म सानो छँदा नै सुनेको थिएँ, दमकमा नेपालकै अग्लो आवाघर (टेलिफोन टावर) बनेको छ रे, नेपालमै ठूलो पशुहाट लाग्छ रे र नेपालमै दोस्रो लामो रतुवाको पुल छ रे । यो कुरा हो, २०३५ सालतिरको, जतिबेला हाम्रो परिवार इलाम जिल्लाको लुम्दे गाविसमा बसोवास गरिरहेको थियो । संयोग भनौँ, २०३६ सालमा त हामी सपरिवार बसाइँ सराइ गरेर दमकमा नै आइपुग्यौँ । मनमा ठूलै कौतुहलता थियो तीनवटा कुराको । एउटा त त्यो टेलिफोन टावरनजिकबाट हेर्ने, अर्को धेरै गाईवस्तु जम्मा पारिएको स्थानमा नजर लगाउने अनि पुल हेर्ने र त्यसमाथि हिँड्ने । कानले सुनेका कुरा कस्ता होलान् भन्ने जिज्ञासा बसाइँ सराइबाट मात्र सम्भव भयो । पहाडमा ती कुरा देख्न नपाएको मेरो कलिलो मस्तिष्कले गरेको कल्पना र यथार्थ उस्तै लागेको पनि आज ३७ वर्ष भएछ । त्यसपछिको दमक शहरको विकास र जनसङ्ख्याको वृद्धि यो स्तम्भकारको आँखाका साक्षी भएका छन् ।
रतुवा र मावा खोलाको बीचमा उत्तर–दक्षिण भएर दुवै नदीको पीडा झेल्दै लाखभन्दा धेरै मानिसलाई आश्रय दिएको झापाको दमक जिल्लाको सुदूर पश्चिममा रहेको स्थापनाको हिसाबले दोस्रो नगरपालिका हो । १९ वटा वडा रहेको यो शहर २०३९ सालमा तत्कालीन नगर पञ्चायत घोषणा भएको हो । पूर्व–पश्चिम लोकमार्गले उत्तर र दक्षिण भागमा विभाजन गरेको यो नगरपालिका सुन्दर, शान्त र आप्mनै पहिचान बनाउन सफल भएको छ । धेरै वर्षअगाडि दमक क्षेत्रमा धिमाल जातिको बसोवास बाक्लो थियो । उनीहरु नै यो ठाउँका आदिवासी हुन् । हुन त कुमाल, सतार, थारु, कोचे, मेचे, राजवंशी र अन्य जाति पनि थिए यहाँका बासिन्दा । बिस्तारै बसाइँ सराइको क्रममा बाहिर (पहाड) बाट र आसामतिरबाट मानिसहरुको आउने क्रम बढ्यो र आजको दमक बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक शहरका रुपमा विकास भएर आएको हो ।
दमक नगरपालिकाको नाम कसरी रहन गयो भन्ने विषयमा दुईवटा जनश्रुति छन् । हाल रहेको लोकमार्गको कृष्ण मन्दिरबाट पूर्वतर्पm लाग्दा दमक थाना र केही पूर्व पशुहाटसम्मको ठाउँमा धेरैवटा भास वा दलदल रहेका थिए र आज पनि केही छँदै छन् । यस्ता स्थानहरुलाई धिमाल भाषामा चाली, जाली वा दमदमाइलो भनिन्छ । यिनै शब्दहरुमध्ये ‘दमदमाइलो’ शब्दबाट अपभ्रंश हुँदै दमक हुन गएको हो भन्ने मान्यता छ । अर्को भनाइअनुसार धेरै वर्षअगाडि आजको दूरसञ्चारको टावर रहेको स्थानमा बुधबारे बजार लाग्ने गर्दथ्यो । बजार भर्न वरपरका विभिन्न स्थानबाट मानिसहरु आउने गर्थे । यसै क्रममा हाल रहेको हिमालय उच्च मावि र जिराइततिरबाट हेर्दा त्यो बजार लाग्ने स्थान निक्कै सुन्दर र मधुरो रुपमा मानिसहरु सलबलाएको देखिन्थ्यो । बेलुकाको अस्ताउँदो घाममा होस् वा बिहानको उदाउँदो घाममा होस् वा दिउँसोतिर, बुधबारे बजारको रमिता हेर्दाको मधुरो सुन्दरता र मानिसहरु सलबलाएको जस्तो देखिने दृश्यलाई धिमाल भाषामा ‘दकमका’ भनिन्छ । यसरी परको ठाउँको रमिता हेर्दा देखिने दृश्यलाई ‘दममका’ भनिएबाट बिस्तारै दमक हुन गएको हो भन्ने धिमाल जातिका अगुवा बताउँछन् ।
२०३६ सालतिर दमकको धुले बसपार्क बजारमा थियो । हालको पशुपति मन्दिर मास्तिर बस पुग्ने गर्थे । दिनमा मुस्किलले आठ–दशवटा बसहरु स्ट्यान्डमा पुग्थे । लोकमार्ग पनि साँघुरो थियो । धरान, विराटनगर र पश्चिमबाट आउने र भद्रपुर, काँकडभिट्टा जाने–आउने बस थिए । धरैजसो बसहरुको बनौट घोप्टो परेको हुन्थ्यो । त्यसैले ती बसहरुलाई घोप्टेबस भनिन्थ्यो । ती बसमा हुट हुँदैनथे । दमक चोकमा भने हाईवे होटल र सानातिना पसलहरु फाट्टफुट्ट थिए । बाहिरबाट आउने मानिसहरु यही हेटलमा बस्थे । यता दमक बजारमा भने सत्कार होटल निक्कै नामी थियो । विभिन्न स्वादिष्ट मिठाइहरु पाइन्थे । मिठाइ पारखीका लागि र दूध व्यसाय गर्ने किसानका लागि त्यो होटल केन्द्र बनेको थियो । यसरी नै हरेक खाले पसलहरु र सानातिना होटलहरु बजारमै थिए । चोक सुनसान देखिन्थ्यो । नगर पञ्चायत घोषणा भएपछि दमक शहरले बिस्तारै विकास निर्माण र शैक्षिक क्षेत्रमा फड्को मार्न थालेको हो । दमक नगरीमा जब दमक क्याम्पसको स्थापना भयो । त्यसपछि भने यो ठाउँमा बसाइँ सराइ गरेर आउने मानिसहरुको सङ्ख्या र कलेज पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेर आयो । नयाँ पक्की घर बनिने र बजार विस्तार हुने क्रम पनि बढ्यो । जग्गाजमिनको भाउ पनि आकासिन थाल्यो । शुरु–शुरुमा आजको बजार क्षेत्रमा मात्र व्यापार र अन्य सुविधा भए पनि चोकतर्पm बजार पैmलिँदै गयो । दमक क्याम्पसको भवन हालको क्याम्पस मोडमा बनिने पक्का भएपछि चोक पनि चम्किन थाल्यो । आज बजार जति पैmलिँदै छ, त्यसभन्दा चोक र क्याम्पस मोड झनै पैmलिएको छ । दमकको विकास र विस्तारमा लाग्ने र आप्mनो जमिनसम्म विकासका लागि प्रदान गर्ने दमकका केही व्यक्ति सबैका आदरणीय छन् ।
सफा र चौडा बाटाहरु, व्यवस्थित ढल, खानेपानी अनि बिजुली, केबल र टेलिभिजन अनि रेडियो स्टेशन स्थापनापश्चात् त दमक सबैका लागि आकर्षण बन्न पुगेको छ । स्थानीय सहभागितामा विकास निर्माण भएको उदाहरण हो, दमक नगरको विकास । विकास निर्माणसँगै सुविधा सम्पन्न भवन, अस्पताल, अन्य कलेज, टेक्निकल विषय र स्वास्थ्यसम्बन्धी विभिन्न प्रविधिक विषयको पढाइ हुन थालेपछि त दमक पूर्वाञ्चलकै हब बनेको छ । अझ नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वमा पनि दमक सुरक्षित रहनुले पनि बसाइँ सराइ गरेर आउनेको सङ्ख्या तीव्र रुपमा बढेको हो ।
यता स्थानीय निकायको चुनाव नभएको अवस्थामा पनि नगरपालिकाको सक्रियतामा विकास निर्माणमा दमक प्रथम स्थानमा चुनिन पुग्नु दमकवासीको गौरवको कुरा हो । दमकको व्यवसायमा सुरक्षा र व्यवसायीलाई प्रोत्साहन गर्न दमक उद्योग वाणिज्य सङ्घले निक्कै राम्रो भूमिका खेल्न सकेका कारण उनीहरुले स्वस्पूmर्त कर तिर्ने व्यवस्था छ, जसका कारण नगरको विकासमा टेवा पुगेको हो । दमक नेपालमै सुरक्षित घर र भवन निर्माणमा पनि अगाडि रहेको छ । भूकम्पप्रतिरोधी घर र भवन निर्माणमा नगरपालिकाले गरेको कडाइ सराहनीय रहेको छ । यसका साथै प्रशासनिक सेवा र शान्ति सुरक्षामा पनि दमक निक्कै अगाडि रहेको छ । सर्वजनिक भवन, मन्दिर र बसपार्कजस्ता अत्यावश्यक कुराहरुको राम्रो र दूरदृष्टि रहेका कारण हरेक कुरामा राम्रो भए पनि सार्वजनिक शौचालयको कमी, शवदाह स्थल नबनिनु, सार्वजनिक खुला स्थानको अभाव, वृक्षारोपण र हरियालीको कमी, बालउद्यान, कभर्ड हल, रङ्गशाला, अतिथिगृह आदिको कमीले दमकवासीलाई पिरोलिरहेको छ ।
तर, अब बिस्तारै माथिका कमी–कमजोरीलाई पनि पूरा गर्नेतर्पm दमक नगर र नेपाल सरकार सक्रिय देखिन्छन् । यसको उदाहरण हो– दमक–१८÷१९ मा स्थापना हुन लागेको औद्योगिक क्षेत्र, दमक–५ दुम्सेमा बन्न लागेको विश्वकै अग्लो भगवान् बुद्धको मूर्ति, दमक–६ वरपरमा बन्न लागेको दृश्यावलोकन टावर, दमक चोकमा निर्माणाधीन आकाशे पुल, दमक–१५ मा बन्न लागेको फाल्गुनन्द सभाहल, इलामको चुलाचुली गाविस र लखनपुरको उत्तरी भागलाई जोडने रतुवा खोलामा पुलको शिलान्यास भएको अवस्था र मोरङको मधुमल्ला गाविस जोड्ने मावा खोलामा पुल शिलान्यास, लखनपुरमा बन्ने रङ्गशाला अनि पूर्वी पहाडका जिल्ला जोड्ने फाल्गुनन्द मार्ग हिउँद–बर्खा नै सञ्चालन हुन सके र माथि उल्लेख गरिएका संरचनाहरुको निर्माण पूरा भएमा दमक वास्तवमै पर्यटकीय नगरी र औद्योगिक नगरीको रुपमा नेपालमा मात्र नभएर विश्वमा चिनिने छ ।
अन्त्यमा, माथिका विकास निर्माणका कुरा सुन्दा राम्रा र गर्व गर्नलायक भए पनि यिनको प्राप्ति दमकका नागरिकको हातमा छ । कुनै पनि कुरा प्राप्त गर्ने र त्यसको उपभोग गर्ने अधिकार उसलाई मात्र हुन्छ जसले त्यसमा इमानदारीपूर्वक लगानी गरेको हुन्छ । अब मन, वचन र कर्मले दमकलाई सुन्दर, सफा र विकसित बनाउने जिम्मा नगरवासीमा आएको छ । हरेक नगरवासीले माथिका कुरामा खबरदारी गर्दै कम्तीमा आप्mनो घरअगाडि सफा राख्ने, एउटासम्म भए पनि बिरुवा रोप्ने, बटुवालाई जतासुकै फोहोर नप्mयाँक्न सम्झाउने र आपूmले पनि उचित स्थानमा मात्र प्mयाँक्ने, ठाउँ–ठाउँमा डसबिन राख्ने, हरेक हप्ता भइरहेको ‘सफा दमक’ अभियानमा सरिक हुने र आपूmले जानेको चेतना अरुमा पैmलाउने । आपूm सभ्य नागरिक हुन सके अरुलाई पनि सभ्य बनाउन सकिन्छ । दमक हाम्रो हो । हाम्रो पहिलो परिचय नै दमकवासी हो । त्यसपछि मात्र हाम्रो नाम र पेशा जोडिन्छ । जसरी देश बलियो भए नागरिक सुरक्षित हुन्छन्, त्यसरी नै नगर सफा, सुन्दर र विकसित भए तपाईं–हामी सबै असल नागरिक भनेर विश्वमा नै चिनिन सक्छौँ । यो अवसर अब हामीमा आएको छ ।