levi

पेरिस / हामीले अलेप्पोमा भइरहेको नरसंहारलाई रोक्नुपर्छ । त्यसको मूल्य जे(जस्तो भए ता पनि हामीले व्यापक, निरुद्देश्य, अन्धाधुन्ध बमबारी र सर्वसाधारण नागरिक, मानवीय सहायता समूह र अस्पतालमाथि नियोजितरुपमा भइरहेका सबैभन्दा खराब कार्यलाई रोक्नै पर्छ । कुनै समय सिरियाको सबैभन्दा बढी जनघनत्व भएको सहरका रुपमा परिचित रहेको अलेप्पो र त्यसको छिमेकी नगरहरुमाथि बसर अल(असदको सरकार र रुसले पनि प्रतिशोधपूर्ण तरिकाले बमबारी कार्यलाई निरन्तरता दिएका छन् । नरमपन्थी विद्रोहीहरुले नियन्त्रणमा लिएको अलेप्पोका बाँकी अन्तिम भूभागमाथि हुने अवसरवादी आक्रमण, क्लस्टर र फोस्फोरस रसायनयुक्त बम आक्रमण र क्लोरिन रसायनका व्यारेलहरु सरकारी हेलिकप्टरबाट खसालिनु अघि नै हामीले यस्ता अमानवीय कृयाकलाप समाप्त गर्ने आह्वान गर्नै पर्छ । अझै त्यहाँ अवस्थित साक्षीहरुले वर्णन गरेका भयावह तस्वीरहरुप्रति प्रजातान्त्रिकदेशहरु अग्रस्थानमा रहेको विश्व चुप लागेर बस्न सक्दैन । ती तस्वीरहरुमा बालबालिकाका मुर्झाएका, सिसाले भरिएका शरीर, औषधिको अभावमा चिन्तित चिकित्सकहरुले हातखुट्टा काटिदिएका घाइतेको, सारायाभोमा २४ बर्ष अघि भएको जस्तै दही वा पाउरोटी किन्न लामलागेका महिलाहरुलाई रकेट आक्रमणले क्षतविक्षतपारेको, भग्नावशेषमा जीवितहरुको उद्धारका क्रममा आक्रमणमा परेका स्वयंसेवीहरु, शक्तिहीन तुल्याइएका, फोहोरमाबाँचेका र जीवनलाई अलविदा भनिरहेका मानवजातीका थिए । आगो र धुँवाको मुस्लोलाई हामीले अब निस्तेज बनाउनु पर्छ । हत्याराहरुका अद्धितीय रुपमा परिष्कृत हातहतियारबाट निस्कने ग्यासको ज्वालाले बनेका बादलहरूलाई हामीले हटाउनुपर्छ । हामीले केही गर्नुपर्छ किनभने हामीले केहीगर्नसक्छौं । र हामीले केहीगर्न सक्छौं किनभने यो नरसंहारका लागि, ती युद्ध अपराधका लागि र मानवता विरुद्धको अपराध ठहरिने विश्वका महत्वपूर्ण सम्पदाका रुपमा रहेका स्मरण र संस्कृतिका स्थलहरुलाई ध्वस्तपार्ने व्यक्तिहरु लुकेर बसेका छैनन् । सिरियाको सबैभन्दा आधुनिक र जीवन्त सहरलाई नष्ट गर्ने क्रममा उनीहरु स्पष्ट देखिनेगरी उभिएका छन्, आफूले गरेको कृत्यलाई लुकाउने कुनै प्रयास गरेका छैनन् । उनीहरु को हुन् भन्ने कुरा हामीलाई जानकारी छ । मेरो भनाईको अर्थ पक्कै पनि डमासकसमा रहेको सत्ता हो, जसलाई हामीले मोमार अल(गद्धाफीलाई जस्तै धेरै बर्ष अघि नै व्यवस्थापन गर्न सुरु गरिसक्नुपर्ने थियो । मेरो भनाईको अर्थ सो सत्ताका इरानी र सबैभन्दाप्रमुख रुसी प्रायोजकहरु पनि हुन् । विगतको पाँचबर्षदेखि उनीहरुले संयुक्त राष्टूसङ्घबाट आउने समाधानको हरेक प्रयासलाई नियोजित ढङ्गबाट रोक्दै आएका छन् । विभिन्न अभिलेखित उदाहरणहरुले बताएअनुसार रुसी हवाइजहाजहरु सर्वसाधरण नागरिकविरुद्ध असदको बृहत अभियानमा खुलारुपमा सहभागी भएका छन् । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले “आतङ्कवादी” को झुठो संज्ञादिएकाहरुलाई ठेगान लगाउने नाममा क्रेमलिन सिरियामा पनि चेचेन्यामा लागू गरेको जस्तै नीति अभ्यास गर्ने कुरामा दृढ रहेको देखिन्छ । यी तथ्यहरुलाई दृष्टिगत गर्दा, कदम चाल्न आवश्यक छ वा छैन भन्ने कुरामा कुनै द्विविधा छैन । तर, तीनबर्ष अघि राष्टूपति बाराक ओबामाले रसायनिक हातहतियार प्रयोग गरेकोमा (जसका लागि ओबामा आफँैले रातो रेखा कोरेका थिए) असादलाई सजाय नदिने निर्णय लिएपछिको नीतिलाई अमेरिकाले अवलम्बन गरेका कारण मलाई के डर छ भने अबको जिम्मेवारी पूर्णरुपमा नभए तापनि मुख्यरुपमा युरोप माथि आएको हो । हाम्रो रोजाईको विषय हो । युरोपमा रहेका हामीले आफ्नो रातो रेखा कोर्दै रुसलाई यदि रेखा उल्लङ्घन गरेमा आफ्नो सिरियाली ताबेदारले गरेको अपराधकालागि जिम्मेवार राज्यका रुपमा त्यस विरुद्ध नाकाबन्दी बढाउने चेतावनी दिनसक्छौं । दुई बर्ष अघि युक्रेनमा चलेको युद्धलाई नियन्त्रणमा लिन राष्टूपति फ्रान्स्वा ओलान्द र चान्सलर एन्जेला मर्केलले सफलतापूर्वक निर्माण गरेको “नोरमाण्डी संरचना” जस्तै हामीले पनिवार्ता र दवाबका लागि कुनै मञ्चको स्थापनागर्नसक्छौं । यसरी कदम चालेर हामीले आक्रमणकारीलाई सही ठाउँमा ल्याउनसक्छौं । वा संयुक्त राष्टूसङ्घका  लागि फ्रान्सका राजदूत फ्रान्स्वा डेलात्तेले भने जस्तै हामीले केही पनि गर्न सक्दैनौं र अर्को सारायेवोमा सहमति जनाउनेछौं ; हामीले अरब गुरनीकाको जोखिम उठानसक्छौं जहाँ सन् १९३६ मा गणतन्त्र स्पेनको आकाशमाजर्मन कन्डोर लिजियनको भूमिकामा रुसी विमानहरु हुनेछन् । त्यो अवस्थामा हामीले बदनामी मात्र कमाउँदैनौं, तर विस्टन चर्चीलले भने जस्तैहाम्रा सबै विद्यमानजोखिमहरुलाई ज्यादै उच्चतहमा बढाउने कामगर्ने छौं । र त्यसको सुरुवात शरणार्थीहरुको लहरमा नाटकीय वृद्धिबाट हुनेछ, जसमध्ये धेरै विश्वको अहस्तक्षेपको प्रत्यक्षप्रभावको फलस्वरुप सिरिया छोडिसकेका छन् । हामी अब यो अवस्थामाआइपुगेका छौं , अलेप्पो चारैतिरको घेरामा र खण्डहरको अवस्थामा, थकित र विश्वबाट परित्यक्त छ, तथापि निडर छ र अन्तिम समयसम्मपनि सङ्घर्षरत छ र यो अलेप्पो हाम्रो लागिलज्जाको विषय हो, जिम्मेवारी पूरा नगरेको अपराध हो, हाम्रो स्वअपमान हो, पशुबलका अगाडि हाम्रो आत्मसमर्पण हो, मानवतामा सबैभन्दा खराब स्थितिको हाम्रो स्वीकारोत्ति हो । अलेप्पो जो अब रुन छाडिसकेको छ, अन्तिम स्वास लिंदै पश्चिमलाई धिक्कार्दै छ । र युरोप जो अग्रपंक्तिमा उभिएको छ, आफ्नो भविष्य र पहिचानको एउटा अंशगुमाउने खतरामा छ, किनभने आफूले सुरक्षा दिन नसकेका व्यक्तिहरु आज प्रवेश अनुमतिका लागि युरोपको सीमामा दवाबदिइरहेका छन् । (लेभी“नुभो फिलोसोप्स्” (नयाँदार्शनिकहरु) आन्दोलनका एक प्रणेताहुन् । अनुवादः मनोज कार्की)