
विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ। नेपालका राष्ट्रिय र आराध्य देवताका रूपमा पनि उनी पुजिन्छन्। वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ।
पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी रु २०० देखि पाँच हजारसम्म दक्षिण दिएर बिदाई गरिने व्यवस्था समेत गरिएको जानकारी दिए।
कोष र गुठी संस्थानले दक्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरालगायतको व्यवस्था पनि गरेको छ।
भारतको आसामस्थित कामरूप कामाक्षाबाट ११० वर्षका मिलनबाबा पशुपतिमा आइसक्नुभएको कोषले जनाएको छ।

कोषका अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन समेत गरिएको छ।

तस्विरहरू टुरूप संग्राैला । स्थान पशुपतीनाथ मन्दिर परिषर काठमाणडाै