[caption id="attachment_7235" align="alignleft" width="206"]gb जीबी गजल[/caption] कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पर्यायवाची नाम हो । उनी आपैंmमा एउटा आन्दोलन हुन् र नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वसामु चिनाउने दक्षिण एशियाका महत्वपूर्ण लाल हुन्, क्रान्तिनायक हुन् । उनी नेपाली कम्युनिष्ट आन्दोलनसित अभिन्न रुपले जोडिएका व्यक्ति हुन् जसलाई समकालीन व्यक्तिहरूले मात्र होइन, वर्तमान क्रान्तिकारीहरूले पनि श्रद्धा र आस्थाका साथ स्मरण गरिरहेका छन् । उनी नेपाली कम्युनिष्ट आन्दोलन का सर्जक, संस्थापक र वैचारिक नेता पनि थिए । अन्य कम्युनिष्ट नेताहरूभन्दा पुष्पलालमा लोकतान्त्रिक स्वभाव र शैलीमा उदारता र गम्भीरता बढी थियो । उनी सामान्य रुपमा माक्र्सवादी सिद्धान्तबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा लाग्ने अठोटमा पुगी उनले नेपाल प्रजातन्त्र सङ्घ खोले । सङ्गठनात्मक काममा अघि बढ्दै २००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । puspalala गणतन्त्रका प्रथम प्रचारक  चीन र भारतको गणतान्त्रिक आन्दोलनको भावनाबाट प्रेरित भएकाले पुष्पलालसहित नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरू सामन्ती राजतन्त्रको समूह उन्मूलन गरी लोक जनवाद र गणतन्त्र स्थापना गर्ने कुरामा स्पष्ट थिए र त्यसको अगुवाइ पुष्पलालले गरेका थिए । खास गरी २०१७ पुस १ गतेपछि पुष्पलालले गणतन्त्र स्थापनाको कुरा स्पष्ट रुपमा आप्mना लेख र घोषणापत्रमा राख्न थालेका हुन् । त्यस बेला कतिपय नेताहरू र खासगरी मोहनविक्रम सिंह र उनको स्कुलिङबाट दीक्षित नेताहरू ‘वर्तमान माओवादी’ हरूले उनलाई गद्दारसमेत भन्न भ्याएका थिए । तर पछि सार्वजनिक रुपमै कमरेड पुष्पलाल गणतन्त्रका प्रथम प्रचारक र उद्घोषक भएको स्वीकार्न बाध्य भएका थिए र यो यथार्थ पनि हो । बीपीभन्दा राष्ट्रवादी  बीपी कोइराला र पुष्पलालले सँगसँगै राजनीति गरेका थिए र दुवै भारतमा भइरहेको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएका थिए र नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी भारतमै स्थापना भएका हुन् । तथापि नेपाली काङ्ग्रेसले बढ्ता भारतमुखी छवि देखायो तर पुष्पलाल कहिल्यै भारतको हितअनुकूल अघि बढेनन् । राजा महेन्द्रले २०१७ सालमा गराएको फौजी काण्डको विरुद्धमा कमरेड पुष्पलालले काङ्ग्रेससँगको एकतालाई ध्यानमा राखेर नै उनले २०१८ साल फागुनमा भारतको दरभङ्गामा आयोजित केन्द्रीय प्लेनममा विघटित संसद्को पुनःस्थापनाको कार्यनीतिक नारा अघि सारे । पुष्पलालले जति–जति बीपीनजिक हुने कोशिस गरे, बीपीले त्यति टाढा हुने कोशिस गरे । २०१८ मा चीन र भारतका बीच शुरु भएको सीमा विवादपछि काङ्ग्रेसले एक्लै पञ्चायतविरुद्ध शुरु गरेको सङ्घर्षलाई पनि भारतको हितमा रोकेको कुरा स्व. जीवराज आश्रितको ‘कमरेड पुष्पलालः बहुआयामिक व्यक्तित्व र चट्टानी दृढता’ शीर्षकको लेखमा उल्लेख गरिएको छ । तसर्थ, जुन ढङ्गले पुष्पलालको भन्दा बीपीको राजनैतिक उँचाइ माथि देखाइन्छ, त्यो सर्वथा गलत छ । दूरदर्शी र संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको सम्बन्धमा मोदनाथ प्रश्रित भन्छन्, ‘नेपाली नेताहरूमा सबभन्दा बढी गहन र विश्लेषणमूलक अध्ययन गर्नेहरूमा अग्रपङ्क्तिमा हुनुहुन्थ्यो । २०१७ पछि भारत प्रवासमा निर्वासित भई काम गर्दा प्रायः दैनिक रुपमा नियमित अध्ययन गर्ने, प्रत्येक वर्ष कलकत्ता वा बनारसका ठूला–ठुला पुस्तकालयमा २–२ महिनासम्म पूरै समय लगाई अध्ययन गर्ने गरेको म आपैंmले देखेको हुँ । प्रवेशिका मात्र उत्तीर्ण भए पनि उहाँको इतिहास, दर्शन, समाजशास्त्र र अङ्ग्रेजी विषयमा समेत गहिरोे दख्खल थियो ।’ पुष्पलालले नेपाली राष्ट्रिय काङ्ग्रेसको केन्द्रमा पनि बसेर काम गरेकाले लोकतान्त्रिक आन्दोलनमा काङ्ग्रेस, कम्युनिष्ट र अरु उदीयमान शक्तिसमेत मिलेर अघि बढेमात्र सफल हुन सकिन्छ भन्ने स्पष्ट विचार राख्थे । २००७ को आन्दोलनमा पनि उनले काङ्ग्रेससित यो प्रस्ताव राखेका थिए । २०१४ को संविधानसभासम्बन्धी आन्दोलनमा तथा २०१७ सालपछि निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा पनि उनले काङ्ग्रेससित संयुक्त जनआन्दोलनको प्रस्ताव राखेका थिए तर बीपी कोइरालाले स्वीकार्न सकेनन् । त्यसकारण पञ्चायती व्यवस्थाले ३० वर्षसम्म जनतालाई कुल्चेर शासन गर्ने दुस्साहस ग¥यो । पुष्पलाल र बीपीको देहावसानपछि तत्कालीन मालेले यही प्रस्ताव अघि सार्दा २०४६ को संयुक्त जनआन्दोलन सफल भयो । २०६२÷६३ मा एमाले र काङ्ग्रेसका साथै माओवादीसमेत संयुक्त जनआन्दोलमा उत्रेकाले देशबाट राजतन्त्र नै समाप्त भई लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यी घटनाक्रमले पुष्पलाल कति वस्तुवादी, चिन्तक र दूरदर्शी थिए भन्ने स्पष्ट हुन्छ । अन्त्यमा, नेपालका विभिन्न कम्युनिष्ट नेतामध्ये कमरेड पुष्पलालमा अनेकौँ क्षमता र छुट्टैै पहिचान थियो । उनी जातिवादका घोर आलोचक थिए । आप्mनो थर श्रेष्ठ हुँदाहुँदै उनी आप्mनो परिचय दिँदा र आप्mना वैचारिक लेखनमा पुष्पलाल मात्र लेख्ने गर्थे । नेपाली प्रजातन्त्र सङ्घका संस्थापक हुँदै कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, गणतन्त्रका प्रथम उद्घोषक, भौतिकवादी चिन्तक, सादा जीवन र कठोर सङ्घर्षमा धैर्य र शाहसका साथ अघि बढ्ने, लोकतान्त्रिक आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका प्रवर्तक पुष्पलालको विचारलाई आज पनि साँचो रुपमा सम्झिन सकिएको छैन । उनको लोकतान्त्रिक र गणतान्त्रिक विचारप्रति सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि । (लेखक अनेरास्ववियुका सुनसरी उपाध्यक्ष हुन् ।)