टाढा अनि एकान्त स्थलको जलसफारी भनेर बुझ्छौँ । एडभेन्चर टुरीजम अर्थात साहसिक पर्यटनको विकाससँगै अव संसारमा रयाफ्टिङका नयाँ नयाँ आयामहरुको विकास हुँदै आएको छ । अमेरिका र क्यानडाले त सिटी र्यफ्टिङको सफल संचालन गरेर देखाएका छन् । क्यानडाको ओटवा सिटी र्याफ्टिङले हरेक बर्ष लाखौँ मान्छेहरुलाइ जल सफारी गराँउछ । मध्य शहर भएर संचालन हुने यस सिटी र्याफ्टिङको अनलाइन बुकिङ भिड हुने गर्छ । सामान्य मान्छेहरुलाइ ६९ अमेरिकी डलर र १४ बर्ष माथिका बालबालिकाहरुलाइ ४९ डलरमा यस सिटी र्याफ्टिङले नाफामा आफ्नो संचालन गरेको छ । यस्तै अमेरिकाको कोलोराडोमा रहेको क्यानोन सिटी ¥याफ्टिङको समेत क्रेज र कमाइ व्यापक छ । विभिन्न स्थानबाट एक घण्टे र्याफ्टिङको सुविधा दिने यस कम्पनीले ५२ देखी ७८ डलर सम्म टिकको दाम असुली गर्छ । जापानका शहर भएर बग्ने केहि नदिहरुमा समेत सिटी र्याफ्टिङको संचालन गरिएको तथ्य पाँइन्छ । शहरका काममा व्यस्त तथा शहरबाहिर हत्तपत्त निस्कन नपाँउने जनसंख्यालाइ लक्षित गरेर संचालन गरिने सहरी जल सफारि दिनानुदिन सफल हुँदै गएको छ । केहि घण्टाको खाली समय सदुपयोग गर्न, सहरको पानीमा भ्रमण गर्न र साहसिक पर्यटनको सुविधा शहरमै उपलब्ध हुने हुनाले संसारका केहि शहरहमा सिटी र्याफ्टिङको विकास र व्यवशायिकता बढेको छ । सिटी र्याफ्टिङको परिभाषा र दायरा अन्तर्गत सिटी ट्युविङ, सिटी बोटिङ आदि नाममा पदावली समेत प्रयोग गरिन्छन् । ट्युवमा बसेर पानीमाथी सरर यात्रा गर्ने सिटी ट्युविङमा पर्छ भने नाउमा बसेर सरर नाउ खियाँउदै मज्जा लिइने जल सफारी सिटी बोटिङ भित्र पर्छ । नेपालका केहि मात्रै भाग्यमानी शहरहरु छन् जसको मुटु भएर राम्रा र कन्चन नदि तथा खोलाहरु बगेका छन् । नेपलका पहाडी इलाकाका कन्चन नदिहरु र तराईका शहरी क्षेत्र भएर बग्ने खामान्य खोलाहरुमा समेत पानीको व्यवस्थापन गरेर र्याफ्टिङको व्यवशायीक संचालन गर्न सकिन्छ । काठमाण्डौमा बेलाबेला बाग्मती सफाइको नाममा र्याफ्टिङ गर्ने गरिन्छ । चितवनको नारायणगडमा समेत ट्युविङ र बोटिङको संचालन रहेको हामी पाँउछौँ । इटहरीमा संभव छ व्यवासायिक सिटी याफ्टिङ इटहरीमा प्राय बर्षातका तिन चार दिनहरुमा डुवान र बाढिले सताँउछ । यसको दोश बाढिको हैन् । ट्यांग्रा खोलाको बाटो मिच्नेहरुको हो । खोलामा घर बनाएपछि घरमा खोला नपुग्ने कुरा हुदैन । भएको यहि हो इटहरीमा । तालतलैया क्षेत्रमा १०० फिट भएर आँउने ट्यांग्रा खोल इटहरी ८ को साथी पम्पमा पुग्दा नपुग्दा खुम्चेर २० फिटे पनि बाटो पाँउदैन । खोलाको जग्गा व्याक्तिको नाममा भएर यस्तो भएको वहानामा स्थानिय निकायले कडाइका साथ नदिको बाटो व्यवस्थापन गर्न सकिरहेको छैन् । ट्यांग्रा खोलालाइ ठुल ठुला पाइपबाट बुढी खोलामा डाइभर्सन गरेर वा खोलाको जग्गा फराकिलो पार्दै इटहरीका खोला, पैनि र ढल मिच्ने संरचनाहरु हटाँउदा इटहरी डुवान समस्याको हल हुन्छ । बर्षातको बाढि र डुवानको समस्या हल गर्नासाथ इटहरीको सिटी र्याफ्टिङ बाह्रै महिना संचालनमा ल्याउन सकिन्छ । अव प्रश्न आँउछ, ट्यांग्रा खोला मात्रै मध्य शहर भएर बग्छ अनि बुढि खोला मुख्य बजारबाट निक्कै टाढा छ । यस्तो अवस्थामा कसरी ¥याफ्टिङ संचालन हुन्छ ? अर्को सवाल उठ्न सक्छ, इटहरीको ट्यांग्रा खोलामा हिँउदको पानी छिपछिपे मात्रै आँउछ र त्यसबाट कसरी ¥याफ्टिङको संचालन होला? प्रश्न आँउन सक्छ, यो त निक्कै महत्वकांक्षी परियोजना हो कसरी आर्थिक भार थेग्न सकिएला र ? कसैको जिज्ञासा भने के यस्तो र्याफ्टिङको व्यवशायिक सफलता संभव होला भन्ने पनि हुन सक्छ । यि सबै प्रश्नहरु जायज छन् किनभने हामीले नेपालका कनैपनि शहरमा व्यवशायिक र्याफ्टिङको संचालन भएको देखेका छैनौँ । अन्त नदेखेको र आफुले भुक्तभोगि नभएको कुरामा हामी संका र संदेह राख्छौँ । तर, इटहरीमा र्याफ्टिङको संभावना छ । सस्तोमा यसको सफल संचालन गर्न सकिन्छ । हो, ट्यांग्रा खोला सानो छ र हिँउदा छिपछिपे मात्रै पानी हुन्छ । इटहरी तराइमा पर्छ । यहाँ बोरिङ र डिप बोरिङ केहि किलोमिटरको ग्यापमा राखेर खोलाको पानी बढाउन सकिन्छ । बोरिङ राख्दा छेउछाउका वस्तिामा शुद्ध खानेपानीको प्रवन्ध त हुन्छ नै साथै रातदिन बगरे जाने पानी खोलामा गएर पानीको मात्रा बढाँउछ । विना बोरिङ पनि पानी जमाएर र्याफ्टिङ संचालन गर्न सकिन्छ । सामान्यतया ३० फिट चौडा र ५ फिट गहिराइ हुने खोलामा र्याफ्टिङको संचालन गर्न सकिन्छ । विभन्न ग्यापहरुमा पानीको ५ फिटको सतह राखेर र्याफ्टिङको संभावना छ । महत्वकांक्षि योजना मान्दा महत्वकांक्षि देखिएपनि इटहरीको र्याफ्टिङ इटहरीमा यस अघि गरिएका अन्य आयेजनाहरु भन्दा धेरै महत्वकांक्षि भने छैन् । इटहरी उपमहानरपालीकाको कार्यकारी अधिकृत ठुलो पोखीको माथी निर्मीत आफ्नो कार्यकक्षमा बस्छन् । बनाउनु अगाडी यस्तो संरचना पनि महत्वकांक्षि नै मान्थे होला मान्छेहरुले ।यस्तै इटही तालतलैयामा केहि महिना अगाडि मात्रै ५५ लाख भन्दा बढि बजेटको विश्वस्थरिय मुत्र्तीकार्यशाला सम्पन्न भयो । सुन्दा त त्यो पनि महत्वकांक्षी नै हो तर गरेपछि संभव भयो । अव रह्यो इटहरीको र्याफ्टिङको व्यवशायीकताको सवाल । इटहरी मुख्य बजारबाट ५.६ किलोमिटर टढाको तालतलैयाको पानी रिक्सा संचालन घाटामा छैन र इटहरी देखी २.५ किलोमिटर टाढाको गोकुलम रिसोर्टको बोटिङ पनि नाफामा छ भने मध्य शहरबाट गरिने सिटी याफ्टिङको असफलताको कुरै आँउदैन् । इटहरीको सिटी र्याफ्टिङलाइ तालतलैया देखी इटहरीको पुर्वी लाइन सम्म र इटहरी पुर्वी लाइनको ट्यांग्रा पुलदेखी तल बुधबारे हटिया हुँदै दक्षिणकाली मन्दिर अगाडीको पुलसम्म विभिन्न चरणमा संचालन गर्न सकिन्छ । विभिन्न लामा छोटा रुटहरु अनुसारको शुल्क तोकेर व्यवशायीक सिटी याफ्टिङ संचालन गर्न सकिन्छ । सके त ट्यांग्रा खेलालाइ डाइभर्सन गरेर बुढि खोला सम्मै र्याफ्टिङको संचालन संभव छ । यसो गरेको खण्डमा इटहरीलाइ नेपालकै पहिलो व्यावशायिक सिटी र्याफ्टिङ गर्ने शरहको रुपमा मात्रै चिनाउदैन यसबाट खोला सफाइ र खोलाको सुन्दरताकालागी नदि किनारमा वृक्षारोपण गर्ने, र्याफ्टिङ ट्रयाकका दुइकिनारमा बगौचा निर्माण गर्ने काममा सहयोग पुर्याएर सुन्दर सहर निर्माणमा गतिलो आधार हुन्छ ।