वरपर जङ्गलको हरियो तरेली । काखमा सिमसार अँगालेको ताल । प्रकृतिको आप्mनोपनको रमणीयतालाई थप आकर्षक बनाउन संसारकै ठूलो कमिलाको प्रतिमादेखि विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको सानो चिडियाखाना । प्राकृतिक सुन्दरतामा पुल, कटेजसहितका कृत्रिम साजसज्जाले उसको रुप झन् चिटिक्क पर्दैछ । उखुम गर्मीमा मनैदेखि शीतलता प्रदान गर्ने मोरङको बेतना सिमसारमा सर्जकहरुको समेत जमघटस्थल बन्ने क्रम बाक्लिँदैछ ।

यही सुन्दरतालाई मनको ऊर्जाका रुपमा लिएर सिर्जनाका खुराक तयार पार्न लालायित सर्जकहरुले पछिल्लोपटक बेतनाको आँगनमा ‘अतीतको विस्कुन’ मा खालखालका फसल नियाले । सौम्य, शालीन र मीठो बोलीमा उत्तिकै मन छुने लेखनमा माहिर साहित्यकार अनिल पौडेल ०७० मा पहिलो संस्करण आएको आप्mनो संस्मरणात्मक निबन्धहरुको सँगालो ‘अतीतको बिस्कुन’ सुकाएर पाठक मनलाई मनपर्दाे परिकार बनाउने प्रयत्नमा हुनुहुन्थ्यो । बेलबारी नगरपालिकाले गाविस हुँदादेखि नै सिर्जनाको प्रोत्साहनमा खडा गरेको ‘बेलबारी साहित्य विकास समिति’ कार्यक्रमको आयोजक थियो । असारको २३ गते धान रोप्ने समयबाट फुर्सद् निकालेर अनिल दाइको बिस्कुन चलाउँदै थिए सर्जक र पाठकहरु ।
१ सय ६६ पृष्ठमा ३५ निबन्ध समेटिएको कृति चौथो संस्करण सकेर पाँचौँ संस्करणमा पुगेको खुसीको अवसरमा अनिल दाइले पूर्वका दमक, बेलबारी र धरानमा अन्तत्र्रिmया राख्नुभएको रहेछ । अर्थात् आपूmले भोगेका दुःखका कहालीलाग्दा दिन हुँदै आशालाग्दा दिनहरुलाई नढाँटी दुरुस्तै उतार्दा भएका भाषा, लेखन, अभिव्यक्तिमा कमीकमजोरी भए सच्याउन निःशुल्क सल्लाह मागेर सशुल्क पाँचौँ संस्करण निकाल्ने ध्येय दाइले सुनाउनुभयो ।
पूर्वका भाषाका अगुवा प्राडा टङ्क न्यौपाने पौडेलको जीवन सङ्घर्षबाट आपूm ज्यादै प्रभावित भएको सुनाउँदै हुनुहुन्थ्यो, ‘८ वर्षको उमेरमा पहिलोपटक चामलको भात खान पाएको, भोर्लाको चप्पल लाएर गाइगोठाला गरेको अनिलजीको भोगाइ अहिलेको पुस्ताका लागि कथाजस्तो लाग्ने जीवन भोगाइको कृति ऐतिहासिक दस्तावेजसमेत हो ।’ भाषा–साहित्यसँगै समाजशास्त्रलाई मसिनो हिसाबले केलाउने रसिक शैलीका डा. मोहन तुम्वाहाम्फेले ‘अतीतको बिस्कुन’ को भाषाशैली र लेखनका हरेक पाटोको समेत शल्यक्रिया गर्न भ्याउनुभयो । ती निबन्धलाई धान, मकै, गहुँ, तोरी, कोदोको मात्र नभएर चिराइतोको समेत बिस्कुनका रुपमा उहाँले पर्गेल्नुभयो । ‘नन् फिक्सन्’ प्रेरक पुस्तकको संज्ञा दिनुभयो । अमृत आचार्यबाट ‘आचार्य अ’ लेख्न थाल्नुभएका आचार्य सरले पनि छोटोमा त्यस्तै चिरफार गर्नुभयो । अनिल दाइका कुनै बेलाका स्कुले विद्यार्थी प्रताप थापाले अधुरो अवस्थाको समाजको विकृति–विसङ्गतिमाथि गतिलो प्रहार भएको चर्चा गर्दै गुरुभेटीस्वरुप ‘दुई थोपा आँशु’ सुनाउनुभयो । सागरमणि सुवेदीले त आप्mना विद्यार्थीहरुलाई त्यो कृति पढ्न लगाउनुभएछ, जीवनको सार बुभ्mन आग्रह गर्नुभएछ ।
विद्यार्थीहरुले कृति पढेपछि कृतिकारको स्वभाव अड्कल गरेको रमाइलो प्रसङ्ग उहाँले ल्याउनुभयो ।
सङ्खुवासभाबाट मधेश भनिएको सुन्दरपुर झरेर अनिलले तीन वर्ष मावलमा गोठालो बसेको, पढ्ने नाममा विराटनगरमा भान्से बसेको तर पढ्न नपाएको कुराले सबैको मन छोयो । पहिलोपटक आपूm मासिक ५ रुपैयाँ तलबको जागिरे रहेको सुन्दरपुरको भानु पुस्तकालयको प्रतियोगितामा अरुको कविता सारेर सुनाउँदा आप्mनै गुरुले त्यसको सुइँको पाएपछि कवि हुने प्रेरणा मिलेको यथार्थको पोकोसमेत बिस्कुनमा फुकाइदिनुभएको छ । समाजका अगुवा हर्कमान तामाङ र पत्रकार भक्तशेर लिम्बूले पनि पाठकका रुपमा पुस्तक पढ्दा जीवनलाई ऊर्जाशील बनाएको सुनाउनुभयो । अनिलसँगै काठमाडौंबाट आउनुभएका ‘घोस्ट राइटिङ’ अवधारणाका अर्का पत्रकार कमल ढकालले ‘मोटिभेटिभ बुक’ भनेर प्रशंसा गर्नुभयो । ढकालले त काठमाडौँमा ३३ रोपनी जग्गा भाडामा लिएर ‘लेखक ग्राम’ बनाउँदै गरेको महान् कामको चाहिँ अनिल दाइले खुलासा गरिदिनुभयो ।
कार्यक्रममा सँगसँगै कविताको माहौल पनि थियो । गण्डकीपुत्रले ‘आपैंm विजयपथमा सामेल भएर’ कवितामा दिलमाया जतिसुकै झर्नु थियो जीवनमा, अब म उकालो चढ्दैछु भन्ने जीवनको उकालोको सन्देश प्रवाह गर्नुभयो । सङ्खुवासभाबाट आउनुभएका ताराबहादुर बुढाथोकीले ‘कुर्सीमा जङ्गेपिल्लर’ मार्पmत् नेपाली स्वाभिमानको हविगत दर्शाइदिनुभयो । मिश्र वैजयन्तीले प्रत्येक परिवर्तनपछि पार्टीसमेत परिवर्तन गर्नेहरुको अवस्था दर्शाउँदै ‘कुलानन्द उर्पm कमरेड विजय’ प्रस्तुत गर्नुभयो । छन्दमा लेख्ने क्रम बढाउनुभएका रोहित पराईले मन्दाक्रान्ता छन्दमा नौलो घाम लिएर उदाउन नवयुवाको ‘इच्छा’ रहेको सन्देश प्रवाह गर्नुभयो । १४ वर्ष अघिबाट अमेरिका बस्दै आउँदै गर्नुभएकी आचार्य प्रभाले गजलमा दिल खोलेर हाँस्न मन लागेको कुरा पोख्नुभयो । भूकम्पलाई प्रतीक मानेर तारा पराजुलीको ‘अरु त ठीकै छ’ तर समस्या, अभाव र अन्यायको भूकम्पबाट चाहिँ सबैभन्दा बढी हल्लाएको समसामयिक चेतको प्रस्तुति सबैलाई गढ्यो ।
अनिल दाइकी आमा ८० वर्षीया टीकादेवी सँगै मञ्चमै हुनुहुन्थ्यो ।
कान्छो छोरा अनिलले आपूmले प्रयत्न गर्दागर्दै पनि बाल्यकाल कहरमा बित्न पुगेको प्रसङ्ग आउँदा आमाका आँखाभरि मातृवात्सल्य भएर आँखाका डिलमा आँशु देखा पर्थे । त्यस बेला मैले अनिल दाइले आप्mनो पुस्तकको पुछारको कभर पेजमा लेखेको बुबाको अनुहारै थाहा नभएको अनि आमालाई सोधेको भनाइ सम्झिएँ । ‘आमाले कति राम्रो क्यामेराले बुबाको फोटो खिच्नुभएको रहेछ । आखिर संसारभरिका कुनै लोग्नेमान्छेलाई पनि आप्mना श्रीमान् जत्ति मिलेको देख्नु हुन्न ।’ अनि आप्mनो समर्पणमा ‘जसको प्रतिविम्ब मेरो स्मृतिमा छैन तर श्रद्धापूर्वक नाम लिइरहन्छु हरेक पल तिनै मेरा बालाई ।’
आपूmलाई मधुरो सम्झनासमेत नहुने गरी बाले छोडेर जानुभएको अवस्थामा तिनै आमा सम्पूर्ण बनेर आपूmलाई सधैँ राम्रो काम गर्नू भनेर जानी नजानी भनिरहनु नै आप्mनो सङ्घर्षको प्राण ठान्नुभयो । बेतनाको आँगनमा अनिल दाइको ‘अतीतको बिस्कुन’ ले जीवन सङ्घर्षबाट हार्न नहुने सन्देश दिइरहेको छ, आमालाई साक्षी राखेर लेखनमा इमान्दारिता झल्काइरहेको छ, राष्ट्रिय चिन्तामा चिन्तन गरिहेको छ, समतामूलक समाज निर्माणको लक्ष्य ताकिरहेको छ ।