सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी ।

प्राय मानिसहरुले सपनामा सर्प पनि देख्ने गर्छन । सपनामा देखिने सर्पले धेरै कुराहरुको संकेत गरेको हुन्छ । जस्तै ः

सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।

सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।

आध्यात्मिक शक्ति वृद्धि हुन्छ ।

डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले।

सर्प यौन को संकेत हो । सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।