lakeदोस्रो विश्वयुद्धपछि तीव्र गतिमा ठूलाठूला परिवर्तन भए । बितेका ७० /८० वर्षभित्र मानिसलेहरूले सवारी साधन, सञ्चारमाध्यम र अरु प्रविधिका क्षेत्रमा निकै उन्नति गरे । यसले गर्दा संसारले आर्थिक अवस्थामा पनि निकै फड्को मारेको अनुभूति हुन्छ । अहिले थुप्रै मानिसले उच्च जीवनस्तरको आनन्द उठाइरहेका छन् जुन केही वर्ष अगाडि असम्भव ठानिन्थ्यो । अर्कातिर पृथ्वीको जनसङ्ख्या दिनदिनै बढेको छ र मानवीय गतिविधि पनि दैनिक बढ्दैछन् । झट्ट हेर्दा जनसङ्ख्या वृद्धिले पृथ्वीमा खासै असर नपारेजस्तो लागे पनि यी सबै कुरा प्राप्त गर्न विश्वले ठूलो मूल्य चुकाउनुपरेको छ । अहिलेकै अवस्थामा यस संसारमा भएका प्राकृतिक स्रोत र साधनमाथि दोहन भइरहने होे भने अब चाँडै पृथ्वीमा जीवन धान्न अत्यावश्यक प्राकृतिक चक्रले ठीक तरिकामा काम गर्न छोड्नेछ । हामी आन्थ्रोपोसिन भनिने भौगर्भिक युगमा मानिसहरूले पृथ्वीको इतिहासमा पहिला कहिल्यै नभएका विनाशकारी काम गरेका छन् र यो क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ । केही वैज्ञानिक पृथ्वीमा आएका परिवर्तनले कुन हदसम्म असर पु¥याउन सक्छ भनी पूर्वानुमान लगाउन गाह्रो हुने बताउँछन् । जलवायुमा अचानक र कल्पना नै नगरेको परिवर्तन आएमा त्यसले भयानक विपत्ति ल्याउने हँुदा प्राकृतिक साधनमाथिको दोहनलाई नियन्त्रण गरिनु जरुरी भएको उनीहरू बताउँछन् । अन्टार्कटिकाको बरफको सतहमा समुद्र र पृथ्वीको तापक्रम अहिलेकै दरमा वृद्धि हुने हो भने यहाँको बरफको तह पग्लेर जान्छ जसको सङ्केत अहिल्यै देखिन शुरु गरिसकेको बताइन्छ । तापक्रम वृद्धिका कारण पग्लिएको बरफ फेरि जम्ने सम्भावना नरहने हुँदा यसलाई पग्लिनुबाट जोगाउनु नै बुद्धिमानी हुनेछ किनकि बरफको तह पग्लिँदै गएमा बरफको तहमुनि भएको समुद्र बाहिर देखा पर्छ । बरफले सूर्यका किरणलाई फर्काउने काम गर्छ । यदि बरफ पग्लिन थाल्यो भने समुद्रमा परिणत हुन्छ । समुद्रको कालो सतहले सूर्यको प्रकाश सोस्न थाल्छ । फलतः तापक्रममा अभैm वृद्धि हुन्छ । बाँकी बरफ झनै बढी पग्लिन थाल्छ । बरफ पग्लिँदा समुद्रमा पानीको सतहमा वृद्धि भई स्थल प्राणीले झनै विपत्ति भोग्नुपर्छ । त्यसो त मानवीय गतिविधिका कारण वातावरणमा परिवर्तन आउँदा प्रकृतिको वरदान मानिएका जमिन, वन–जङ्गल, जीवजन्तु, पशुपंक्षीलगायतका प्राकृतिक स्रोत–साधनमाथि अहिले निकै खतरा उत्पन्न भएको र यसलाई प्राकृतिक अवस्थामा ल्याउन सम्भव नभएको तर अब हुने थप नोक्सानीबाट जोगाउन सकिने अमेरिकी वातावरणविज्ञ तथा वरिष्ठ पत्रकार विलियम अर्नेष्ट ‘बिल’ म्याककिबनले वातावरणसम्बन्धी आफ्नो प्रकाशन ‘द इन्ड अफ नेचर’ मा बताएका छन् । पछिल्लो समयमा दीर्घकालीन दिगो विकासका लागि गरिएको विश्वव्यापी पहलकदमीका बाबजुद जमिनको प्रयोगमा भएको परिवर्तनका कारण विश्वव्यापी जैविक विविधताको रेखा ‘सुरक्षित’ तहभन्दा तल झरेको छ । विश्वका हरेक मुलुकले आफ्नो बलबुताले भ्याएसम्म कार्यक्रम नै बनाएर जैविक विविधता संरक्षण गरी यस संसारमा मानवीय हस्तक्षेपका कारण आउने परिवर्तनलाई जोगाउन लागिरहेका समयमा लन्डनको युनिभर्सिटी कलेजका न्युबोल्डकोे नेतृत्वमा भएको एक अध्ययनले पर्यावरणविद्बाट जैविक विविधताका लागि कायम गर्न सुझाव दिएको रेखाभन्दा निकै तल पुग्नुलाई चिन्ताको विषयका रुपमा प्रस्तुत गरेको छ । अमेरिकी एक विज्ञान पत्रिकामा हालै प्रकाशित गरिएको बेलायती विज्ञ न्युबोल्डकोे नेतृत्वमा भएको अध्ययन प्रतिवेदनमा ३९ हजार १ सय प्रजातिको १८ हजार ६ सय स्थानमा गरिएको २० लाख ३८ हजार तथ्यको विश्लेषणबाट मानिसले यस संसारमा बसोवास गर्ने विभिन्न जीव र प्रजातिको बासस्थानलाई हस्तक्षेप गरी प्राकृतिक स्रोत–साधनको दोहन गर्दा कसरी हरेक वर्गकिलोमिटरमा जैविक विविधतामा असर पर्छ भन्ने निष्कर्ष निकालिएको बताइएको छ । विश्वको ५८.१ प्रतिशत भू–सतह, जसको ७१.४ प्रतिशत जमिन मानव बसोवासका लागि प्रयोग भएको छ र अध्ययनले जैविक विविधताको तह कम हुनुले मानव समाजलाई सहयोग गर्ने पारिस्थितिक प्रणालीको क्षमतामाथि पर्याप्त शङ्का उब्जाएको छ । जमिनको प्रयोगबाट आएको परिवर्तनले जैविक विविधताका तह (जो मानव गतिविधिका लागि सुरक्षित स्थान परिभाषित गर्ने अन्तर्राष्ट्रिय ढाँचा हो) लाई हालसालै प्रस्तावित भूमण्डलीय सुरक्षा सीमाभन्दा टाढै राख्दछ । ‘हामीले बासस्थान विनाशले जैविक विविधतामा पारेको विश्वव्यापी प्रभावको परिमाण यति विस्तारमा यकिन गरेको यो पहिलोपटक हो र विश्वका धेरैजसो जैविक विविधताको विनाश पर्यावरणविद्ले बताएजस्तो सुरक्षित सीमाभित्र नरहेको पाइएको छ ।’ युनिभर्सिटी कलेज लन्डनका अनुसन्धाता टिम न्युबोल्डले बताए । न्युबोल्डका अनुसार ‘जैविक विविधताको नाशले पारिस्थितिक प्रणालीका क्रियाकलापमा असर गर्छ तर यो कसरी हुन्छ पूर्ण रुपले प्रष्ट  छैन’, न्युबोल्ड थप्छन्, ‘संसारका धेरैजसो भागमा हामी यस्तो अवस्थामा पुगेका छौँ जहाँ पारिस्थितिक प्रणालीलाई सञ्चालन गर्न मानवीय हस्तक्षेप आवश्यक छ ।’ ग्रासल्यान्ड, सवाना र झाडी क्षेत्रका साथै संसारभरिका वनक्षेत्र जैविक विविधताको विनाशको दुस्प्रभावबाट बढी प्रभावित हुने गरेका विभिन्न अध्ययनले देखाएका छन् । जैविक विविधताको क्षयीकरणले जीवजन्तुको विकास तथा पोषणचक्रको उपलब्धतालाई अझ बढी अनिश्चित बनाइदिएको छ । अनुसन्धाताले जैविक विविधताको क्षयीकरणबाट अति प्रभावित खास गरी विगतमा बासस्थान विनाश भएका क्षेत्रहरू थप जोखिममा भएको कुरा औँल्याएका छन् । अमाजोनियाजस्ता उच्च जैविक विविधतायुक्त क्षेत्रहरू भूमि अतिक्रमणको कारणले हुने परिवर्तनका शिकार भइसकेका छैनन् र यिनीहरु थप पूर्वसंरक्षणका लागि बढी उपयुक्त रहेका छन् । घना बस्ती वा बाक्लो आवादी हुने क्षेत्र जहाँ भौतिक र मनोवैज्ञानिक सम्पन्नताको बढी खोजी हुने गर्दछ । यस्ता ठूला परिवर्तनको शिकार हुने गर्दछन् । यसलाई सम्बोधन गर्न मानवद्वारा प्रयोग भइरहेका भू–भागलाई पूर्ववत् रुपमा फर्काउने तथा बाँकी रहेका प्राकृतिक वनसम्पदायुक्त क्षेत्रलाई संरक्षण गर्नेजस्ता कदमहरू चाल्नु आजको आवश्यकता हुनेछ ।