धरानको पर्यटनमा पुनःसंरचनाका कुरा
पछिल्लो समय देशको वैदेशिक मुद्रा आम्दानीको मुख्य स्रोत विप्रेषण (रेमिट्यान्स) र पर्यटन बन्दै गएका छन्, जसले नयाँ अवसर थपेका छन् । तर परम्परागत रूपमै अगाडि बढेको धरानको पर्यटन क्षेत्रमा चुनौतीका चाङ पनि उत्तिकै छन् । धरानमा अहिलेसम्म कोही पनि ढुक्कस“ग यसलाई पर्यटनको ‘हब’ बनाउन लागेको देखिएन ।
स्थानीय नेताहरु पनि धरानलाई सङ्घीय राजधानी बनाउने कसरतमा लागेका छन् तर यहाँको पर्यटन क्षेत्र र धरानलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर उनीहरुले सोच्न सकेका छैनन् । तराई र पहाडको संगम स्थल, ऐतिहासिक आधार, शैक्षिक केन्द्र, स्वास्थ्य केन्द्र, भौगोलिक अवस्थिति, जातीय सद्भाव, प्रशासनिक सुगमता, धार्मिक र सांस्कृतिक सहिष्णुता, खेलकुदको संरचना, चतरामा पुल बनिसकेको अवस्थामा पूर्व–पश्चिम लोकमार्ग विस्तार, कालोपत्रे सडकको शहरको रुपमा चिरपरिचत शहर, होटल र पर्यटनका आवश्यक पूर्वाधारहरु रहेकाले धरानलाई प्रादेशिक राजधानी बनाउनु उपयुक्त छ । साथै, यसबाट धरानको पर्यटन क्षेत्र पनि फस्टाउन सक्छ । जे भए पनि भौगोलिक, प्राकृतिक, भौतिक पूर्वाधार, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जातीय पर्यटन, यातायात, व्यापार, शिक्षा, स्वास्थ्यलगायतका आँखाबाट हेर्दा धरान प्रादेशिक राजधानी बनाउन उपयुक्त ठाउँ हो ।
[caption id="attachment_5561" align="aligncenter" width="850"]
फाइल तस्विर[/caption]
सङ्घीय संरचनामा धरानको पर्यटन क्षेत्रले फड्को मार्न सक्यो भने पनि यहाँ विकास नफस्टाउला भन्न सकिन्न । आम्दानीको मुख्य स्रोत बनाउने हो भने धरानको पर्यटन क्षेत्रमा पुनःसंरचनाको आवश्यकता छ । पछिल्लो समयमा धरान विमानस्थल, भेडेटारमुनि बिग बुद्ध निर्माण, बसपार्कमा सुधार गरिने भनिए पनि यसको गति कछुवाको जस्तो रहेको छ । यस्तै, धरानमा सञ्चालन भइरहेको गोल्डकप आदिले पनि पर्यटन बढाउन सक्छ । फुटबलको कारण धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको छ । १७ वर्षयता नियमित सञ्चालन भइरहेको एक मात्र प्रतियोगिता हो– बुढासुब्बा गोल्डकप । गोल्डकप हुँदा धरानबाहिर र स्थानीय कति दर्शकले आएर खेल हेरे भन्ने चर्चाले धरान सधैँ तात्तिन्छ । धरानमा आर्थिक गतिविधि त हुने भयो नै, धनकुटाको पर्यटकीय स्थल भेडेटारसम्म यसको प्रभाव पुग्छ ।
साइक्लिङ र प्याराग्लाइडिङले पनि यहाँ थप आनन्द प्रदान गर्छन् । धरानमा शुरु भएको ¥याप्mटिङ व्यवसाय साथै क्यानोनिङ, आर्चरी, स्वीमिङ पुल, ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्टले पनि पर्यटकलाई तान्ने छन् । यस्तै, निर्वाणा कन्ट्री क्लबमा रहेको गल्फ कोर्स आदिले पनि पर्यटकलाई आकर्षित गर्न सक्छन् । यी खेल गतिविधिले धरान खेलकुदको शहर भएको परिचय मात्रै दिँदैन, खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि पनि बढाउन सहयोग पु¥याउँछ । तर यसलाई पर्यटनको हब बनाउन लाग्ने चाहि“ को हो ? यो प्रश्न गम्भीर छ ।
धरान शैक्षिक केन्द्र हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यहीँ छ । इन्जिनियरिङ क्याम्पस यहीँ छ । हात्तीसारमा केन्द्रीय खाद्य प्रविधि क्याम्पस छ । नेपाली सेनाको आफ्नै विद्यालय छ । दर्जनौँ सरकारी र निजी शिक्षण संस्थाहरु छन् । पूर्वका विभिन्न जिल्लाका विद्यार्थी पढ्न भनेरै धरानमा आउँछन् । धरान आवासीय प्रयोजनका लागि उपयुक्त मानिन्छ । भानुचोकको घण्टाघर, विजयपुर गढीमा अवस्थित मठमन्दिर (बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरियाली सामुदायिक वनको चिल्ड्रेन पार्क, मिनी चिडियाघर पर्यटकका प्राथमिकतामा पर्छन् । तर पनि होटलमा पानी आउन नसक्दा यहाँ आएका पर्यटकले पनि भेडेटार, इटहरी र विराटनगरमा फर्कनुपर्ने अवस्था छ । विभिन्न पर्यटनलाई प्याकेजमा बिक्री गर्न सक्ने हो भने ती पर्यटकहरुको बसाइलाई लम्ब्याउन सकिन्छ । पर्यटन व्यावसायीहरुको ध्यान त्यता पुग्न सकेको छैन । त्यसैले, अब धरानमा पर्यटक भित्र्याउन पर्यटन क्षेत्रमा पुनःसंरचना जरुरी छ । स्तरीय होटल, पर्यटन क्षेत्रका लागि प्याराग्लाइडिङको विस्तार, पदमार्ग आदि पनि थप्नुपर्छ ।
धरानले अब पर्यटन क्षेत्रमा फड्को मार्छ
धरानको विकासका सम्भाव्य क्षेत्रहरु भनेका शिक्षा, स्वास्थ्य र पर्यटन नै हुन् । यीमध्ये पर्यटनको सम्भावनाबारे चर्चा गर्दा धरानलाई आधार बनाएर पहाडका विभिन्न गन्तव्यहरुको पदयात्रा गर्न सकिन्छ । तत्कालीन धरान नगरपालिकाले अङ्ग्रेजी भाषामा निकालेको ‘नेपाल’ भन्ने भिजिटर गाइड बुकमा पूर्वी पहाडका विभिन्न पदयात्रा मार्गको विस्तृत वर्णन गरिएको छ । यहाँको पदमार्ग पनि अन्नपूर्ण पदमार्गभन्दा कम छैन । यहाँ पर्यटकीय सम्भावना भएर पनि विकास भने हुन सकेन । अबको धरानले सम्भावना बोकेको छ, पदयात्रामा । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै त्यहाँबाट प्याराग्लाइडिङ विस्थापित हुने अवस्थामा छ । त्यसलाई धरानका प्याराग्लाइडिङ व्यवसायीले अवसरको रुपमा लिनुपर्छ र कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ भनेर हेक्का राख्दै गर्नुपर्छ । अब धरानका व्यवसायीहरु तात्ने बेला आएको छ । काठमाडौँका ठूला ट्राभल एजेन्टहरुलाई ‘धरानमा किन आउनुहुन्न ?’ भनेर प्रश्न ग¥यो भने ‘स्तरीय होटल छैनन्’ भन्ने जवाफ दिन्छन् । विराटनगरमा ठूला होटल छन्, इटहरीमा बन्ने क्रममा छ, हिलेमा बनिसकेको छ, भेडेटारमा पनि स्तरीय होटल बन्ने क्रममा छ । धरान कहिल्यै तात्तिएन । पर्यटक आउन शुरु होस् अनि गरौँला भन्छन् यहाँका व्यवसायी । धरानको जिरोप्वाइन्टदेखि भेडेटारसम्मको क्षेत्रलाई पोखराको लेकसाइडजस्तै विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
बाइपास रोडका कुरा
बाइपास रोड गए धरानमा भएका पर्यटन क्षेत्र सुक्छ कि भन्ने धेरैको आँकलन छ तर त्यस्तो होइन । जोगबनी–किमाथाङ्का जोड्ने कोशी मार्ग विराटनगरबाट शुरु भइसकेको छ । धरानमा पनि ६ लेनको बनाउने सन्दर्भ उठिरहेको छ । धरानको बाटो मापदण्डअनुसार बनाइए ९० प्रतिशत घर भत्काउनुपर्छ । समयमै कोशी लोकमार्गको विकल्प नखोज्ने हो भने धरानले ठूलो क्षति व्यहोर्नुपर्छ । अहिले पनि बजार क्षेत्रका घरधनीहरु ठूलो मार र तनावमा छन् । केही महिनाअघि धरान आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजार क्षेत्रका धरानेले चाहे भने सेउती खोलाको छेउबाट बाटो लैजाने कुरा गरेका छन् तर त्यो कार्यान्वयन हुने हो कि होइन, हेर्न बाँकी छ । प्रधानमन्त्रीले नै चाहे सम्भव छ । त्यसैले कार्यान्वयनतर्पm ध्यान दिनु आजको आवश्यकता हो । बाटोलाई बाइपास गर्ने कुरा पनि उठिरहेको छ, यो विकल्प नै उत्तम हो । अर्को कुरा, अब धरान भनेको सेउती र सर्दू खोलाको बीच भाग मात्र होइन, पाँचकन्या र विष्णुपादुकालाई पनि ध्यान दिनुपर्छ । त्यसरी सोच्दा धरान–विराटनगर सडक सेउतीको किनारै किनार लैजाने तथा पूर्वी पहाडबाट चतरा हुँदै काठमाडौँ जाने सडक सर्दूको किनारै किनार लग्यौँ भने धरानमा तीनवटा ठूला बाटो हुने भए । यीमध्ये सेउती किनारको बाटोले पाँचकन्याको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसरी मात्रै समग्र धरानको सुन्तलित विकास हुन्छ ।