[caption id="attachment_5084" align="alignleft" width="105"]madesh राकेशप्रसाद चौधरी[/caption] नेपालमा प्रायः सुनिने वाक्य ‘दिल्ली दूर नहीँ’ को सन्दर्भ आउँदा एक भारतीय अधिकारीले ‘भारतमे लोग दिल्ली बहुत दूर हैं’ भन्ने गरेको सुनाएपछि नेपाल (काठमाडौँ) र दिल्ली (भारत) बीचको सम्बन्ध खोतल्ने प्रयास गरिरहेको छु । नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई अहिले ठीक बनाउने र अभैm बिगार्ने समूह सक्रिय रहेको देखिरहेको छु । यो सम्बन्ध सुमधुर हुनका लागि जनकपुर (मधेश) र काठमाडौँलाई केन्द्रबिन्दुमा राख्नैपर्ने भएको छ । भारतीय प्रधानमन्त्रीलाई जनकपुर पुग्न नदिइनु र नेपालका राष्ट्रपतिको भारत भ्रमण रातारात रद्द गरिनु सम्बन्धमा तिक्तता आउनुका धेरैमध्येको एक कारण हो । दिल्लीमा रहेका भारतीय अधिकारीहरूले यसलाई धेरै नबिग्रिसकेको सम्बन्ध भनेर नै विश्लेषण गरिरहेका छन् । मधेशमा चलिरहेको आन्दोलनले भारतलाई भविष्यमा सुरक्षा खतरा उत्पन्न गराउन सक्ने धारणा वा भनौँ, आशंकाकै आधारमा नेपाललाई वर्तमान राजनीतिक समस्या समाधान गर्न सुझाव दिइरहेको भारतीय अधिकारीहरूको तर्क छ । तर काठमाडौँले यसलाई गलत व्याख्या गरिरहेकोमा त्यहाँ एकमत रहेको पाइएको छ । अस्थायी भारत भ्रमणमा रहेका १५ जना नेपाली सञ्चारकर्मीसँग भारतका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूले नेपालमा दिगो शान्ति चाहेको पटक–पटक भनिरहेका थिए । लामो अन्तरालपछि कुनै भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाले पनि संवेदनशीलतालाई ध्यानमा राखिएको कुरा नेपाली पक्षले ख्याल गर्नुपर्ने तर्क निकै सुनिएको थियो । नेपालको राजनीतिक वृत्तमा सुन्ने गरिएको नेपाल–भारत सीमानाका सिल गनुपर्ने नारा र भाषण अब बिस्तारै दिल्लीमा समेत चर्चा हुन थालेको छ । यो चर्चा धेरै पुरानो रहे पनि भारतमै यसबारे बहस हुन थालेकोले नाकाहरूको व्यवस्थापन र आधुनिकीकरण गर्न सकिने कुरामा गृहकार्य भइरहेको खुलासा एक भारतीय अधिकारीबाट भयो । भारतले अभैm पनि नेपालसँग सम्बन्ध राम्रो भएकै चाहेको देखिन्छ । त्यहीँ नेपाल–भारत सीमामा बस्नेहरूसँगको सम्बन्ध अभैm प्राथमिकतामा परेको देखिएको छैन । किनभने पहिलो खतरा काठमाडौँबाट रहेको विश्लेषण एकथरीको छ । काठमाडौँबाट रहेको खतरा समाधान भए मधेशबाट स्वतः कुनै खतरा नरहने निष्कर्षमा भारतीय अधिकारीहरू छन् । राज्यस्तरबाट तराई–मधेशमा गरिने विद्युत् आपूर्तिमा देखिने गडबडी अथवा अन्य समस्याका बारेमा नेपाल सरकारको आधिकारिक पत्र, जानकारी वा सूचना कहिल्यै भारतीय समकक्षी वा अधिकारीहरूसम्म नपुगेको ठोकुवा दिल्लीमा रहेको भारतीय अधिकारीहरूले गरेका छन् । तराई–मधेशमा भारतको राज्यस्तरबाट हुने विद्युत् आपूर्तिमा कुनै गडबडी आए सम्झौताविपरीत नेपाली प्राविधिकले भारतीय क्षेत्रमा गई मर्मत कार्य गर्नुपर्ने बाध्यता छ । नेपाली सञ्चारकर्मीको सम्मानमा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रात्रिभोज पनि निकै रोचक र घोचक रह्यो । रात्रिभोजमा भारतका उच्च अधिकारी तथा वरिष्ठ सञ्चारकर्मीहरूको सहभागिता थियो । त्यहाँ सहभागी एक वरिष्ठ पत्रकार महिलाले नेपालबाट यहाँ आउने पत्रकारहरूले मधेशका सबै माग पूरा भइसकेकाले त्यति धेरै ‘पोलिटिकल’ र मिडिया ‘स्पेस’ दिन नहुने तर्क दिने गरेको सुनाए । ती पत्रकारहरूको चाहना थियो– नेपालसँगको सम्बन्ध पनि भारत–पाकिस्तानको जस्तै होस् । दिल्लीका समाचारमूलक टेलिभिजनहरूमा काम गर्नेमा अधिकांश नेपालसँग सिमाना जोडिएका भारतीय छन् तर कहिल्यै नेपाल–भारत सीमाका विविध आयामबारेको समाचार प्राथमिकतामा पर्न सकेको छैन । निकटताको सिद्धान्त यहाँ अलिक कमजोर भएको आभास हुने गरेको छ । सधैँ रिमोटबाट ‘च्यानल’ परिवर्तन गर्ने बानी परेकाहरूले लामो अन्तरालपछि कुनै भारतीय प्रधानमन्त्री नेपाल आउनु र लोकप्रियता प्राप्त गर्नुलाई पचाउन नसक्नु नै सम्बन्धमा तिक्तता आउनुको मुख्य कारण हो । भारतमा नेपालसँग चासो राख्ने राजनीतिकर्मी तथा प्रशासनिक अधिकारीले राजनीतिलाई एक किनारमा राखेर अर्को किनारमा मिलेर काम गर्दा दुवै देशलाई लाभ हुने कुराले धेरै चर्चा पाएको खण्डमा सम्बन्ध बिस्तारै राम्रो हुँदै जाने तर्क गरिरहे । चीनले कहिल्यै कुनै देशलाई कुनै कुरा सित्तैमा नदिएको प्रचारबाजी भारतमा निकै बढी छ । सम्पूर्ण विश्व विभेदविरूद्ध एकमत भइरहेको बेला भारत यसबाट अछुतो रहन सक्दैन । भारतीय अधिकारीहरूले नेपाललाई शान्त र समृद्ध बनाउन सत्ता पक्षले दौड प्रतियोगितामा भाग लिएजस्तै गरी दौडनुपर्ने सुझाव नेपाली सञ्चारकर्मीको टोलीसमक्ष राखेका थिए । काठमाडौँमा देखिएको भारतविरोधी ‘वाक’ अस्थायी भएको तर्क गर्दै भारतीय अधिकारीहरूले मधेशमा यस किसिमको स्थायी भावनाको विकास हुन नदिन दिल्ली प्रयत्नशील रहेको आश्वासन दिइरहेका थिए । अर्कोतर्पm मधेशमा मधेशीबाटै ‘दलाइ लामा कार्ड’ को प्रयोग गरेर आगामी दिनमा काठमाडौँलाई सङ्कटमा घेर्ने वातावरण बन्न नदिन सत्ता पक्ष तत्काल गम्भीर हुनुपर्ने देखिएको छ । ‘हातो तरके गेल, पैरो तर के गेल’ मैथिली भाषामा निकै प्रचलित यो कहावतलाई मनन गर्र्नु अहिलेको आवश्यता हो । भारतकै कैयौँ राज्यबाट दिल्ली पुग्न काठमाडौँबाट भन्दा अधिक समय खर्चिनुपर्दछ । त्यसैले भारतीयहरूले ‘दिल्ली बहुत दूर है’ भन्नु र नेपालीहरूले ‘दिल्ली दूर नहीँ’ भन्नुले सम्बन्धका धेरै पत्रहरू छरपष्ट पारेको सहजै बुभ्mन सकिन्छ ।