केही दिनअघि मेरा दुई लेखहरु प्रकाशित भएका थिए । मेरो लेख उत्तर–दक्षिण लोकमार्गलाई धरानको मुख्य बजारबाट टाढा लैजानु हुँदैन भन्ने विषयमा थियो । त्यसले धरानमा तरङ्ग ल्याएछ । हुन त लेख्नु नै परिवर्तनका लागि हो । विचार दिनु नै भइरहेको परम्परागत विचारलाई झकझक्याउनु हो । केही मित्रले निकै ठूलो विरोध गर्नुभयो, केही मित्रले सारै सराहना गर्नुभयो । dharan-banda मैले एउटा विचार प्रस्तुत गरेको थिएँ । धरानको भाग्य र भविष्यसँग जोडिएको कुरामा कुनै बहस नै भएको थिएन । बजारका केही प्रभावशालीहरुको प्रभावमा लोकमार्ग बाइपास हुने कुरा चलेको थियो । धरान बजारको मुख्य आर्थिक गतिविधिको आधार लोकमार्ग बजारबाहिर लैजाने कुरा भएको थियो । यसले धरानको आर्थिक गतिविधिमा के प्रभाव पार्छ ? यसले धरानमा दीर्घकालीन असर के गर्छ ? धरानको बजारलाई सुकाउँछ वा बढाउँछ ? धरानको पर्यटनमा कस्तो असर गर्छ ? यसबारे कहिल्यै अध्ययन गरिएन भन्ने मेरो चासो थियो । लोकमार्गलाई सेउती खोलाको पुलबाट खोलैखोला उत्तर शिवधारासम्म लैजाने कुरा भयो । भइरहेको बाटोभन्दा करीब पा“च किमी टाढाबाट बाटो लैजाने प्रस्ताव प्रभावशालीले गरे । यसले पार्ने सकारात्मक विषयहरुका बारेमा पनि अध्ययन गरिएन । आम धरानवासीलाई पनि बताइएन । मानौँ, लोकमार्ग त्यस छेउमा घर हुनेहरुको मात्र हो, अरुको होइन । राजमार्ग सार्दा हुने फाइदा–बेफाइदाबारे कुनै छलफल नै गरिएन । कुनै अध्ययन–अनुसन्धान गरिएन । लोकमार्गले आपूmहरुलाई उठिबास लगाउँछ भन्ने समूह र तिनको प्रभावमा पर्नेहरुको रहरमा लोकमार्गलाई बाइपास बनाउने प्रयास भइरहेको छ । धरानबाट जाने सडकलाई बाइपास गर्दा धरानको आर्थिक क्षति हुन्छ मात्र भनिएको हो । यदि कसैसँग यसका सकारात्मक पाटाहरु छन् भने त्यो प्रस्तुत गर्नुप¥यो । आम नागरिकलाई यस्तो हुँदैछ भन्ने जानकारी गराउने प्रयास गरिएको हो । यस विषयमा गम्भीर बहस आवश्यक छ । यसबारे बृहत् अध्ययन आवश्यक छ भन्न खोजेको हुँ । लेख प्रकाशित भएपछि केहीले त मलाई खानेपानी परियोजनाको विरोध गर्ने समूहसँग पनि तुलना गरे । त्यो उनीहरुको सोचाइको उपज हो । आप्mनो दिमागमा गढेको कुरा मात्र ठीक हुन्छ । त्यसमा पुनर्विचार गर्नु हँुदैन । कसैले तिम्रो विचार ठीक हो–होइन, हेर भन्यो भने त्यो दुश्मन हो भन्ने मुढ सोचाइ हुनेहरुले मलाई धरानविरोधी, विकासविरोधीसम्म भन्न बा“की राखेनन् तर कुरा त्यस्तो होइन । बाइपासवालाको तर्कले कही“ कतै पनि धरानको आर्थिक विकासको कुरा दह्रोसँग उठाउन सकेको छैन । उनीहरुका अनुसार धरानको बजार कमजोर भइसक्यो । दक्षिणले खाइसक्यो, बाइपासले पनि केही फरक पर्दैन । बाइपासले धरानको विस्तार हुनेछ । नयाँ क्षेत्रमा विकास हुनेछ । पा“चकन्याको विकास हुनेछ । धरान आउने धरान छिर्छन् नै । धरानमा बसपार्क बन्छ, त्यहा“बाटै गाडीहरु चल्छन् । साविक स्थानमा लोकमार्ग बन्दा धेरैको उठिबास हुन्छ । धेरै बेघर हुन्छन् । यी र यस्ता तर्कहरु छन् भने खै यसलाई कुनै अध्ययनले पुष्टि गरेको ? यसमा अध्ययन हुनु पर्दैन ? अनुसन्धान गर्नु पर्दैन ? हचुवाका भरमा जनताको भविष्यसँग खेलबाड गर्नु हुन्छ कि हुँदैन भन्ने प्रसङ्ग मात्र मैले उठाएको हो । कुनै पनि नया“ परियोजना छन् भने त्यस विषयमा व्यापक छलफल, अध्ययन र विश्लेषण आवश्यक रहेछन् र हुनुपर्दछ भन्ने त धरानका धेरै आयोजनाहरुले देखाइरहेका छन् । जसमा छलफल नै हुँदैन, विश्लेषण नै हु“दैन, जनताले त्यो आयोजनाको अपनत्व लिँदैन । जुन कुरामा आम नागरिकको अपनत्व हु“दैन, त्यो सफल हुँदैन भन्ने कुरा विगतका कार्यहरुले देखाइसकेका छन् । तसर्थ, यस विषयमा पनि गम्भीर बहस आवश्यक छ । विस्तृत अध्ययन आवश्यक छ । हाम्रो विकासको आधार नै सडक हो । सरकारले यसै विषयलाई आत्मसात् गरेको छ । विकासको मेरुदण्ड सडक हो । त्यसैले सरकारले प्रत्येक वर्ष सडकमा ठूलो बजेट खर्च गर्छ । प्रत्येक जिल्ला सदरमुकाममा सडक पु¥याउने अभियानमा सरकार लाग्छ । जिल्ला विकास समितिहरु गाउँ–गाउँमा बाटो पु¥याउन लाग्छन् र गाउँलेहरु घर–घरसम्म बाटो पु¥याउने प्रयासमा लागिरहेका छन् । सडक भएर मात्र विकासका अरु आधार क्रमशः आउ“दा रहेछन् भन्ने सबैको बुझाइ छ । यहा“ भने भइरहेको मुख्य सडकलाई नै हटाउन खोजिँदै छ, यो कस्तो दुर्भाग्य ? वर्तमान धरानभित्रै रहेका पूर्वाधार र आकर्षणले पर्यटक एवम् यात्रुलाई आकर्षित गर्न सकिएको छैन । भेडेटारको आकर्षण र पहाडसँगको सडक सम्बन्धले धरानको चहलपहल बढेको हो । बाइपास भएपछि ती व्यक्तिहरु सिधै सेउती खेलाबाट उँभो र शिवधाराबाट उँधों लाग्छन् । धरान आउने, हेर्ने र किनमेल गर्न खोज्नेहरु पनि यातायातको अभावमा सिधै धरान पस्दैनन् । पूर्वाञ्चलका लागि किनमेलमा धरानको जुन आकर्षण छ, त्यो पनि बिस्तारै हराउ“दै जानेछ । अर्काेतर्पm, बाइपास बन्दा पा“चकन्या क्षेत्रको विकास हुन्छ भन्नेहरु छन् । त्यो उनीहरुको हावादारी तर्क हो । बाइपास जताबाट जाने कल्पना गरिँदैछ, त्यहा“ पूरै वनक्षेत्र र ऐलानी जग्गा पर्दछ । वन–जङ्गल र ऐलानी जग्गाबाट बाटो जा“दा त्यहा विकासको नाममा बाटो मात्र बन्ने छ । बजार बस्न सक्दैन । बजार बन्न सकेन भने त्यसले कुनै फाइदा गर्दैन । भइरहेको बजारको आम्दानी पनि गुम्ने छ । त्यस्तो बाटोले विकास हुने भए चारकोसे झाडीमा सडक छ, त्यहा“ पनि विकास हुनुपर्ने हो । पा“चकन्या क्षेत्रको विकास गर्न यो बाइपासभन्दा ठूलो परियोजना आउ“दैछ जसले पा“चकन्यालाई आश्चर्यजनक ढङ्गले उँचाइमा पु¥याउने छ । त्यो हो, दमक–लेटाङ–धरान–गाईघाट–हेटौडा लोकमार्ग । त्यस लोकमार्गले पा“चकन्यालाई बीचमा चिरेर जानेछ । हालको कालोपत्रे बाटोबाट । त्यसपछि पा“चकन्याको सिधा पहु“च पूर्वमा दमक र पश्चिममा हेटौडासम्म हुनेछ जब कि धरानका केही बुज्रुकहरुले त्यो बाटो पनि हरियाली जङ्गलको छेउछेउ वीपी प्रतिष्ठानभन्दा तल्तिरबाट लैजाने कुरा गरिरहेको सुन्नमा आएको छ । यस्ता तर्कले नगरलाई गाउ“मा र शहरलाई गाउ“मा परिणत गराउने पक्कै छ । यसबारे पनि सबैले सचेत हुन आवश्यक छ । धरान उपमहानगरपालिका, सभासद्, उवासङ्घ र प्रधानमन्त्रीले पनि किन बाइपास हुनुपर्दछ भनिरहेका छन् भन्नेबारे बुभ्mने प्रयास गरियो । उनीहरु जनताविरोधी होइन रहेछन् तर विकल्पबारे बुभ्mन नसकेको मात्र लाग्यो । हाल जुन सडकको कुरा भइरहेको छ, सो सय मिटर चौडा हुने भन्ने छ । यति बेला लोकमार्गको चौडाइको मापदण्ड सय मिटर रहेछ । हाल धरानको मुख्य सडक १५ मिटर चौडाइको मात्र छ । अर्कोतर्पm, धरान–५ नं. वडाको चौडाइ १ सय ३६ देखि ४० मिटर मात्र रहेछ । १ सय ३६ मा सय मिटर बाटोमा र ६–६ मिटर सेडब्याकमा जा“दा करीब–करीब वडा नै विलुप्त हुने खतरा रहेछ । यसो भएको खण्डमा बजारका अधिकांश घरधनी बेघर हुने खतरा देखियो । सारा बासिन्दा बेघर हुने परिस्थिति देखेपश्चात् हतार–हतारमा बाइपासको कुरा गरियो, अन्य विकल्पहरुका बारेमा कुनै छलफल र अध्ययन नै नगरीकन । सम्भवतः यो लोकमार्गको सय मिटर चौडाइ जोगबनीदेखि धरानसम्म मात्र हुन सक्छ । पहाडमा ६ लेनको बाटो सम्भव नै छैन । पहाडमा सम्भवतः भइरहेको भन्दा दोब्बर हुन सक्ला । त्यसभन्दा ठूलो हु“दैन । यो बाटो पहाडमा सानो हुने हो भने धरान बजारभित्र किन ठूलो चाहियो ? यस विषयमा बहस जरुरी छ । आखिर धरान पहाडको प्रवेशद्वार नै हो । मानौँ, पहाड नै हो । धरानमा छ लेन किन आवश्यक छ ? यहा“को मुख्य बजारभित्र ३० मिटर (हालको भन्दा दोब्बर) मात्र हँुदा पनि उपयुक्त हुन सक्छ । यसो हु“दा बाटो पनि ठूलो हुने र कसैको घर पनि नभत्किने देखिन्छ । यसो भएको खण्डमा धरान बजारबाट लोकमार्ग पनि जान सक्छ । धेरैका घर पनि जोगिने छन् । अर्कोतर्पm, धरानको बाटो त र्पािर्कङले पनि साँघुरो बनाएको हो । पार्किङ निषेधको नियमविपरीत यस क्षेत्रको लोकमार्गमा उपमहानगर आपैंm धर्सो कोरेर पार्किङ व्यवस्थित गरिरहेको छ । मुख्य बजारको पार्किङलाई अन्यत्र व्यवस्थापन गर्ने हो भने पनि सडक ठूलो र हाम्रो आवश्यकताअनुकूल हुनेछ । लोकमार्ग बाइपास बनाउ“दा यहा“को व्यापार र पर्यटक मात्र होइन, यातायात व्यवसाय समेत धरापमा पर्न सक्छ । धरानलाई शुरु र अन्तिम गन्तव्य बनाएर सञ्चालित यातायात व्यवसाय सिधा लोकमार्गको अभावमा बिस्तारै हराउँदै जाने छ । धरान भित्रिन र बाहिरिन पनि शहरबाट करीब ५ किमी टाढा जानुपर्ने छ । यति बेलै धरान यातायातको गन्तव्य हुन छाडेको छ । पूर्व–पश्चिम र उत्तर–दक्षिण लोकमार्ग बाइपास हुनेबित्तिकै त्यो पूर्णतया हट्ने छ, केही साना र पुराना यातायातका साधनबाहेक । त्यसैले यी र यस्ता देखिने–नदेखिने जोखिमहरुबारे छलफल आवश्यक छ । बाइपासका सन्दर्भमा सबै धरानवासीले धरानको आर्थिक सुदृढीकरण र धरानेहरु घरबारविहीन नहुने मध्यविन्दुबारे सोच्न र छलफल गर्न आवश्यक छ । फाइल तस्बिर