विराटनगर/मोरङको हसन्दह–३ का भरत राजवंशी सरकारी स्कुलका शिक्षक हुन् । उनी अहिले अन्य छिमेकीजस्तै बाढीको चपेटामा परेका छन् । बक्राहा नदीले भत्काएको बाँधबाट करीब पाँच सय घरपरिवारले बसोवास गरेको हसन्दहको बस्तीमा प्रवेश गरेको बाढीले राजवंशीको घर पनि डुबाएको छ । घरभित्र चुहिएर पसेको पानी फाल्दा–फाल्दा राजवंशी हैरान छन् । [caption id="attachment_8059" align="alignleft" width="150"]gokul गोकुल पराजुली[/caption] छ दिनदेखि उनको दिनचर्या यसरी नै बितिरहेको छ । हातमा बाल्टिन बोकेर कोठाभित्र जमेको पानी फाल्दै घरका सामान जोगाउनुपर्ने बाध्यतामा उनको परिवार छ । हुन त उनका छिमेकीहरु घरभित्र जमेको पानी फाल्ने अवस्थामा छैनन् । छिमेकीका कच्ची घरहरु पानीले करीब डुबेका छन् । भित्र बस्ने अवस्था छैन । त्यसैले अरुले यस्तो झण्झट व्यहोरेका छैनन् । उनीहरु घर छोडेर आफन्तकोमा आश्रय लिएर बसेका छन् । तर राजवंशीको पक्की घर भएकोले कोठामा पसेको पानी सोहोर्दै फाल्दै गरेर कोठाका सामान बिग्रनबाट जोगाउन मेहनत गरेका हुन् । 2 लगातारको वर्षापछि आएको बाढीले गत शुक्रबार बक्राहा खोलाको पश्चिमतर्पmको बाँध फुटायो । बाँध फुटेपछि आवादी र बस्ती क्षेत्रमा खोला पस्यो । खोलाले रोपाइँ गरिसकेको हजारौं बिघा जमिन हेर्दाहेर्दै बगायो र बगर बनायो । खेतको बीचमा रहेको दलित (मुसहर) बस्तीका घरहरु एकपछि अर्को गर्दै भत्किए र बगे । स्थानीय गणेश घिमिरे भन्छन्, ‘हरियो भएको धानबाली हेर्दाहेर्दै एकैछिनमा सेताम्मे भयो, बगर बन्यो । कोशी नै फर्केर आएजस्तो भयो । बस्तीभरि पानी बगेको छ ।’ ८–१० हजार बिघा जमिन बक्राहाले बगर बनाएको उनी बताउँछन् । ‘अब के खाएर बाँचिन्छ ? कसैले सोच्न भ्याएको छैन’, उनी भन्छन्, ‘अहिले ज्यान बचाउने उपाय मात्र खोजिँदैछ ।’ सामान्य किसान घिमिरेका एक छोरा वैदेशिक रोजगारमा गएका छन् । उनको करीब दुई बिघा जमिनमा अहिले खोला कुदेको छ । बाँध फुटाएर बस्तीमा पसेको खोलाको मूल भङ्गालो उनको घरमै आएर ठोक्किएको छ । कति बेला घर लडाउला भनेर उनले घर छोडेका छन् । छिमेकी खड्गबहादुर विष्टको घरमा आश्रय लिएर एउटा नाति र बुहारीलाई आश्रय दिलाएका छन् । आपूm भने खोलाले खोतल्दै गरेको घरको टाँडमा बसेर रात बिताइरहेको उनले बताए । उनले भने, ‘आप्mनो भएको जेथो त्यहीँ छ छोडेर के गर्नु ? मैले घर छोड्न सकेको छैन तर नातिको सुरक्षाका लागि छिमेकमा लगेर राखेको छु । त्यो जमिन अलि अग्लो छ ।’ 3 बक्राहा खोलाको बाँध भत्किएपछि त्यहाँको जनजीवन प्रभावित छ । स्थानीय सुगा बजार पूरै डुबाएको छ । उद्धारका लागि केही प्रहरी परिचालन गरिएका छन् तर गाउँसम्म सजिलै पुग्न सकिने अवस्था छैन । तत्काल बाँध मर्मत हुने सम्भावना पनि नरहेको स्थानीय प्रशासनले जनाएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पनि खोलाको पानी नियन्त्रणमा नआएसम्म बाँध मर्मतको कुनै सम्भावना नरहेको जनाएको छ । यद्यपि स्थानीय भने जल उत्पन्न प्रकोप कार्यालयको हेलचत्र्mयाइँले गर्दा नै बाँध भत्किएको दावी गर्दछन् । स्थानीयले छिटोभन्दा छिटो बाँध पुनःनिर्माण गरी डुबेको बस्ती उकासिदिन हारगुहार गरिरहेका छन् तर त्यसअनुरुप काम भइरहेको छैन । बाँधको कमजोर स्थानमा बाढीले कटान गरिरहेको जानकारी पटक–पटक स्थानीयले कार्यालयलाई गराएका थिए । स्थानीय राजनीतिक दलका तर्पmबाट जिल्ला प्रशासन कार्यालय र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र पनि दिइएको थियो । केही दिनअघि कार्यालयले इन्जिनियरको टोली पठाएर रोकथामका लागि भन्दै बाँसका टुक्रा पनि गाडेको थियो तर त्यसले बाढी नियन्त्रण गर्न सकेन र बस्ती पूरै बगाइदियो । त्यसबाट स्थानीय असन्तुष्ट छन् । समयमा जानकारी दिँदा पनि सरकारी निकाय गम्भीर नबन्दा ठूलो धनजनको क्षति भएकोमा उनीहरुमा आक्रोश पनि देखिएको छ । बाढीबाट विस्थापित भएका करीब चार सय परिवार अहिले स्थानीय विद्यालय र आफन्तकोमा शरण लिएर बसेका छन् । उनीहरुलाई तत्काल औषधि उपचार तथा खाद्यान्नको आवश्यकता छ । विराटनगरलगायत यहाँका केही नगरपालिकाबाट सङ्कलन भएका राहत सामग्री रेडक्रस सोसाइटीमार्पmत् पीडितसमक्ष वितरण गरिएको छ । यो राहत उनीहरुका लागि पर्याप्त छैन । शिक्षक चन्द्र राजवंशीका अनुसार तत्काल बाढीग्रस्त क्षेत्रमा पैmलिन सक्ने महामारीतर्पm ध्यान पुगेको छैन । ट्युब वेलको पानी पिउने स्थानीयमा रोगको सङ्क्रमण पैmलिने खतरा छ तर राहतका नाममा एक–दुई प्याकेट चाउचाउ र एक–दुई किलो भुजा दिएर झारो टार्ने काम भइरहेको छ । त्यसले बाढीग्रस्त क्षेत्रको समस्या समाधान गर्दैन । बाँध फुटेर पसेको बाढीले मानवीय सङ्कट मात्र उत्पन्न भएको छैन । त्यस बस्तीमा पालिएका चौपायाको झन् बिजोग देखिएको पत्रकार महासङ्घका मोरङ शाखा अध्यक्ष महेन्द्र विष्टले जनाए । बाढीले घरगोठ सबै डुबाएपछि पशु चौपाया पानीमा डुबेरै बसेका छन् । कतिपयले अन्यत्र सारेका छन् । पशुलाई खुवाउने आहारको प्रबन्ध नहुँदा समस्या भएको छ । परालका टाल (कुन्यु) हरु बगाएको छ । रहेको पनि पानीमा डुबेर कुहिन थालेको छ । घाँसपात र रुखबिरुवा सबै बाढीले बगाएपछि पशुलाई बचाउन पनि कठिन भएको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको दैवी प्रकोप उद्धार समितिको बैठकले बाढी नियन्त्रणमा आएपछि खोलालाई साविक स्थलमा फर्काउने पहल गर्ने निर्णय गरेको छ । अहिले बाँध फुटेको ठाउँमा पुग्नै मुस्किल हुने भएकाले नदी नियन्त्रण गर्न नसकिने ठहर गर्दै उद्धार र राहतको काममा जुट्न प्रशासनले सबैलाई आग्रह गरेको छ । बहुचर्तित बक्राहा नदी नियन्त्रणका क्रममा बनाइएको बाँध कमजोर भएको र त्यसमा ठाउँ–ठाउँमा स्पर नबनाइएको कारण नदीले सजिलै बाँध कटान गर्ने समस्या पटक–पटक देखिएको भन्दै स्पर निर्माणमा ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । उनीहरुले बाँध भत्किएर खेतीयोग्य जमिनमा पु¥याएको क्षतिको क्षतिपूर्ति दिइनुपर्ने आवाज उठाइदिन पनि सरोकारवालाहरुलाई अनुरोध गरिरहेका छन् ।