‘ शिक्षा सबैभन्दाशक्तिशालीहतियार हो जसको कारण हामी संसार बदल्न सक्छौ’ –नेल्सन मण्डेला binaya मुलुको सबैभन्दा ठुलो तथा पुरानो पार्टी मानिएको नेपाली काङग्रेश को सबै भन्दा बलियो भातृ संगठन का रुपमा नेपाल बिद्यार्थी संघ लाइ लिइन्छ । बि सं २०२७ साल बैसाख ६ गते नेपालि काङ्गे्रसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई द्धारा उद्घाटन गरि ने.बि.संघको स्थापना भएकोहो । तत्कालिन अवस्थामा राजनैतिक परिवर्तन को साझेदारीको रुपमा लिइएको यस संगठनको मुल मर्म भनेको राजनैतिक परीवर्तनका अलवा शैक्षीक क्षेत्रको परीवर्तन र बिकाशको लागि निरन्तर पहल कदमीगर्नु हो । ने.बि.संघ आफैमा स्वयत्त संगठन हो । यसको आफ्नो छुट्टै बिधान, निती तथा कार्यक्रम छन । राष्टियता,लोकतन्त्र, समाजवाद र बिद्यार्थी एकतालाइ आदर्श मान्दै त्यसैलाइ आत्मसात गदै शैक्षिक क्षेत्रको समयानुकुल परीवर्तन र बिकाश गदै जानु ने.बि.संघको नियमित कार्य मानिन्छ । प्रतेक २ बर्षमा केन्द्र,जिल्ला र क्षेत्रको अधिवेशन गर्ने भनि बिधानमा स्पस्ट उल्लेख गरिएको छ । nebi तथापि पछिल्लो समय नौ बर्षको अन्तरालमा पनि बिधिवत अधिवेशन हुन सकेको छैन । २०६४।०३।२६ मा कल्याण गुरुङ्ग सभापती भएपछी बाकी ४ बर्ष नेतृत्व हस्तान्तरण हुन सकेन । त्यस पछि तत्कालिन पार्टी सभापती शुसील कोइरालाले २०६८।११ मा रन्जित कर्ण लाइ ६ महिनाभित्रमा अधिवेशन गराउने जिम्मेवारी का साथ नेतृत्व दिएका थिए । तर अहिले सम्म सातौ पटक मिती तोक्दा समेत बिभिन्न बाहनामा अधिवेशन रोक्ने काम मात्र भइरहेकोछ । त्यस बिचमा बिभिन्न कलेज तथा जिल्लामा आफ्नो पक्षको मान्छे छान्दै बिबाद निकाल्ने र केन्द्र बाट ठाडो पत्र पठाएर हस्तक्षप गर्ने परिपाटी मौलाएको छ । जसले गर्दा संगठनमा योगदान गर्ने उर्जाशिल युवा बिद्यार्थी हरुमा नैराश्यता बढेकोछ ।कुनै संस्था शरीर र संगठन गतिशील बन्न नसक्दा प्रकार्य नबन्ने तथा प्रत्युत्पादक हुने गर्छ । राजनितीमा नेतृत्व हस्तान्तरण नहुने, बिधि नियम र प्रकृया लाइ बेवास्ता गर्ने परिपाटीले त्यस संगठन संग तथा सिंगो राजनिती प्रति जनबिश्वास गुम्ने खतरा हुन्छ । अहिले ने.बि.संघको एघारौ अधिवेशनको चटारो केन्द्र देखि इकाइ कमिटी सम्म पुगेको छ । सभापति तथा पदाधिकारीका आकांक्षिहरु मेची महाकाली अभियानमा लागेका छन । आ–आफ्नो पक्षमा माहोल बनाउन महाधिवेशन प्रतिनिधीहरु लाइ बारम्बार फोन गर्ने, भेट्ने र आफ्ना एजेण्डा द्धवारा आकर्षीत गर्न लागीपरेका छन । बिगत नौ बर्ष देखीको जामले गर्दा यसपाली नेतृत्वको होडमा धेरै देखिन्छन । एउटै टिमबाट सभापति का आकांक्षि धेरै भएपछी कसलाइ टिकट दिने भन्ने बिषयमा पार्टी नेतृत्वलाइ सकस परेको छ । पार्टी सभापती शेरबहादुर देउवा आफ्नो नजिकका धेरै युवा हरु सभापतिको लाइनमा भएकोले कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर परामर्शमा लागेका छन । सभापतीका निकट मानिएकाहरु राजीव ढुङ्गाना, नैनसिंह महर, जितजंग बस्नेत, सरोज थापा, रत्नकार्की र सुभराम बस्नेत आकांक्षि छन । भने दिपक भट्टराइ, कुन्दनराज काफ्ले, मनोजमणी आचार्य, निलकण्ठ रिजाल, बिनिता अधिकारी, आनन्द प्रसाद त्रिपाठी पुरानो संस्थापनका टिम बाट सभापतीका आकांक्षी हुन । यस मध्येपनी राजिव ढुङ्गाना, जितजंग बस्नेत र नैनसिंह महर पार्टी सभापतीका खास मान्छे हुन । र टिकट पनि यी तिनमध्ये बाटै पाउने निश्चित छ ।कुन्दनराज काफ्लेको पक्षमा गगन थापा र कृणप्रसाद सिटौला छन जसले गर्दा नेतृत्वमा बार्गेनिङ्ग गर्ने प्रसस्त आधार बोकेर निष्ठा र निष्पक्षता देखाउनको लागि कुनै पनि हालतमा अधिवेशन हुनुपर्ने, भागबण्डाका आधारमा बाँडीएका १६०० महाधीवेशन प्रतिनीधि खारेज हुनुपर्ने, बिबादित ११ जिल्लाको बिधीवत अधिवेशन गर्नुपर्ने र अधिवेशन प्रकृयामै गएर गर्नु पर्ने माग राख्दै शनिबार उनको टिमबाट ने.बि.संघ केन्द्रिय सदस्य गणेश सापकोटा र रामेछाप ने.बि.संघ पुर्व उपसभापती रत्नहरी ढुंगेलल ेआमरण आनशनको घोषणा समेत गरेका छन । अरु पक्षले अनसनमा कुनै तुक नभएको र अनसनका पछाडी नेतृत्वकोे बार्गेनि¨ रहेको आरोप लगाउछन । अनसनको बाहनामा अधिवेशन रोक्ने चालबाजी हो भन्ने कुरा बाहिर आउनथालेका छन । उता दिपक भट्राइ पार्टी केन्द्रिय सदस्य गोबिन्द भट्टराइ, गरु घिमिरे, बर्तमान सभापती रन्जित कर्ण र रामचन्द्र पौडेल निकट छन त्यसैको माध्यम बाट सिंगो टिमको उमेद्धार बन्ने दाउमा लागेका छन । बिनिता अधिकारि महिला ले नेतृत्व पाउनु पर्ने र बैचारिक ने.बि.संघ निर्माणमा आफ्नो उमेद्धवारी रहेको बताउछीन । मनोजमणी आचार्य टिमका साझा उमेद्धवार बन्ने दाउमा छन ।यसबाट के स्पस्ट हुन्छ भने माउ पाटीको अधीवेशन माझै त्यही पक्षका तिन उमेद्धवार हुने निश्चित छ । संस्थापन पक्षका सबै उमेद्धवार बलिया देखिएका छन । राजिब ढुङ्गाना पुर्व उप सभापति भइ सकेका खारीएका नेता हुन उनि कुटनैतिक हिसाबका वैचारिक नेता मानिन्छन ।पुर्व बाट पश्चिम सम्म नै रामा्रे माहोल बनाएका ढुङ्गाना आज सम्म कुनै बिबादमा नपरेका स्वाच्छ छविका नेताहुन । जितजंग बस्नेत पार्टीको उच्चतह सम्म पहुच पु¥याएका प्रशासनिक क्षेत्रमा रामा्रे दख्खल राख्ने काठमाण्डौ क्षेत्रका चल्ता पुर्जा मानिन्छन । नक्कली सर्टीपीकेट धारी हरुलाइने.बि.संघ बाट बहिस्कार गर्नुपर्ने र ने.बि.संघ लाइ राजनैतिकका अलवा शैक्षिक क्षेत्रको नमुना संगठन बनाउन ुपर्ने मा जितजंगको जोड छ ।नैनसिंह महर ने.बि.संघ भित्र मात्र नभइ बाहीर पनि बैचारीक नेताका रुपमा चिनिन्छन । अन्तराष्टिय स्तरमा समेत युवा तथा बिद्यार्थी राजनितीका बिषयमा निरन्तर बहस गर्छन । गुटका नाममा पार्टीले हस्तक्षप गर्ने र सिन्डिकेट प्रथा लाग्न नहुने जसकाकारण सांगठनिक हैसियत कमजोर हुने उनको तर्क छ । तर पाटी सभापतीको एकै जिल्ला तथा पाटीका प्रभाबशाली नेता एनपि साउद र बालकृण खाण संग एकै प्रदेश परेकोले पछी आन्तरिक प्रतिस्प्रधामा गाह्रो पर्ने भएकोले उनलाइ पछाडि पार्ने कसरत बुझिन्छ । नौ बर्ष पछि हुनलागेको अधिवेशनमा इकाइ कमिटी देखी केन्द्रिय कमिटी सम्मका उर्जाशील युवा हरु नया कार्य समिती चयन गर्नको लागि लालायीत देखिन्छन । संगठनलाइ पुनर्ताजकी गर्ने यो सुवर्ण अवसर सम्पुर्ण संगठनको लागि महान चाड सरह मानिन्छ ।तर संगठनको न्यूनतम नियम पनि नमानीकन पदिय लोभ मा नेताको घर चहार्ने, नीतिभन्दा नेता र नेता भन्दा दाता तथा बिधी भन्दा व्यक्ति अनि पद्धति भन्दा पदलाइ महत्व दिने परिपाटीले गर्दा राजनितीझन् झन् कमजोर र भ्रष्ट हुदै गएको तितो यथार्थ छर्ल¨छ । जुन कुरा ने.बि.संघ को बर्तमान चालबाजी बाट स्पष्ट रुपमा देख्न सकिन्छ । आफ्नो बिधानमा २÷२ बर्षमा अधिवेशनगर्ने कुरा उल्लेख गरिएको छ तर ६ महिना अधिवेशन गर्न भनि बनेको कमिटीले अढाइ बर्ष हुदा पनि बारम्बार मिती तोक्दै अधिवेशन स्थगित गरि निष्ठावान बिद्यार्थी माथी कुठाराघात भइरहेकोछ । यस्तै अवस्था रहे लोकतन्त्र र समाजवादको नाम जप्ने संगठन र त्यसका प्रणेता बिपि कोइराला माथी अपमानहुनेछ । मुलत बिद्यार्थी राजनीति भन्ने अनि मन्टेश्री देखी बिश्वबिद्यालय सम्म चन्दा आतंकगर्नाले बिद्यार्थी राजनीतिको गरीमा घटेके छ । बिद्यार्थीको हितगर्ने बिद्यार्थी संगठन कार्यरत सामुदायीक तथा सरकारी बिद्यालयको नतिजा बारम्बार घट्दै जानु, शैक्षिक क्षेत्र शस्त्र र बाहुबल प्रयोग गर्ने अखडा बन्दै जानू, बिद्यार्थी राजनीतिगर्ने युवाहरुले बिदेशमा अवसर देख्नु जस्ता कूराहरुले गर्दा राजनैतिक बिचलन सुरु भएकोछ । अब फेरी पनी प्रतिनिधी बिबाद, जिल्ला बिबाद जस्ता कारण देखाएर अधिवेशन रोक्ने खेल देख्न सकिन्छ । आफै बोक्सि आफै धामी भनेझै बिबाद निकाल्ने र समाधानको प्रपन्च रच्ने जस्ता काम भइरहेका छन । यसले संगठनलाइ तदर्थ वाद तर्फ धकेलिरहेको छ । लोकतन्त्रको भागिदार मान्ने तर लोकतान्त्रिक प्रकृया लाइ बिर्सदै जानुले ने.बि.संघको आगामी दिन दिग्भ्रमित बन्दै गएकोछ । यस बाट बच्नको लागी वर्तमान नेपाली सामाजको सामाजीक मनोविज्ञान लाइबुझ्दै, संगठनको बिधान बमोजीम रचनात्मक प्रकृया अपनाउनु पर्ने देखिन्छ । शैक्षिक, सामाजीक, राजनैतीक तथा आर्थीक बिषयहरुमा बहसको थालनीगर्न जरुरीछ । तथापी हाल तोकी ए को साउन २३,२४,२५ गतेको अधिवेशन हुनेमा ढुक्क हुन सक्ने अवस्था छैन । पाटीको हस्तक्षेप र गुटको रोगबाट अझै पनी ने.बि.संघले मुक्तिपाउने छाटकाट देखीन्दैन ।