धनकुटा । तामाङ समुदायको परापुर्व काल देखीमनाउँदै आएको नयाँवर्ष अर्थात सोनाम ल्होछारको मिति गलत भएको नेपाल तामाङ घेदुङले जनाएको छ।
सोनामल्होछार फागुन ४ गते नै पर्ने भएको हुँदा क्यालेण्डरमा रहेको माघ ४ को विदा सच्याउन घेदुङले नेपाल सरकारसंग मागयस अघि नै गरिसकेको नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङले बताएका छन् । सोनाम ल्होछार मुल समारोह समितिले ‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिकअभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’भन्ने मुल नाराका साथफागुन ३,४ र ५ गने काठमाडौंमा भब्य रुपमापर्व मनाउने तयारी भइरहेको पनि नेपाल तामाङ घेदुङ केन्द्रिय समितिले जनाएको छ ।ल्होछार प्रेमीतामाङ समुदायलाई पनि कसैको भ्रममा नपरी यस वर्षको २८५४ खि लो सोनामल्होछार फागुन ४ गते मनाउनआग्रह समेत केन्द्रिय घेदुङले गरेको छ ।