कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मन पर्छ रु’ तपाईं के भन्नुहुन्छ रु पक्कै पनि सुन्दर या राम्री युवती । सुन्दरता भन्ने चीज नै यस्तो छ, जसले सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै प्राकृतिक धरोतल होस् या मानव । सुन्दर देख्यौँ भने भन्ने गछौँ, ‘वाऊ । क्या राम्रो(राम्री ।’ आज यहाँ भने म युवतीको सुन्दरताबारे बहस गर्दैछु । किनकि सुन्दरताको विषयमा चर्चा, परिचर्चा गर्दा त्यसको पहिलो पंक्तिमा उनीहरु नै आउने गर्छन् । गलफ्रेन्ड चाहियो । साथीलाई ‘एउटी खोज्दे न यार’ भन्यौँ । उसले ‘कस्ती केटी खोजु रु’ भनेर सोध्यो । हामी भन्छौँ, ‘राम्री ।’ बिहेको कुरा चल्यो । बाबुआमाले थुप्रै केटीको तस्बिर अघि राखेर सोध्नुभयो, ‘कुन चाँही केटी मन प¥यो छोरा रु’ छोराको जवाफ आउँछ, ‘कुनै राम्री छैनन् ।’ कुनै केटीले प्रपोज गरी । केटाले रिजेक्ट ग¥यो । ‘किन रिजेक्ट गरेको तैँले रु’ उसको साथीले सोध्छ । जवाफ आउँछ, ‘राम्री छैने यार ।’ मोडल, नायिका, एयरहोस्टेस, रिसेप्सनिस्ट, वेटर, एड आदिमा कुनै युवतीको रुचि छ । त्यसका लागि ऊ सक्षम पनि छे । तर पनि उसलाई असक्षमताको बिल्ला भिराइन्छ । कारण के त भन्दा ऊ राम्री छैने । हेर्नुस् त राम्री नभएकै कारण एउटी केटी गलफ्रेन्ड बन्न सक्दैने । श्रीमती बन्नका लागि उसलाई अयोग्य ठहराइन्छ । अनि रोजगारीका अवसरबाट पनि ऊ बञ्चित हुन्छे । नराम्री नहुनुमा उसको के दोष रु या सुन्दरता कसरी उसको सिङ्गो जीवन पद्धतिको मापनबिन्दु हुन सक्छ रु सुन्दरता त केवल प्राकृतिक गुण हो । त्यही गुणले धेरैलाई मोहित बनाउँछ । सुन्दर देखिनकै लागि गरगहना, थरिथरीका कपडा, मेकअपका सामान बनाइएका छन् । जसलाई हामी प्रयोग गर्दै आएका छौँ । नराम्री छु कि, हुन्छु कि भन्ने डरले ब्यूटी पार्लर धाइन्छ । हजारौँ खर्च गरिन्छ । त्यो केका लागि त रु पक्कै पनि अरुलाई आकर्षित गर्न । होइन ऐना हेरेर आफूलाई सुन्दर महसुस गर्न । यो पनि नभएर कतै सुन्दर बन्ने आकांक्षाका कारण त होइन रु होला । यो स्वभाविक पनि हो । किनकि मैले माथि नै चर्चा गरिसकेको छु, नराम्री हुँदा कसरी चारैतिरबाट रिजेक्ट हुनु परेको छ । विवाह गर्दा होस् वा गलफ्रेन्ड बनाउँदा हामी उसको बानी–व्यवहार, स्वभाव, क्षमता भन्दा रुप, रंगमा जान्छौँ । के सुन्दरता हाम्रो सिप हो रु या त कुनै कला रु कि सुन्दरताले हामीलाई खान दिन्छ रु रोजगारी देला तर निश्चित समयावधिका लागि । जबसम्म उसलाई हेरेर अरु लठ्ठिने छन् । उसले अरुलाई मोहित बनाउन सक्ने छे । १६ वर्षे जवानीसँगै ऊ सुन्दर देखिन थाल्ली । २० वर्षमा पाइला नटेक्दै अवसर पाउली । २२ देखि २५ वर्षमा बिहे गर्ली । ३० वर्षसम्म सुन्दर देखिली । अनि त्यसपछि त्यसैले लेखक यहाँ भावनात्मक सुन्दरताको कुरा गर्दैछ । सुन्दर मनको आवश्यकता देख्दैछ । अनि व्यवहारमा सुन्दरता खोज्ने प्रयासमा जुटेको छ । तपाईंमा भएको सुन्दरतालाई दोष दिन खोजिएको होइन । त्यसले उब्जाएको विरोधाभाषको मात्र चर्चा गरिन लागेको हो । म सुन्दर छु । लेखकले मलाई अपमानित ग¥यो भन्ने भ्रम कसैमा नपरोस् । जो कोही सुन्दर होस् या कुरुप त्यो महत्वपूर्ण विषय होइन । त्यसको प्रभाव कस्तो छ रु कति सकारात्मक या नकारात्मक सोचाइको विकास गरेको छ रु उसको पहिचानलाई कसरी संकुचित पारेको छ भन्ने विषय महत्वपूर्ण हो । हामीले बाहिरी आवरणमा खोज्ने सुन्दरता क्षणीक हो । भोलि नहुन सक्छ । हराएर जान सक्छ । तर, उसको मन र मानसपटलमा रहेको सुन्दरता दिगो हुन्छ । किफायती अनि टिकाउ पनि । जुन सुन्दरतालाई न उमेरले रोक्न सक्छ न कुनै हदबन्दीले छेक्न नै । यस विषयमा म तपाईंहरुलाई एउटा उदाहरण दिन्छु । सुन्दरी प्रतियोगितामा सयौँ युवती सहभागी हुन्छन् । प्रतियोगिताको नाम ‘सुन्दरी’ भएता पनि भाग लिने सबै राम्री हुँदैनन् । सयौँलाई उछुन्दै अन्त्यमा उनै मध्येकी एक नराम्री युवतीले सुन्दरीको ताज पहिरिन्छिन् । अनि हामी भन्छौँ, जजले घुस खाएछ, उसको कोही आफन्त वा ठूलै मान्छे पावरमा हुनुपर्छ, त्यतिधेरै राम्री केटी हुँदाहुँदै यस्ती नराम्रीलाई ताज पहिराइयो । हिन्दु शास्त्रमा ‘३३ लक्षण भएकी कन्या’ लाई सुन्दर मानिएको छ । यसको अर्थ सुन्दर हुन अनुहार मात्र होइन लक्षण चाँहिदो रहेछ । अर्थात उसको व्यवहार, कार्यशैली, ज्ञान, क्षमता, सिप, कला, सोचाइ आदि । सुन्दरी पनि यसकै आधारमा छानिएको हो । अनुहारको सुन्दरता मापन गरेर होइन । अब म तपाईंलाई प्रश्न गर्न चाहन्छु, ‘ती ताज पहिरिने युवती बाहिरी आवरणले नभएर यी गुणले सुन्दर छिन् भने हामीले आपत्ति जनाउनुपर्ने कुनै कारण रु’ दोषी त हामी रहेछौँ । जसले उनको सुन्दरता मापन गर्न सकेनौँ र देखावटी सुन्दरताको पछि लाग्यौँ । अर्को कुरा ‘सुन्दरी प्रतियोगिता’ मा राम्री युवतीले मात्र भाग लिनुपर्छ भन्ने मानसिकताबाट ग्रसित छौँ हामी । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता प्रतियोगितामा राम्री युवतीले सुन्दरीको ताज पहिरिन्छन् । उनीहरुमा अन्य क्षमता पनि होला । यसमा कुनै दोमत छैन । तर हेर्दा त्यतिधेरै राम्री नभएता पनि सफा मन, स्वच्छ विचार, कार्य कुशलता, ज्ञान, क्षमता भएकाले किन प्रतियोगितामा भाग नलिने रु यहाँनिर आफूमा भएको सुन्दरता पहिचान गर्न कतै हामी आफै त चुकेका छैनौँ रु सुन्दर देखिनकै लागि ब्यूटी पार्लर धाउनेदेखि मेकअपका भेराइटिजहरु प्रयोग गर्ने प्रचलन बढ्दो छ । बजारमा आएका नयाँ लुगा किनिहाल्नु पर्ने । कपाल, ओठ, गाला, हात, आँखा आदिका लागि छुट्टाछुट्टै मेकअपका सामान चाहिने । जुत्ता र चस्मा सोही किसीमको चाहिने । अझ भएन भनेर फेरिरहनु पर्ने । टिकटप भएर हिँड्नु राम्रो हो । अरुको स्वतन्त्रतामाथि औँला उठाउने कसैको अधिकार पनि छैन । तर, हामीले कहिल्यै आफ्ना खराब बानी, व्यवहार परिवर्तन गर्ने प्रयास गरेका छौँ रु छैनौँ । हामीलाई बाहिरी सुन्दरता चाहिएको छ । जसको स्वार्थमा हामी हाम्रो भित्रि सुन्दरताको पहिचान गर्न सकिरहेका छैनौँ या त्यसलाई गुमाइरहेका छौँ । अन्त्यमा हामीले आफूमा भित्रि सुन्दरता खोज्ने प्रयास गर्नुपर्छ । भित्रि सुन्दरता भन्नाले प्रेम, ज्ञान, विवेक, क्षमता, सिप, कला, संस्कार, शिष्टता, सलिनता, महानता, बौद्धिकता, उदारता, आचरण आदि पर्दछन् । त्यसैले हाम्रो सुन्दरता भनेकै हाम्रो चरित्र हो । जति नै महंगो बस्त्र र हिराजडित हारले सजिए पनि उसको चरित्र खराब छ भने ऊ कहिल्यै सुन्दर हुन सक्दैन । कुनै न कुनै रुपमा हामी सबै सुन्दर छौँ । त्यसको पहिचान गरौँ । प्राकृतिक सुन्दरता भएकाहरुले पनि भित्रि सुन्दरताको खोजी गरौँ । यति गर्दा पनि पाएनौँ भने सुन्दर बन्ने प्रयास गरौँ । कसरी शारीरिक रुपमा अशक्त झमक घिमिरे सुन्दर भइन्, त्यसलाई बुझ्ने प्रयास गरौँ । सकारात्मक सोचाइ र मानसिकताको विकास गरौँ । मन र मानसपटललाई स्वच्छ बनाऔँ । बाहिरी सुन्दरताको पूजारी भएर त्यसकै पछि दौडिरह्यौँ भने हामीभन्दा कुरुप अरु को होला र रु जय सुन्दरता ।