त्यति मात्र होइन, मुखर्जीको स्वागतमा सेनाले गरेको मार्चपासको दृश्यलाई नकारात्मक रूपमा सामाजिक सञ्जालमा भाइरल गरियो । जनकपुरमा राष्ट्रपतिको भव्य स्वागत र नागरिक अभिनन्दन गरियो । सरकारले मुखर्जीको स्वागत र सुरक्षा व्यवस्था आवश्यकताभन्दा बढी गरेको नकारात्मक प्रतिक्रियाहरू अहिलेसम्म आइरहेका छन् ।विश्वमा एक देशको राष्ट्र प्रमुख वा सरकार प्रमुखले अर्को देशको भ्रमण गर्दा राजकीय स्वागत गर्ने कुटनीतिक प्रचलन रहेको छ । यसका साथै सुरक्षा संवेदनशीलताको आधारमा आवश्यक र यथेष्ट सुरक्षा व्यवस्था गर्ने जिम्मेवारी पनि आतिथ्य प्रदान गर्ने देशकै हुन्छ । कुनै कारणवश भ्रमणमा आउने नेतामाथि कुनै प्रकारको आक्रमण भएमा त्यसको जिम्मेवारी पनि लिनुपर्ने र देशको प्रतिष्ठाको पनि विषय भएकोले सुरक्षाका सबै सावधानी अपनाउनु अनिवार्य नै हुन्छ । नेपालकै व्यवस्थाअनुसार पनि भ्रमणमा आउने विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई कारगेडसहितको सुरक्षा व्यवस्था उपलब्ध गराउने, सलामी दिनेलगायतको व्यवस्था छ तर तिनै विषयमा पनि नकारात्मक टिप्पणी गरिएका छन् ।एउटा राष्ट्रप्रमुख आउँदा अर्को राष्ट्रप्रमुख स्वागतमा जानु पनि नौलो होइन । कुटनीतिमा सम्बन्ध सुमधुर गर्न र अपनत्व वृद्धि गर्न स्वागतमा अपनत्वको व्यवहार प्रदर्शन पनि नौलो होइन । अमेरिकी राष्ट्रपतिको पछिल्लो भारत भ्रमणको दौरान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामालाई आपैmँले चिया बनाएर दिएका थिए । यसबाट दुई देशको सम्बन्ध नजिक रहेको व्याख्या गरिएको थियो भारतमा ।
राजनीति र कुटनीतिलाई एकातर्पm राखिदिने हो भने पनि घरमा बोलाइएको वा आएका पाहुनालाई स्वागत, सत्कार गर्ने प्रचलन र संस्कार हरेक सभ्य समाजमा रहेको हुन्छ । मुखर्जीको भ्रमणविरूद्ध नाराबाजी गर्ने, लेख्ने, टिप्पणी गर्नेहरूले भारतले गत वर्ष नाकाबन्दी लगाएकोले मुखर्जीलाई यसरी राजकीय सम्मान र सुरक्षा दिएको जनताले मन नपराएको कुतर्क गरिरहेका छन् ।अतिथि देवो भवः को सिद्धान्तलाई मान्ने नेपाली समाजको एक हिस्सा अतिथिलाई अपमान गर्ने मनस्थितिमा पुग्नु निश्चय नै राम्रो सङ्केत होइन । सामान्य कुटनीतिक र व्यावहारिक संस्कारको समेत ख्याल नगर्ने, राष्ट्रवादकोे नाममा देशको नकारात्मक छवि बनाउने र अतिथिको अपमान गर्ने संस्कार नेपालमा पलाउनु भविष्यका लागि राम्रो सङ्केत होइन । विदेशी पाहुनाका बारेमा अपमानजनक व्यवहार गर्ने, लेख्ने, टिप्पणी गर्नेहरू एउटै समुदाय विशेषका मानिसहरू देखिएका छन् । अझ भन्नु पर्दा केही पार्टी विशेषका सत्ताधारी समुदायका व्यक्तिहरू देखिएका छन् । अझ राष्ट्रवादको नाममा नेपालको राष्ट्रिय झण्डाको प्रयोग विदेशी पाहुनाको अपमान वा विरोध गर्न प्रयोग गर्नु बिल्कुलै गलत हो ।राष्ट्रिय झण्डाले हिमाल, पहाड, मधेशमा रहने हरेक समुदाय र विचारको प्रतिनिधित्व गर्छ, यो कुनै समुदाय विशेष वा विचार विशेषको पेवा होइन । तसर्थ यस्ता गतिविधिमा राष्ट्रिय झण्डाको प्रयोग गरिनु आपैmँमा झण्डाको अपमान हो । राजनीतिक दलले समाजलाई सही दिशामा डो¥याउन अग्रसर हुनुपर्नेमा केही दलले कार्यकर्ता र जनतामा दशकौँदेखि मन्दविष प्रवाह गरिरहेका छन् जसको प्रारम्भिक तर गम्भीर लक्षणहरू मुखर्जी भ्रमणको क्रममा प्रष्ट रूपमा देखिएका छन् ।
मतको राजनीति गर्न भारतविरूद्ध विषवमन गर्ने तर पद र सत्ताका लागि भारतीय दूतावासको दैलो र दिल्ली चहार्ने स्वघोषित राष्ट्रवादीहरू एउटा समुदायको ठूलो हिस्सालाई भारतविरोधी बनाउन सफल भएका छन् । यसमा भारतको नेपालसम्बन्धी नीति र व्यवहार पनि कारक हुन सक्ला तर त्यो भारतले सोच्ने विषय हो । तथापि भारतको कारणले भएको भन्ने हो भने विकास निर्माण, शिक्षालगायतका क्षेत्रमा भारतले गरेको सहयोगको अधिकांश हिस्सा पहाडी क्षेत्रमै खर्च भएको छ तर भारतप्रति पहाडीहरूले नै विषवमन गरिरहेका छन् ।तसर्थ यो विषय नेपालभित्रका पहाडी समुदाय नियन्त्रित दलहरूको गलत नीतिका कारण यस अवस्थामा पुगेको हो । आप्mना असफलतालाई भारतको पोल्टोमा हाल्ने, भारतलाई गाली गरेर मत हात पार्ने र अर्को छिमेकीलाई खुसी पार्ने दलहरूको भ्रमका कारण यस्तो नकारात्मक स्थिति सिर्जना हुँदै गएको छ । विगत मधेश आन्दोलनका क्रममा मधेशका जनता (आन्दोलनकारी) ले गरेको सीमा अवरोधलाई तत्कालीन सरकार, सत्ताधारी राजनीतिक दलहरू, सरकारी तथा गैरसरकारी सञ्चारमाध्यमहरू एकताबद्ध भई भारतको नाकाबन्दीको रूपमा दावी गर्दै प्रचारित गरेको पछिल्लो उदाहरण हो, आप्mनो कमजारी भारतको पोल्टामा हालेर तिक्तता बढाउने ।मुखर्जीको जनकपुर भ्रमणको दौरान जनकपुरमा भएको स्वागत र नागरिक अभिनन्दन तथा जनताको उत्साहले भने मधेशको संस्कार, मान्यता र व्यवहारमा विचलन नआएको प्रष्ट छ ।
नेपालमा पैmलिँदै गएको घृणा र बहिस्करणको संस्कार अनि विचलन हुँदै गएको संस्कार र मान्यता एवम् व्यवहारलाई सही दिशा दिन यसका लागि सबैभन्दा बढी जिम्मेवार राजनीतिक दलहरू सबैभन्दा बढी सजग हुन जरूरी छ । यसका साथै पत्रकार र सञ्चारमाध्यमहरूको पनि समाज निर्माणमा महत्वपूर्ण भूमिका हुने भएकोले कुनै पनि विषयवस्तु प्रकाशित÷प्रसारित गर्दा सामाजिक मान्यता र संस्कारमा असर पर्ने साथै मित्र अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक भावना प्रवाह हुने विषयमा सजग र संवेदनशील हुनु जरूरी छ ।हामीले कुनै पनि विदेशी पाहुनासँग व्यवहार गर्दा वा विचार÷टिप्पणी व्यक्त गर्दा राष्ट्रिय÷अन्तर्राष्ट्रिय कुटनीतिक मान्यता, प्रचलनलाई बुझेर मात्र गर्ने गरेमा पनि समस्या कम हुन सक्छ । अतिथि देवो भवः को मान्यतालाई आत्मसात् गर्दै कुनै पनि अतिथिका बारेमा अनावश्यक नकारात्मक टिप्पणी गर्ने बानी त्याग्न सके यसले नेपालकै अन्तर्राष्ट्रिय छवि सुधार गर्न मद्दत पुग्नेछ । (लेखक तमसपाकी केन्द्रीय उपाध्यक्ष हुन् ।) –मधेश दर्पण फिचर सेवा