पिठ्युँ पुच्छरमा आगो लागेर जल्दै आफुलाई बचाउन भाग्दै गर्दाका दुई हात्तीको फोटोले वाइल्ड लाइफ फोटोग्राफी अवार्ड जितेको छ । भारतको पश्चिम बंगालको बान्कुडामा लिइएको यो फोटोमा दुई हात्ती मध्ये माउ हात्तीको पुच्छरमा आगो सल्किरहेको र बच्चा हात्ती आगोको लप्का बिचमा जलिरहेको र माउको पछि भाग्न कोशीस गर्दै गरेको स्पष्ट देखिन्छ । विप्लव हाजराले लिएको यो मार्मिक फोटोले वाइल्ड लाइफ फोटोग्राफीको शीर्ष अवार्ड पाएको सेन्चुरी म्यागजिनले जनाएको छ । तर, आगोमा जल्दै भागिरहेका हात्तीलाई कसले किन यसो गरेका हुन् र त्यसपछि के भयो भन्ने आधिकारिक सूचना नआए पनि आक्रमणकारीले मारेको खबर बाहिरिएको बिबिसी हिन्दीले जनाएको छ ।