वडा अध्यक्ष अर्याललाई अभियोगबाट जोगाउन काँग्रेसका जिल्ला तहदका देखि केन्द्रीय तहका नेताहरू लागि परेको स्रोतको दाबी छ । उनीहरूले स्थानिय प्रशासन र प्रहरीलाई दबाव दिएर वडा अध्यक्षलाई जोगाएर अन्यलाई मात्र अभियोग दायर गर्न सक्रिए भएका हुन् । जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पाेदारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् । तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरेको छ । भगत पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वाड अध्यक्ष अर्याल, साँची बस्ने वार्ड सदस्य साह र वडा अध्यक्ष तिम्सिना सम्पर्क बिहीन छन् । प्रहरीले उनीहरु तिनै जनालाई पक्राउ गर्ने प्रयास गरे पनि अर्याल र साह भारतीय भूमिमा रहेका कारण पक्राउ पर्न सकेका छैनन् । तिम्सिना भने मोवाइल अफ गरेर फरार भएकि छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डियएपी निशान थापाले झुटा बिवरण पेश गरि नागरिकता बनाउने पोद्दारलाई पक्राउ गरि अनुसन्धान भइरहेको बताए । ‘झुटा विवरण पेश गरि नागरिकता बनाएको उजुरी आएपछि पोद्दारलाई पक्राउ गरेको हो,’ उनले भने, ‘अदालतमा म्यात थप गरि अहिले अनुसन्धान भइरहेको छ । क–कसलाई प्रतिवादी बनाएर अभियोग लगाउने सरकारी वकिल मार्फत हुनेछ ।’ जिल्ला प्रसाशन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सिफारिसमा शंका लागेर बुझन खोज्दा झुटा बिवरण पेश गरेको खुलेपछि पक्राउ गरि अनुसन्धान गर्न प्रहरीलाई पत्रचार गरेको बताए । वडा अध्यक्ष अर्यालले आफुलाई फसाएको भन्दै अनुसन्धान गर्न उजुरीसमेत दिएकोले उनलाई प्रतिवादी नबनाएको हुन सक्ने उनले बताए । यता वडा अध्यक्ष अर्यालसँग बुझन खोज्दा उनी सम्पर्क विहीन भएका छन् । त्यस्तै वडा सदस्य साहसमेत गायब छन् । स्थानियबासीको अनुसार वडा अध्यक्ष अर्याल उपचारको बहानामा सम्पर्कबिहिन छन् । वडा सचिब तिम्सिना घरयासी काम देखाउँदै विदा लिएर बसेकि छन् ।